होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ।हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार उनको क्यान्सर चौथो चरणमा पुगिसकेको छ। यध्यपी केही संचारमाध्यमले भने उनको क्यान्सर तेश्रो चरणमा रहेको समाचार प्रकाशित गरेका छन्। श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचारका लागि उनी मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल भर्ना भएका थिए।सोमबार उनले अस्पतालबाट डिस्चार्ज लिएका छन् र थप उपचारका लागि अमेरिका […]
धनगढी: विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकाया फेसबुक लाइभमा विक्षिप्त मनोदशामा देखिएकी छिन्। उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलेकी छिन्। उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन्। उनले एक व्यक्तिको नाम लिएरै धम्कीसमेत दिएकी छिन्। ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने रोकायाले खुलाएकी छैनन्। उनी […]
लोकगायिका सुनिता दुलाल वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । उनी यहि सोमबार दिवाकरमान सिंह बस्न्यातसँग वैवाहिक जीवनमा बाँधिने भएकी हुन् । दिवाकर र सुनिता लामो समय देखि गहिरो प्रेममा रहेका थिए । दिवाकर क्यानाडबाट पाइलट पढेर आएका हुन् । उनको पुरानो घर डिल्ली बजारमा छ तर हाल बुढालिनकण्ठमा बस्दै आएका छन् । दिवाकर कृषि पेशामा पनि […]
काठमाडौं। गायक निशान भट्टराईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । काभ्रेको धुलिखेलस्थित जिल्ला अदालतमा यी दुईको विवाह भएको हो ।नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष अधिवक्ता रमेश हुमागाईले निशानको विवाह गराएका हुन् । नेपाल आइडलको पहिलो सिजनमा दोस्रो भएका निशान गएको दुई वर्षदेखि प्रेम सम्बन्धमा […]
मुम्बई – भारतीय कलाकार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ दर्शकमाझ प्रतीक्षित छ । कोरोना भाइरसका कारण यो फिल्म पनि प्रभावित बनेको छ । उनको यो फिल्म प्रतीक्षित फिल्ममध्ये एक हो ।कोरोना भाइरसका कारण अब यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । क्रिसमसको मौका पारेर यसै वर्ष रिलिज भनिएको फिल्म अर्को वर्ष […]
‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक बादल थापाको आवाज रहेको गीतकाे म्युजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा, रोशनी कार्की र प्रेम पुरीको अभिनय रहेकाे छ। गायक थापाकै शब्द तथा संगीतमा तयार भएको यो गीत निक्कै मार्मिक बनेको निर्माण पक्षले दाबी गरेको छ। आहा टिभी युट्युब च्यानलबाट आइतबार […]
लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार […]
लकडाउनको समयमा डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने क्रम बढेको छ । विदेशी चलचित्र र वेभ सिरिजको माग डिजिटल प्लेटफर्ममा निकै बढेको छ । अब, नेपालमा पनि एपको माध्यमबाट चलचित्र हेर्ने शैलीको विस्तारै विकास हुँदैछ । दामी म्यूजिक एपले शुक्रबार ४ नेपाली चलचित्र रिलिज गर्न लागेको छ । चलचित्र ‘सेल्फी किङ्ग, घामड शेरे, हजार जुनी सम्म, शुभ […]
कुनै समय थियो- ‘जीवन लुइँटेल र आर्यन सिग्देलमध्ये नम्बर १ नायक को ?’ जस्ता आशयमा धेरै समाचार लेखिन्थे । जीवन र आर्यनबीच निकै ठूलो प्रतिस्पर्धा रहेको समाचार पनि नलेखिएका होइनन् । ब्यस्तता, पारिश्रमिक तथा चलचित्र रिलिजको समयलाई हेर्ने हो भने त उनीहरूलाई कसले प्रतिस्पर्धी होइन भन्न सक्थे र ! दुवै उत्तिकै ब्यस्त, पारिश्रमिक पनि उस्तै […]
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । उनले आफ्नो अवस्था ठीक […]
