होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमाले जारी विवाद समाधान गर्नका लागि बसेको कार्यदलको बैठकपछि माधव नेपाल पक्षले बैठक सकारात्मक रुपमा अघि बढिरहेको प्रतिक्रिया दिएको छ । बुधबार सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । बैठकपछि प्रतिक्रिया दिँदै माधव पक्षका नेता गोकर्ण विष्टले अविश्वासको खाडल पुरिँदै गएको बताए । ‘अविश्वासको खाडल पुरिँदैछ, सहमति नजिक छाँै,’ उनले भने, ‘सम्भवतः भोलि बसेर टुंग्याउछौँ […]
धनगढी : काँग्रेसको जिल्ला अधिवेशन नजिकीसंगै सुदूरपश्चिममा सबैभन्दा बढी चुनावी रौनक सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको छ। डडेल्धुरामा देउवा र वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षबीच चुनावी प्रतिस्पर्धा हुने अवस्था छ। देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन् भने मल्लले वर्तमान उपसभापति करुणकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने तयारी गरेका छन्। गृहजिल्लामै देउवालाई […]
२३ असार, काठमाडौं । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको नेताहरुले बताएका छन् । भोलिसम्म टुंगोमा पुग्ने कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ । बुधबार सिंहदरबारमा भएको छलफल पनि सकारात्मक र सहमति उन्मुख […]
नेकपा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि सुरु भएको हो। यसअघि बिहान १० बजेका लागि तय भएको बैठक एमाले नेपाल पक्षका कार्यदलका सदस्य […]
‘भाइ फुटे गवार लुटे’ भन्ने नेपाली उखान यतिबेला सत्तारुढ दल नेकपा (एमाले) मा ठ्याक्कै मिल्न पुगेको छ । विगत चार महिनादेखि आपसी झगडामा रुमल्लिएको यो पार्टीले एकपछि अर्को घाटा व्यहोर्दै आएको छ । पछिल्लो पटक एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल सक्रिय भएपछि एमाले विवाद मिल्ने झिनो आशा भने पलाएको छ । विभाजनको […]
काठमाडौं, २२ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थमन्त्रालयको हलमा बसेको बैठकमा दुवै पक्षबाट आ–आफ्नो धारणा राख्ने काम भएको थियो । माधव नेपाल पक्षधर नेताहरुले आफ्ना असहमतिहरु राखेका थिए । पछिल्लो समय एमालेको विवाद मिलाउनको लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते […]
काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । पार्टीका नेता महादेव यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी भएर जनकपुरबाट काठमाडौं फर्किएलगत्तै दाहाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । एमालेभित्रको विवाद समाधानको लागि कार्यदल सक्रिय भएको बेला प्रचण्डले नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा […]
काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी औपचारिक रुपमै फुट्ने भएको छ । अलग अलग जाने मार्ग खोलिदिन भन्दै आज दुवै पक्ष निर्वाचन आयोगमा पुगे । योसँगै जसपाको औपचारिक विभाजन आयोगबाट हुने सम्भावना बढेको छ । जसपा विभाजन भएपछि आधिकारिक पार्टी र चिन्ह कस्को हुने टुंगो लाग्न भने कठिन छ । जसपामा निर्वाचन आयोगमा भएका […]
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।सोमबार जनकपुर आइपुगेका उनले संविधानको मर्म र भावना अनुसार संसद पुनःस्थापना हुने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास गरेका हुन् । प्रचण्डले भने,’देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, अनि संसद पनि पुनर्स्थापना हुन्छ […]
जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् । मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको […]
बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ । ७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए । उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।आचार्यले कोरोना […]
२२ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गरे । […]
धनगढी : नेपाली काँग्रेसको जिल्लाको अधिवेशन २६ साउनमा हुँदैछ। सुदूरपश्चिम प्रदेशमा पनि जिल्ला सभापतिका आकांक्षीले दाबी प्रस्तुत गर्न थालेका छन्। १३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरु निर्वाचित भएका थिए। प्रदेशको राजधानी कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन्। जिल्ला सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति […]
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बालुवाटारबाट माधव नेपाल पक्षलाई हाँक दिँदै भनेका थिए, ‘स्पष्ट हुन जरुरी छ, जो पार्टीको पक्षमा बोलिरहेको छ, त्यो पार्टीको नेता–कार्यकर्ता हो, जो पार्टीको पक्षमा बोलिरहेको छैन, नेता–कार्यकर्ता होइन । यति क्लियर छैन र कुरा ? … छद्म हो भने थाहा पाएका दिन हट्छ, खुलेआम […]
सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएको छ । बहस सकिएसँगै इजलासले सो मुद्दा हेर्दाहेर्दैका लागि २८ असारका लागि पेसी तोकिएको छ । सम्भवतः सोही दिन फैसला आउन सक्ने सम्भावना छ । ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि दाबी पर्न आएको […]
काठमाडौं । देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहँुदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् । महानगरपालिका, उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिका गरी २ सय २० वटा स्थानीय तह लामो समयदेखि निमित्तका भरमा सञ्चालन भइरहेका छन् । गाउँको सिहदरबारका रूपमा […]
नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक मंगलबार पनि बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने नेताले बताएका छन् । माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले आजदेखि पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने प्रतिक्रिया दिए । सोमबारको बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन भएको […]
२१ असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ ।आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो । सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार […]
काठमाडौं । नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ । कार्यदलको बैठक सोमबार बेलुका ६ बजे सिंहदरबारमा बस्दैछ । कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र […]
काठमाडौं, २१ असार । नेकपा एमालेको एकता टरेको छ । दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले पार्टी एकता जोगाउन निकै प्रयास गर्दा पनि सफल हुन नसकेपछि एकता टरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानबाट टसमस नभएपछि एकता प्रयासमा लागेका नेताहरु निराश भएका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट आज साँझ […]