होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: नेकपा (एकिकृत समाजवादी)को संसदीय दलको नेता चयन भएसँगै सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल एकिकृत समाजवादीले नै रिक्त रहेको आर्थिक मामिला तथा योजनामन्त्री पाउने सम्भावना छ। एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य दुर्गा बिकले एक हप्ताभित्र प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने बताइन्। उनले भनिन्, ‘संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनु भएको […]
प्रदेश १ मा महिला र दलित नेतृत्व स्थापित गर्ने सवालमा नेपाली काँग्रेस कमजोर देखिएको छ । राजनीतिक दलहरू समावेशी बन्नुपर्ने आवाज बुलन्द भइरहेका बेला १४ औं महाधिवेशनको मुखैमा प्रदेश १ का १३ जिल्लामा भर्खरै सम्पन्न काँग्रेसको वडा अधिवेशन र तिनले चयन गरेका नेतृत्वमा प्रदेशभरि जम्मा चार जनामात्रै महिला चुनिएका छन् । यस्तै, दलित समुदायबाट प्रदेश […]
नेपाली कांग्रेसले वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा विवाद समाधान गरेको छ।क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर क्रियाशील सदस्यको अन्तिम सूची निर्वाचन समितिमा पुगेको छ। मंगलबार ८ जिल्लाको क्रियाशील नामावली समितिमा पुगेको हो।समितिले विवाद समाधान भएका काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने तयारी […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरेका हुन् । ‘हामीले […]
धनगढी ।नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् । मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उनलाई सर्वसम्मत चयन गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए । दलको नेताका लागि आन्तरिक मामिला तथा काझनून मन्त्री पूर्णा जोशी र प्रदेशसभा […]
२९ भदौ, धनगढी । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताएका हुन् । ‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सम्पूर्ण नेता–कार्यकर्ताको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने कर्तव्य रहेको बताएका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले १० बुँदे कार्यान्वयनको जिम्मेवारीबाट कसैले पनि पन्छिन नहुने बताएका हुन्। ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो,’ उनले भने, ‘१० बुँदे कार्यान्वयनको अर्थ एमाले २०७५ जेठ २ को […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा अझै अन्तर्विरोध झेल्नुपर्ने टिप्पणी गरेका छन् । धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले पार्टीको विवाद समाधानका लागि १० बुँदे प्रस्ताव तयार भएको र त्यो कार्यान्वयन भइसकेको बताए । उनले १० बुँदेको २ नम्बर बुँदालाई सम्झाउँदै नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै त्यसलाई कार्यान्वयन […]
धनगढी : एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा उपाध्यक्ष भीमबहादुर रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ। दुबै नेता अहिले गृह प्रदेश सुदूरपश्चिममा छन्। भीम रावल आज मध्यान्न धनगढी पुगेका हुन् भने सोमबारदेखि कैलालीमा रहेका भट्ट आज कञ्चनपुर गएका छन्। एमाले उपाध्यक्ष रावलले अहिले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन्। उनले १० बुँदे कार्यान्वयनबाट कसैले पनि […]
सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेको नाराबाजी र अवरोधका बिच प्रतिनिधि सभाको बैठक अघि बढाएका छन् । आजको बैठकको सुरुवातमै उनले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका छन् । सभामुखले आजको बैठक सुरु भएको जानकारी गराउना साथ एमाले सांसद नाराबाजी गर्दै रोष्टमतिर दौडिएका दिए । उनले आजको […]
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ ।बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका […]
धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो । प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय […]
काठमाडौं, २८ भाद्र । रोशनी शाही प्रकरणले कृष्णबहादुर महरा सभामुखबाट राजीनामा दिन वाध्य भएपछि अग्निप्रसाद सापकोटाको भाग्योदय भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रोजाईमा परेका सापकोटालाई रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लागिरहे । सुवास नेम्वाङलाई अगाडि सारियो । तर, ओलीको पनि केही लागेन । सापकोटाले बाजी मारे । सापकोटाविरुद्ध माओवादी सशस्त्र द्वन्द्वका बेला […]
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई विवादास्पद एमसीसी अघि नबढाउन चेतावनी दिएका छन् । सोमबार काठमाडौको खुलामञ्चमा आयोजित एमसीसी विरुद्धको विरोधसभालाई सम्बोधन गर्दै नेपाली जनताको विरोध हुँदाहुँदै एमसीसी अघि बढाएर अमेरिकी साम्राज्यवादीको दलाल नबन्न चेतावनी दिएका हुन् । त्यसक्रममा उनले अमेरिकालाई समेत नेपाली जनतासँग एमसीसी लादेर जोरी नखेल्न चुनौती दिए […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको थियो । तर इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । ओलीले […]
धनगढीः नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी आउने भएका छन्। रावल भोली (मंगलबार) धनगढी आउने स्रोतले जनाएको छ।यसअघि आईतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। ओलीले यस्तो भनिदिएपछि रावल तनावमा परेको बताईएको थियो। यसै सन्दर्भमा रावलले हिजै आफू निकट सांसद र नेताहरुलाई सिंहदरबार बोलाएर […]
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न असोज ५ गतेका लागि बैठक बोलाएको नेता विरोध खतिवडाले रातोपाटीलाई बताए । बिहान ११ बजे बैठक बस्ने भनिए पनि स्थानको भने अहिले टुङ्गो नलागेको उनको भनाइ छ । उनले भने, ‘नयाँ पार्टी बनेको छ । पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी […]
प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँ बताए । सभामुख सापकोटाले भने एमाले संसदीय दलको […]
काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने […]
काठमाडौं, २८ भाद्र । नेकपा एमाले विभाजनको विपक्षमा उभिएका भीम रावललगायतका नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारोमा पारेका छन् । पार्टीलाई २ जेठ २०७५ को अवस्थामा राखेर अगाडि बढ्ने सहमति गरेका ओलीले अहिले आएर हुबहु त्यसको कार्यान्वयन नहुने स्पष्ट पारेका छन् । एमाले उपाध्यक्ष भीम रावल ओलीको पेलाईमा परेका छन् । १० बुँदे कार्यान्वयन अनुसार […]