नेपाली सांगीतिक दुनियाँ अहिले भाइरलको पछि छ । भाइरल र उच्छृङ्खल शब्दले युटुबमा राम्रो भ्यूज त पाएका छन्, तर यी गीतले नेपाली सांगीतिक क्षेत्रलाई अगाडि बढाउन मद्दत भने गर्दैनन् । तर, कहिलेकाही केही यस्ता गीतहरु सिर्जना हुन्छन्, जसले मानिसलाई धेरै समय सोच्न वाध्य पारिदिन्छ । गायक प्रकाश सपुतले सार्वजनिक गरेको ‘बदला बरिलै’ बोलको गीत त्यसको […]
काठमाडौं – अभिनेता भुवन केसी केही समययता विवादमा तानिएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उनीमाथि दुर्व्यवहार गरेको आरोप लगाएपछि उनी विवादमा तानिएका छन् । भुवनले साम्राज्ञीविरुद्ध अदालतमा १० करोड मागदाबी गर्दै मुद्दा दर्ता गराएका छन् । साम्राज्ञीले पनि भुवनविरुद्ध उजुरी हाल्ने तयारी थालेकी छिन् ।भुवन र साम्राज्ञी दुवैले मिडियामा अन्तर्वार्ता दिएर आ–आफ्ना दाबी गरिरहेका […]
सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार बाहिर टुसुक्क बसिरहेका थिए । कति […]
नागरिक रैबार/बाजुरा १६ साउन। नेपाली नारीहरुको महान चाड हरीतालिका तीज पर्व नजिकिएसंगै नेपाली बजारमा तीज गीतका भाकाहरु पनि धमाधम आउन थालिसकेका छन् । तीजका गीतहरु बजारमा आउने क्रममा गायक धर्म सुनार र रितु विष्टले पनि यस वर्षको तीजमा बत्र बस्नी हो बोलको तीज गीत सार्वजनिक गरेका हुन । विशेष फिल्मस प्रालिको प्रस्तुतिमा रहेको उक्त गीत […]
काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले दुई फिल्म घोषणा गरेका छन् । आफ्नै लेखन तथा निर्देशनमा उनले दुई फिल्म निर्माणको घोषणा गरेका हुन् । दीपेन्द्रले चलचित्र बिकाश बोर्डमा बिहीबार ‘चिसो मान्छे’ र ‘लकडाउन’ नामका दुई फिल्म आधिकारीक रुपमा दर्ता गर्दै निर्माण घोषणा गरेका हुन् । दुबै फिल्मका निर्माता शर्मिला पाण्डे रहेकी छन् । लकडाउन अगाडि […]
१५ साउन कैलाली । अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका छन् । युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले बताए ‘अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको र त्यो मार्फत पीडित परिवारको घरसम्म पुगेको […]
पछिल्ला केही समयदेखि प्रशंसकले केजीएफ सिरिजको दोस्रो फिलम केजीएफ टुको प्रतिक्षा गरिरहेका छन् । यो फिल्मको पहिलो लुक पहिले नै सार्वजनिक गरिएको छ । अब सञ्जय दिनको जन्मदिनमा उनको क्यारेक्टरलाई एउटा पोस्टर रिलिज गरिएको छ । सञ्जय दत्त फिल्ममा अधिरा नामको नेगेटिभ भूमिका निभाइरहेका छन् र उनको लुक खतरनाक छ । यो फिल्ममा सञ्जय दत्त […]
काठमाडौं । अभिनेता राजेश हमाललाई दर्शकले फिल्मको पर्दामा नदेखेको धेरै भयो । केही समययता ठूलो पर्दाबाट बाहिर रहेका हमाल अब भने सानोपर्दामा देखिने भएका छन् । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत उनी सानो पर्दामा देखिन लागेका हुन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको हो । साँझ साढे ६ बजे […]
बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । नायक अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या र आराध्याको रिपोर्ट नेगिटिभ आएको जानकारी ट्विटमार्फत दिएका छन् । अभिषेकले लेखेका छन्–‘सबैको आर्शिवादका लागि धन्यवाद । ऐश्वर्या र आराध्यको रिपोर्ट नेगिटिभ आएको छ । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । म र मेरो पिता […]
बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवार कोभिड–१९ पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भए । तर ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको छ । अब ऐश्वर्या र आराध्या घरमा र्न बस्नेछन् जबकि अमिताभ र अभिषेक बच्चन केही दिन थप डाक्टरको निगरानीमा बस्नुपर्नेछ । अभिषेक बच्चनले यसबारे जानकारी दिएका हुन् […]