होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकट नेताहरूलाई १० बुँदे सहमति कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन्। आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन्। आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत गएका थिएनन्। प्रतिनिधिसभा बैठक […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिमको ईन्चार्ज लेखराज भट्ट नै रहेको बताईएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन नहुने बताउदै लेखराज नै ईन्चार्ज रहेको बताएका हुन्। आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने बताएका छन्। नेकपा […]
धनगढीः एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएपछि भीम रावलले असहमति जनाएका छन्। आज बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएपछि उनी त्यसमा असहमत भएका हुन्। यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल भट्ट र थापालाई जिम्मेवारी दिइएको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख, सभामुखको कुर्सीमा बस्न लायक नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्ने समेत उनले बताएका छन् । तर पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न उनले सांसदहरुलाई निर्देशन दिए । […]
नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठकमा नाराबाजी सुरु गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताउने बित्तिकै उनीहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी थालेका हुन् । गत शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरेपनि आजको बैठकमा भने संयमित हुने भएका छन् । प्रतिनिधिसभा बैठक अघि बसेको […]
मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् ।आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका हुन् । नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा […]
नेकपा एकीकृत समाजवादी जिल्ला समिति जुम्लाले जुम्ला सदरमुकाम खलंगामा बृहत जनप्रदर्शन गरेको छ । नेकपा एमाले विभाजित भएपछि बनेको एकीकृत समाजवादीले जुम्लामा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो । अगुवा कार्यकर्ता भेला संगै प्रदर्शन गरेको समाजवादीले जुम्लामा आफु अब्बल रहेको दाबी गरेको छ । नेकपा एमाले भन्दा आफु बलियो भएको प्रमाणित गर्न पनि समाजवादी शक्ति […]
प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक आज आइतबार पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आइतबार पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । संघीय संसद् सचिवालयले आजको बैठकका सम्भावित २३ कार्यसूची तय गरेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको […]
काठमाडौं, भदौ २७ । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। मन्त्रालय भागबन्डामा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै एक दुईदिन लम्बिने भएको छ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मन्त्रालय भागबन्डाबारे कुरा नमिलेको बताए। ‘कुरा मिलेकै छैन। […]
काठमाण्डाै – संसद बैठक आज बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएसँगै आज पहिलो पटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । शुक्रवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट पास गरेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यस्तै रेल्वे […]
पेरु — पेरु माओवादी आन्दोलन ‘साइनिङ पाथ’ का नेता अबिमाइल गुज्मान गोन्जालोको निधन भएको छ ।लामो समयदेखि बिरामी रहेका उनको ८६ वर्षको उमेरमा शनिबार बिहान मृत्यु भएको पेरुका न्याय मन्त्री अनिबल टोरेसले जानकारी दिएका छन् । दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालो विगत २९ वर्षदेखि बन्दीजीवन बिताइरहेका थिए । उनी पेरुको युद्धको क्रममा सन् १९९२ राजधानी लिमाबाट […]
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् । शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन् । उनले नेकपा एमालेले देशव्यापी रुपमा […]
काठमाडौँ, २६ भदौ । नेकपा माओवादी केन्द्र समाजवादीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए देशको अखण्डतामाथि प्रहार भई रक्तपातको चेतावनी दिएको छ । आज तीन दर्जनभन्दा बढी संख्याका युवाहरुको पत्रकार सम्मेलन गरी आयोजित पार्टी प्रवेशमा अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी खतरनाक भएको भन्दै तत्काल खारेज गर्नुपर्ने समेत बताएका हुन् । ‘एमसीसी पास भए नेपालको अखण्डतामाथि प्रहार […]
नागरिक रैबार/बाजुरा २६ भदौ। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पंडितले जिल्लाको सातौं अधिवेशनमा आम नेता तथा कार्यकर्ताहरुको सहमति अनुसार पार्टी सभापतिको उम्मेदवार हुने दावी गरेका छन् । सभापतिको पंडितको निजि सचिवालयले शनिबार मार्तडीमा गरेको पत्रकार सम्मेलनमा सभापति पंडितले आगामी अधिवेशनमा सहमतिका साथ पुनः पार्टीको सभापतिमा उम्मेदवारी रहने दावी गरेका हुन् । पार्टी […]
शुक्रबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरूले सभामुखलाई आक्रमण गर्न मर्यादापालकको काँध मात्र चढेनन् केही मर्यादापालकलाई टोकेको र चिथोरेकोसमेत पाइएको छ । आफ्नो दलको विरोधका बिच सभामुख अग्निप्रसाद सापकोटाले पेलेरै सभा सञ्चालन गर्न थालेपछि आक्रोशित र उत्तेजित भएका केही एमाले सांसदहरू मर्यादापालकको काँधमा चढेर सभामुखको आसनतर्फ जान खोजेका थिए । सभामुख र रोष्टममा बोलिरहेका अर्थमन्त्री जनार्दन […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको जनाएको हो । पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसद्बाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए […]
गुजरातका मुख्यमन्त्री विजय रुपाणीले चुनावभन्दा एक वर्षअघि नै अचानक राजीनामा दिएका छन् । मिडियासँगको कुराकानीमा उनले पार्टीमा समयसँगै दायित्व पनि बदल्ने बताउँदै भारतीय जनता पार्टीमा यो स्वाभाविक प्रक्रिया भएको बताए । उनका अनुसार पार्टीले उनलाई ५ वर्षका लागि मुख्यमन्त्रीको जिम्मेवारी दिएको र आफूले त्यो पुरा गरेको बताए । ‘अब मलाई जे जिम्मेवारी मिल्छ त्यो नै […]
काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संसदीय समितिका प्रतिनिधिहरुसँग एकसरो भेटघाट सकेकी छन् । बिहीबार प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलबाट भेटको शुरुवात गरेकी उनले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिन् । […]
२६ भदौ, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताएका छन् । शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने दोहोर्याए । ‘हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछ’ उनले भने । महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा […]