होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । मिश्रले बहस र छलफलका लागि भन्दै दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अगाडि सारेका छन् । दस्तावेजमा नेपालमा शिशु अवस्थामै रहेको संघीयतालाई देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट धान्न […]
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले सरकारीभन्दा राम्रो सेवा र सबैभन्दा कम शुल्कको अस्पताल बनाइरहेको दावी गरेका छन् । सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले मिडियामा उनले निजी चेन अस्पताल बनाएको समाचार प्रकाशन भएको विषयमा स्पष्टीकरण दिएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको पूर्व सदस्य समेत रहेका श्रेष्ठले कोरोनाको दोश्रो वेभ […]
११ साउन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतको धम्कीले आफू रत्तिभर विचलित नभएको बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने बताए । सोमबार कुरा गर्दै संग्रौलाले भने, ‘महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र […]
नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चार घण्टादेखि जारी छ । बिहान सवा ११ बजेबाट सुरु भएको बैठक अहिलेसम्म जारी रहेको हो । नयाँ बानेश्वरको एक होटलमा जारी बैठकको सुरुमा यसअघि एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले तयार पारेको १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ गरेका छन् । त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालले […]
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनु दुःखद् भएको बताएका छन् । आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने, ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं […]
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो । सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा […]
काठमाडौँ — जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीलाई निर्वाचन आयोगमा झिकाइएको छ । सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला सनाखतका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको हो । आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता दिन सनाखतको काम गरिरहेको छ । केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका चौधरी आफ्नो पक्षमा रहेको यादव […]
११ साउन, काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनी प्रहरीको गाडी चढेर आएका थिए । चौधरीले आफूले […]
काठमाडौं, । नेकपा एमाले औपचारिक विभाजनतर्फ बढिरहँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु सांसद तानातानमा व्यस्त हुन थालेका छन् । दुवै पक्ष बढीभन्दा बढी सांसद पक्षमा पार्न लागेका छन् । नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचित १२१ सांसद मध्ये ओली पक्षमा ८२ देखि ८५ छन् । माधवकुमार नेपाल पक्षमा २४ देखि […]
११ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको यो समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन । माधव नेपाल […]
धनगढी : निर्वाचन आयोगमा जनता समाजवादी पार्टीका सदस्यको ‘हेड काउन्ट’ भइरहेको छ। आयोगमा जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरूको सनाखत भइरहेको छ। पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र नगर्ने विवादले जसपा दुई समूहमा विभाजित भएको छ। जसपाको केन्द्रमा छताछुल्ल विवाद र ‘हेड काउन्ट’ भइरहेका बेला सुदूरपश्चिममा जसपाका दुई सांसदले […]
११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु पुगेका छन् । चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न […]
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादबारे आज निर्णय लिने भएको छ । आयोगले आज ११ बजे पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’ नीति लिएर आयोगले टुंग्याउन लागेको छ । सत्ता समीकरणमा एमाले […]
बार्सिलोना। ‘ओं माइ गड ! यस्तो गर्न मिल्दैन नि ! को आयो यसरी ? कस्ले पठायो ? यस्तो त गर्न मिल्दैन नि !’ आइतबार एनआरएनए बेल्जियमको आन्तोर्पेन बुथमा अकस्मात विदेशी मुलका केही युवाहरुको समूह प्रवेश गर्दै सिधैं मतपेटिका तोडफोड गर्न थालेपछि एक महिला यसरी चिच्चाउँदै थिइन्। एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको […]
काठमाडौँ — नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संसद् पुन: स्थापना भएकोमा खुसी साट्दै सांसदहरूलाई बधाई दिएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले भने, ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ । संसद् फेरि पुनर्जीवित भएको छ । हामी सबैलाई बधाई छ । एउटा संघर्षबाट सफल भएर भेट […]
काठमाडौँ — एमाले उपाध्यक्ष भीम रावलले विगतका गल्ती र कमीजोरीको समीक्षा गरेर कार्यदलले दिएको सुझाव अनुसार पार्टी गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् ।एमाले एकता अभियान सञ्चालन गरिरहेका एमालेका २७ जना सांसदहरुसँग छलफल गर्दै एमाले एकता कार्यदलका माधव नेपाल पक्षका संयोजकसमेत रहेका रावलले कार्यदलले दिएको १० बुँदै सहमति अनुसार अघि बढ्नुपर्ने बताएका हुन् । ‘हिजो […]
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज आइतवार भर्चुअल सम्बोधन गर्नु हुँदै उहाँले यस्ताे आग्रह गर्नुभएको हो । उहाँले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गर्नुभएको थियो । ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह […]
काठमाडौँ– नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ७६ (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवासँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा […]
१० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै […]
१० साउन, काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । यादवको निवासमा विप्लवसँगै उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि पुगेका थिए । अघिल्लो हप्तादेखि विप्लवले विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, […]