होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कालिकोट । सरकार र नेत्रविक्रम चन्द समूहबीच तीन बुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीन बुँदे सहमतिका कारणले उत्साहित भएका हुन् । माओवादीले सञ्चालन गरेको १० वर्षे द्वन्द्वका क्रममा ६०० भन्दा बढीले ज्यान गुमाएको कालीकोटले चन्द समूहले हिंसात्मक […]
नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विप्लव नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेटघाटसहित छलफल गरेका हुन् । बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका हुन् । विप्लवले आजै प्रधानमन्त्री […]
काँकडभिट्टा — झापा विद्रोहका अगुवा ठूलो दुर्गा अधिकारी उपचारका लागि सहयोगको हात जोड्दै दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको निवासै पुगेका थिए । सँगै जेल बसेका सहयोद्धा प्रधानमन्त्री बनेका बेला सहयोग पाइएला भन्ने आस थियो । झापा आन्दोलनका बेला पाएको यातनाका कारण उनमा करङ खिइने समस्या छ । ‘ओली सरले त हुन्छ–हुन्छ भनेर आस मात्रै देखाउनुभयो, काम चैं […]
२१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने छन् । नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ । यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई […]
२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड– माधव समूहका अध्यक्ष माधवकुमार नेपालले समर्थन गरेका छन् । बिहीबार जनता समाजवादी पार्टी निकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी भएर फर्किएका नेता नेपालले उपकुलपति कार्यालयबाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गई समर्थन जनाएर फर्किएका हुन् । […]
सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका अब दुख र कष्टका दिन गइसकेको बताएका छन् । बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै अब नेपाली जनताका दुःख कष्टका दिन गइसकेको बताएका हुन् । ‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन […]
२० फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आउन तीन दिन बाँकी छ, तर त्यहाँ के भूमिका खेल्ने भन्नेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसजस्तै तेस्रो ठूलो राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गर्दा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा थिए । भट्टराई बुधबार उपचार […]
२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । आयोग जाने तयारी पेरिसडाँडामा भइरहेको छ । नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि आयोग जाने तयारी भएको हो । यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो […]
काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिमा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । ओलीको कार्यकालमा विभिन्न विवादहरु उत्पन्न भएपनि शान्ति प्रक्रियाका सवालमा भने सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हाँसिल गरेका हुन् । प्रधानमन्त्री ओलीले २०७५ फागुन २४ गते पहिलो महत्त्वपूर्ण राजनीतिक […]
काठमाडाैं, २० फागुन । नेपाली काँग्रेसका शीर्ष नेतृत्व तहमा सरकारमा जाने नजाने विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले अवसर पाए सरकारको नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने काँग्रेसलाई जनादेश प्रतिपक्षकै रहेकाले सरकारमा जान नहुने बताएका छन् । पूर्व सांसद एकनाथ रानाभाटको बुधबार परेको दसौँ स्मृति दिवसमा आयोजित श्रद्धाञ्जलि सभामा […]
काठमाडौं । सरकार र विप्लव समूहबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार […]
२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । […]
२० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर […]
१९ फागुन, काठमाडौं । अबको ५ दिनमा पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्दैछ, तर त्यहाँ कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रमुख विपक्षी नेपाली कांग्रेस अझै अनिर्णित छ । प्रतिनिधिसभा वैठकमा पार्टीको भूमिकाबारे तत्काल निर्णय लिन नेतृत्वमाथि दबाव छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि १३ फागुनमा बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको वैठकले नेपाल कम्युनिष्ट पार्टी […]
१९ फागुन, काठमाडौं । सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । यसअघि बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो । दोस्रो चरणको वार्ता […]
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गत बुधबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको छ । प्रदेशसभामा सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिइएको हो । प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफल सकिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । विशेष कारण देखाएर बैठक स्थगित […]
काठमाडौं । राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको छ । बुधबार बुटवलमा बसेको बैठकले देशको समसामयिक राजनीतिको बारेमा छलफल गर्दै प्रधानमन्त्रीको राजीनामाबाट नै मुलुकले राजनीतिक निकास पाउने ठहर गरेको हो । प्रधानमन्त्री ओलीले संसद विघटनको ‘असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी कदम चालेको’ भन्दै बैठकले सर्वोच्च अदालतको […]
काठमाडौं । आफ्नो सुरक्षामा खतरा रहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा अझ बढी सक्रिय हुन थालेका छन् । ‘सुरक्षा थ्रेट’ का बाबजुद प्रधानमन्त्री ओली काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन किन सक्रियता बढाइरहेका छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ । वाक्पटुताका धनी प्रधानमन्त्री ओलीले विकास निर्माणका विभिन्न […]
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’
१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय […]