होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब दुःख, कष्टका दिन गए : प्रधानमन्त्री ओली
समाचार

अब दुःख, कष्टका दिन गए : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
अब दुःख, कष्टका दिन गए : प्रधानमन्त्री ओली

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका अब दुख र कष्टका दिन गइसकेको बताएका छन् । बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै अब नेपाली जनताका दुःख कष्टका दिन गइसकेको बताएका हुन् ।

‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले सरकारले अघि सारेका विकासका आयोजनाहरुलाई कोभिड १९ का कारण प्रभाव पारेपनि त्यसलाई परास्त गर्दै अव विकासको गति नरोकिने दावी गरे ।

सो क्रममा प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजनका मुख्य २ वटा उदेश्य रहेपनि यो बहुआयामीक आयोजना भएको प्रस्ट पारे । उनले आयोजनाबाट बारादेखि धनुषासम्मको १ लाख ८५ विघाहा जमिन सिंचाई हुने तथा ३१ मेगावाट विद्युत उत्पादन गर्ने आयोजना सम्पन्न भएपछि २ नम्बर प्रदेशका जिल्लाहरुमा पुग्ने सिंचाइले तराई हरियाली र बगैँचाका रुपमा विकसित हुने बताए ।

विज्ञापन

फरक प्रशंगमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अहिलेको राजनीतिबारे केही चिन्ता रहेपनि चिन्ता नगर्न आग्रह गरे । उनले मुलुकलाई समृद्ध बनाउन पार्टी एकता गरेपनि अहिले आएर केही समस्या भएपनि केही फरक नपर्ने बताए । ‘केही केही पिलो निचोरिएर जान्छन् । चिन्ता गर्नुपर्दैन । आन्दोलन देशलाई सम्मृद्ध बनाउनेतिर जान्छ’, ओलीको भनाइ छ । उनले मधेसमा केपी ओलीलाई पस्न नदिने भन्ने सुनेको भन्दै आफुलाई पस्न नदिएपनि पानी पसाइदिएर खेतमा सिंचाई गरिदिने दावी गरे । ‘म मुख्यमन्त्री मार्फत खवर पठाउन चाहान्छु, केपी ओलीलाई मधेसमा पस्न नदिएपनि पानी पस्न नछेक्नुहोला’, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउततर्फ हेर्दै प्रधानमन्त्रीले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार