होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • सलमान खानको हत्याको योजना बनाउने व्यक्ति पक्राउ
बलिउड/हलिउड

सलमान खानको हत्याको योजना बनाउने व्यक्ति पक्राउ

  • नागरिक रैबार
सलमान खानको हत्याको योजना बनाउने व्यक्ति पक्राउ

मुम्बई – भारतीय कलाकार सलमान खानको हत्याको योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

राहुल नाम गरेका व्यक्तिले गत जनवरीमा सलमान खानको रेकी गरेका थिए । उनले ग्याङस्टर लोरेन्स बिस्नोइका लागि काम गर्ने गरेको बताइएको छ ।

योसँगै उनीमाथि अन्य कैयन् आरोप पनि छन् ।

विज्ञापन

प्रहरीका अनुसार राहुल अन्य चार हत्याका घटनामा पनि मुछिएका छन् । उनले सन् २०१९ मा एक व्यक्तिको हत्या गरेको आरोप छ ।

ती व्यक्तिले लोरेन्सले भनेका कारण चार व्यक्तिको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीको अपराध शाखाले आरोपीलाई भारतका उत्तराखण्डबाट पक्राउ गरेको हो ।

आरोपीले सलमान खानको हत्या गर्ने योजना बनाएको स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् । सलमान खानको हत्या गर्नका लागि उनको घरको रेकी गरेको पनि उनले स्वीकारेका छन् ।

पूरै जानकारी जुटाएका बेला भारतमा लकडाउन शुरु भएको थियो । त्यसैकारण यो काममा सफल नभएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार