होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । कोरोना सङ्क्रमणको डरले गत चैतमा सरकारले प्रतिबन्ध लगाएको यातायात, होटल व्यवसायदेखि बन्द व्यापारसम्म अधिकांश क्षेत्र खुलिसकेका छन् । तर फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन । सबै क्षेत्र खुलिसक्दा पनि सरकारले फिल्म क्षेत्रको अझै किन खुलेन ? कहिले खुल्छ फिल्म क्षेत्र ? यस प्रश्नको जबाफ न त फिल्म क्षेत्रका कुनै सङ्घसंस्थासँग छ, […]
चलचित्र ‘बाहुबली र बाहुबली २’ भारतीय बक्स अफिसमा ब्लकबस्टर भएपछि चर्चामा आएका नायक प्रभाषमाथि अहिले निर्माताहरुले पैसा खन्याइरहेका छन् । प्रभाषको विश्व बजारमै देखिएको लोकप्रियतालाई देखेर उनीमाथि लगानी गर्नेहरु उत्साहित छन् । प्रभाष लगातार ४ वटा बीग बजेटका चलचित्रमा काम गर्दैछन् । उनी ‘केजीएफ’ जस्तो सफल चलचित्रको निर्माण कम्पनी हम्बेल फिल्मस्को ब्यानरमा ‘सलार’ नामक चलचित्रमा […]
विगत ९ महिनादेखि नेपाली चलचित्रको छायांकन ठप्प छ । उसो त, केही चलचित्रका निर्माताले दशैंबाट नै चलचित्रको छायांकन सुरु गरेतापनि नेपाल सरकारले भने औपचारिक रुपमा छायांकन सुचारु भएको घोषणा गरेको छैन । यसैले, चलचित्र छायांकन सुरु गर्न तयार भएका निर्माताहरु सरकारको निर्देशनको पर्खाइमा छन् । म्यूजिक भिडियोको छायांकन त असारबाट नै सुरु भैसकेको छ । […]
भुवन केसी र गौरी मल्ल नेपाली चलचित्रका समकालिन कलाकार हुन् । उनीहरुले थुप्रै चलचित्रमा सँगै काम गरेका छन् । यो जोडीको मित्रता खुलेर प्रकट भयो हालै एक टिभी रियालिटी शोमा । हिमालय टेलिभिजनबाट प्रशारण हुने डान्सिङ विथ स्टार्सको २३ औं एपिसोड (सेमिफाइनल) मा अतिथिको रुपमा उपस्थित भएका थिए भुवन । गौरी उक्त रियालिटी शोकी निर्णायक […]
काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि सिनेमा हलहरु खोल्ने निर्णय गरेको छ ।सोमवार संघले एकल निर्णय गर्दै फिल्म हलहरु सञ्चालन गर्ने बताएको हो । विभिन्न ९ बुँदे मागहरु राख्दै सिनेमा हलहरु सञ्चालन गर्ने निर्णय गरेको संघले जनाएको छ । यसअघि हलहरु सञ्चालनका लागि सरकारसँग माग राखेपनि पूरा नभएपछि हल खोल्ने निर्णय गरेको […]
नायिका स्वस्तिमा खड्काले चलचित्र ‘चिसो मान्छे’मा १८ लाख पारिश्रमिक वुझेकी छिन् । स्वस्तिमाले चलचित्र करिअरमा वुझेको सबैभन्दा महंगो पारिश्रमिक यही नै हो । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । यो टिमसँग स्वस्तिमाले चलचित्र ‘लभ लभ लभ’मा काम गरेकी थिइन् । स्वस्तिमालाई महंगो पारिश्रमिक दिएको निर्मात्री पाण्डेले […]
काठमाडौं – मंसिर सकिएसँगै यस वर्षलाई बिहेका लगन सकिएका छन् । यो बीचमा धेरै नेपाली कलाकार विवाह बन्धनमा बाँधिएका छन् ।प्रियंका कार्की र आँचल शर्माले गत वर्ष नै धुमधाम बिहे गरेका थिए । यो मंसिरमा नायिका स्वेता खड्काले पनि बिहे गरिन् । नेपाली समाजमा युवतीलाई अझ छिटो बिहे गर्न दबाब दिइन्छ । यसबाट कलाकार के […]
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा […]
काठमाडौं – कोरोना भाइरसको महामारीपछि सिर्जना भएको अवस्थाले कैयन् कलाकारको जीवनमा प्रभाव पारेको छ । लामो समयदेखि कामविहीन हुँदा कलाकारको दैनिक जीवनमा समेत प्रभाव परेको छ । लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पल शाह, पुष्प खड्का, आँचल शर्मा, वर्षा शिवाकोटी, नाजिर हुसेन, आकाश खड्का लगायत कलाकार म्युजिक भिडियोमा […]
