होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज चुमेकी हुन् । मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के-के गुण हुन जरुरी छ भनेर प्रश्न […]
अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको […]
मुम्बई । मनी लाउन्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दाका कारण बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनमा लगातार सञ्चारमाध्यमको हेडलाइन बनिरहेकी छन् । उनलाई सुकेश चन्द्रशेखरसँगको सम्बन्धले तनाव दिइरहेको छ । पछिल्लो खबरअनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको छ । भारतीय सञ्चारमाध्यम न्युज १८ […]
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही […]
काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’मा अनमोल केसी र सारा श्रीपाइली नरहने भएका छन् । कुरा गर्दै निर्देशक भट्टराईले मुख्य पात्रमा अनुबन्धित भइसकेका दुवैजना कलाकार अब प्रोजेक्टमा नरहने बताए । ‘सहमतिमै उहाँहरुले छाड्नु भएको हो । अब एक–दुई दिनमा मुख्य पात्रमा नयाँ कलाकार फाइनल गर्नेछौं,’ उनले भने । अभिनेत्री साराको भिसा नआएपछि […]
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत स्टारर फिल्म ‘धाकड’को आधिकारिक ट्रेलर रिलिज भएको छ ।शुक्रबार रिलिज गरिएको एक्सन-थ्रिलर यो फिल्मको ट्रेलरमा कंगनाको भरपुर एक्सन दृश्य देख्न सकिन्छ । कंगनाले फिल्ममा जबरजस्त स्टन्ट समेत गरेकी छन् । ट्रेलरमा फिल्मका अर्का मुख्य कलाकार अर्जुन रामपाल र दिव्या दत्तालाई पनि स्थान दिइएको छ । रजनीश राजी घईको निर्देशनमा […]
फिल्म ‘कबड्डी–४’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेटको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा दयाहाङ राईले मिरुना मगर पाउन गरेको संघर्ष र उतारचढाव देख्न सकिन्छ । ‘कबड्डी’को चौथो सिक्वेलको रुपमा निर्माण भएको यो ‘कबड्डी ४ः द फाइनल म्याच’ भनिएको छ । ड्रामा, रोमान्स र राजनीति समेत ट्रेलरमा समेटिएको […]
बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल(रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक […]
काठमाडौं । दोेस्रो सातामा प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर ४’ले ४ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।बिहीबार निर्माण टीमले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले ४ करोड १० लाख रुपैयाँको कुल आम्दानी गरेको हो ।फिल्मको आम्दानी सार्वजनिक गर्दै चलचित्रका निर्देशक झरना थापाले साथ दिने दर्शकलाई धन्यवाद दिएकी छन् ।सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल […]
धनगढीः अभिनेत्री करिश्मा मानन्धरले केही समयअघि एमालेको चुनावी कार्यक्रममा आफ्नो न्वारनको नाम सूर्य कुमारी भएको बताइन्। एमालेको चुनाव चिह्न सूर्य भएकाले उनले यही मेसोमा आफ्नो न्वारनको नाम सार्वजनिक गर्न भ्याइन्। यही कुरालाई लिएर सोसल मिडियामा उनलाई धेरैले ट्रोल गरे। अझै पनि, फेसबुकमा उनका हरेक पोस्टमुनि कमरेड ‘सुर्जे कुमारी’ भन्दै खिल्ली उडाउनेहरू कम छैनन्। कमेन्टमा उडाउनेहरूलाई […]
काठमाडौं । अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार परम्पराअनुसार विवाह हुँदैछ । बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको निकट स्रोतले जनाएको छ । परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ । निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी […]
काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । ‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको […]
बागलुङ । नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस गरेको छ ।नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो । मेयरमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा […]
काठमाडौँ – अभिनेता सौगात मल्लले नयाँ फिल्मको अफर लिएर जाने निर्मातालाई फागुनसम्म व्यस्त रहेको जवाफ पठाउन थालेका छन् । अर्थात् लगभग १ वर्ष सौगात मल्लले नयाँ फिल्मका लागि उपलब्ध हुने छैनन् । तर उनको यो व्यस्तता नेपाली फिल्मका लागि भने होइन् वा भनुँ नेपाली फिल्मलाई समय दिएका कारण सौगातले नभ्याउने भएका हैनन् । एउटा अंग्रेजी सिरिजलाई […]
काठमाडौं । गायक राजु लामाले सोमबार ६ हजार ११९ मिटर अग्लो पूर्वी लोबुचे हिमालको सफल आरोहण गरेका छन् । इन्म्याजिन नेपाल एक्सपिडिसनमार्फत लामासहितको आरोही दलले हिमाल चढेको हो । जलवायु परिवर्तनले ल्याएको असरबारे सन्देश दिने उद्देश्यले उनले हिमाल चढेका हुन् । राष्ट्रिय झण्डा लिएर लोबुचे शिखरमा पुगेका राजुले आरोहणको भिडियो पनि सेयर गरेका छन् । […]
सुपरस्टार यश र सञ्जय दत्तको फिल्म ‘केजीएफ च्याप्टर–२’ को नाम हरेक दर्शकको जिब्रोमा अडिएको छ । पछिल्लो समय भारत लगायतका देशहरुमा ‘केजीएफ’ फिल्मले अन्य फिल्मलाई समेत पछाडि पारेको छ । केही वर्षदेखि अत्यधिक पर्खाइ गरिएको फिल्म हो केजीएफको दोस्रो च्याप्टर । रकी भाईको केजीएफमाथिको राज र अधीरासँग उनको टक्करलाई दर्शकले निकै चासोका साथ हेरेका छन् […]
चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् । जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् ।बराइलीसँगको एक तस्बिर सार्वजनिक गर्दै उनले इन्गेज्मेन्ट भएको समेत जनाएकी छन् । मेलिनाको सञ्जीवसँग केही वर्षअघि नै इन्गेज्मेन्ट गरेको बताइन्छ । इन्गेज्मेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै […]
काठमाडौं । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्यो । चौथो दिन […]
काठमाडौँ – गायिका मेलिना राईले सञ्जिब बराइलीसँग इंगेजमेन्ट गरेकी छिन् । मेलिना स्वयंले सञ्जिवसँगको फोटो राख्दै इंगेज्ड भएको जानकारी गराएकी हुन् । मेलिना र सञ्जिव एक वर्षदेखि प्रेममा रहेका थिए । सञ्जिव पेसाले गिटारिष्ट हुन् । एरेन्जर तथा गिटारिस्ट गोपाल रसाइलीको समूहमा रहेर काम गर्दै आएका थिए । मेलिना आधुनिक तथा पाश्र्व गायनमा अन्जु पन्तपछि […]
काठमाडौं । बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको यश स्टारर दक्षिण भारतीय (साउथ) फिल्मले बक्स अफिसमा शानदार सुरुवात गरेको छ । फिल्मले रिलिजको पहिलो दिन सबै भाषामा गरी करिब १४० करोड र हिन्दी भर्सनमा मात्रै करिब ५५ करोड भारु कमाएको ट्रेड एनालिस्टलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्मले पहिलो सातामा आमिर खानको ‘दंगल’ र […]