होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन मात्र बाँकी छ, जबकि निर्वाचन आयोगको तयारीका लागि १२० दिनको समय कानुनले नै तोकेको छ । निर्वाचनको मिति पुस ५ मै घोषणा गरिए पनि आयोगले योबीचको समयलाई उपायेग गर्न […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ, प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुंगो यो सताभित्र नै लाग्छ । उनको भनाइले सो विवाद यही फागुन १ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि पक्ष–विपक्षर एमिकस क्युरीको भनाइ सकिएपछि प्रधानन्यायाधीश राणाले शुक्रबार फागुन ११ वा १२ वा अन्य जुनसुकै दिनमा पनि निर्णय आउने उल्लेख गरेका छन् […]
काठमाडौं: प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उपराष्ट्रपति र सभामुखको आलोचना गरेका ओलीले नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीमा फर्किन आग्रह गरे । शनिबार विराटनगरमा आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको […]
काठमाडौं, ८ फागुन । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कडा व्यंग्य प्रहार गर्नुभएको छ । शनिबार विराटनगरमा आयोजित विशाल सभालाई सम्बोधनका क्रममा डाक्टरले छाडेका प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन नसक्ने उहाँले बताउनुभयो । उहाँले प्रचण्डमाथि व्यंग्य प्रहार गर्दै भन्नुभयो, ‘प्रचण्डजीको त यति माया लाग्छ नि […]
८ फागुन, काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् । उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने […]
काठमाडौं – निर्वाचित झण्डै दुई तिहाइको कम्युनिस्ट सरकारले गरेको अलोकपृय निर्णयवारे सर्वोच्च न्यायालयले १३ गते बिहिवार फैसला सुनाउने भएको छ । सरकार प्रमुख प्रधानमन्त्री र रास्ट्र प्रमुख रास्ट्रपतिले सम्विधानका धारा र अन्तर्राष्ट्रिय अभ्यासबिपरित पुस ५ गते चालेको कदमले कानूनी मान्यता पाउने या बेलगाम गतिविधिमा ब्रेक लाग्ने त्यो दिन टुंगो लाग्नेछ । दुई महिनादेखि निरन्तर सुनुवाइ […]
८ फागुन, विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन हुनेमा प्रधानमन्त्री ढुक्क रहेको बताएका छन् । सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए । सर्वोच्चले गर्ने फैसलाबारे आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनस्र्थापना नहुने दाबी गरे । शनिबार विराटनगरमा आयोजित आमसभामा नेम्वाङले […]
उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो […]
काठमाडौं, ८ फागुन । शुक्रबार साँझ प्रदेश नम्बर २ को प्रदेश प्रमुखबाट हटाइएका तिलक परियार गृहमन्त्री रामबहादुर थापा बादल निकट हुन् । उनलाई मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् । तर, मन्त्रिपरिषदले परियारलाई पदमुक्त गर्ने सिफारिश गरेकोबारे गृहमन्त्री रामबहादुर थापा बादल नै बेखबर भएको बुझिएको छ । यसअघि नेकपाको ओली समूहले जनयुद्ध दिवस […]
काठमाडौं, ८ फागुन । आन्दोलनरत नेकपा दाहाल नेपाल पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल उपचारपछि भारतको नयाँ दिल्लीबाट आज स्वदेश फर्किदै छन् । उपचारका लागि गत माघ ३० गते दिल्ली जानु भएका खनालको साथमा उनकी धर्मपत्नी रविलक्ष्मी चित्रकार पनि छिन् । खनालले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराएका थिए । शरीर काँप्ने रोगबाट पीडित […]
८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
कुर्सी नमिलेर र नपुगेर सरकार र सडकमा बाँडिएका नेकपाका नेताहरु सूर्य मेरै हो भनेर एकोहोरो हानथाप गरिरहेका छन् । यसले पनि मेरो, उसले पनि मेरो भनेर अचाक्ली गर्न थालेपछि सूर्यलाई नै रिस उठिसक्यो । त्यसैले दुवै नेकपाले सूर्य मेरो भन्दै सडकमा उफ्रेको दिन राम्रोसँग घाम लाग्दैन, सूर्य लुक्ने र छेकिने गर्छ । दुवैको प्रदर्शनमा सूर्य […]
८ फागुन, काठमडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् । प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भनि्न,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’
८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति […]
काठमाडौँ — बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्चपछि घोषणापत्र सार्वजनिक गरेको हो । आन्दोलनकारीले ७० वर्षअघि प्रजातन्त्र घोषणा गरिएको टुँडिखेलस्थित खरीको बोटमै पुगेर कार्यक्रम गर्ने उद्घोष गरेकाले शुक्रबार त्यहाँ वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन […]
काठमाडौं, ७ फागुन। प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा चलिरहेको बहस सकिएको छ । शुक्रबार विज्ञ समूह (एमिकस क्युरी) का तर्फबाट अधिवक्ता गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो । अधिवक्ता पाठकले राय दिएसँगै सकिएको बहसको नोट फागुन १० गतेभित्र उपलब्ध गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लामा पनि ७१औँ प्रजातान्त्र दिवस मनाईएकाे छ । दिवसकाे अबसरमा सहिदहरुको फोटोमा फुलमाला र अबिर लगाएर प्रजातन्त्र दिवस मनाईको हाे । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा प्रजातन्त्र दिवस मनाईएको हो । जिल्ला समन्वय समितिको प्राङगणमा सहिदहरुको फोटोमा माल्यार्पण गरि प्रजातन्त्र दिवस मनाईएको समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाले बताए । बिगतका […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताएका हुन् । सरकारले जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताए । […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले बोलाएको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । बैठकमा पछिल्लो अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमका विषयमा ब्रिफिङ गरिरहेका छन् । प्रचण्ड माधव पक्षले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित […]
७ फागुन,बुटवल । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसी छन् । विप्लव समूहसहितका चार दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल र केसीलाई प्रहरीले पक्राउ गरेको हो । भुसाल र केसी पक्राउको चार दलीय […]