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन । डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा […]
अजय देवगनले आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘मेडे’ को घोषणा गरिसकेका छन् जसमा उनीसँग अमिताभ बच्चन र रकुलप्रित सिंह पनि देखिनेछन् । फिल्मको सुटिङ डिसेम्बर ११ अर्थात् आजके दिनबाट हैदराबादमा सुरु हुँदैछ र अजयले रिलिज डेट पनि योजना गरिसकेका छन् । अजयको यो फिल्म सन् २०२२ को इदमा रिलिज हुनेछ । इदमा खासगरी सलमान खानको […]
बलिउड कलाकारले फिल्ममा काम गरेबापत् कति पारिश्रमिक लिन्छन्, यो कुरा धेरैले जान्न चाहन्छन् । हरेक कलाकारले आफ्नो फिल्म हिट हुने बित्तिकै आफ्नो पारिश्रमिक बढाइहाल्छन् तर फ्लप हुँदा घटाउँदैनन् । यदि ठूलो ब्यानर छ, निर्देशक हिट फिल्म बनाउनका लागि चर्चित छन् भने यी कलाकार कम पारिश्रमिकमा नै काम गर्छन्, ताकि फिल्म सफल भएपछि आफ्नो मूल्य बढाउन […]
नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । अस्पताल, विमानस्थलको दृश्य खिच्नु परेपछि तत्कालका लागि चलचित्रको छायांकन रोकिएको हो । निर्माता सुनिल कुमार थापाले चलचित्रको छायांकन करिब २ महिनापछि सुरु गर्ने बताए । उनका अनुसार, केही दृश्य र २ वटा गीतको छायांकन गर्न बाँकी […]
राजेश पायलद्धारा अभिनित चोट खाँदाखाँदा आधुनिक गीतको (कभर भिडियो) सार्वजनिक भएको छ । चर्चित आधुनिक गायक मनोज राजको स्वरमा रहेको चोट खाँदा खाँदा आधुनिक गीतको कभर भिडियो सार्वजनिक भएको हाे । राजेश पायलद्धारा अभिनित उक्त गीतको कभर भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गौमुल गाउँपालिकाका विभिन्न ठाउँमा छायाकंन गरिएको हो । उक्त गीतको […]
२५ मंसिर, काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा विहीबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो । चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार यसअघि झैँ हरेक दिन […]
काठमाडौं । यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।
काठमाडौं : नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छिन्। उनले सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसिएकी हुन्। उनीहरुको विवाह गोकर्ण रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा भएको हो। विवाहको अघिल्लो दिन स्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गरेकी छन्।खड्काले मेहेन्दी कार्यक्रमको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मेहन्दीको रङहरु […]
काठमाडौं । गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो । बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश […]
हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउन सक्छु ।’ महिलातर्फको केही […]
नायिका श्वेता खड्काले बिहेको एकदिन अगाडि सामाजिक संजालमा लामो स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी छिन् । श्वेताले सोमबार बिहे गर्ने तयारी गरेकी छिन् । श्वेताले आफ्नो मनमा अझै पनि ‘के यो पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भनेर पनि प्रश्न गरेकी छिन् । श्वेता लेख्छिन्–‘जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुुःख अनी हाँसो–रोदनका […]