होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ असाेज । बाजुराकाे गाैमुल गाउँपालिकामा चट्याङ लागेर एक महिला घाईते भएकि छन् । मंगलबार राति १२ बजेतिर चट्याङ लागेर साेहि गाउँपालिकाकाे वडा नं. ४ काैडाकाेट टाेलकी साउनी राेकाया घाईते भएकाे वडा अध्यक्ष अमर विकले बताएका छन् । वडा अध्यक्ष विकका अनुसार चट्याङले गर्दा घाईते भएकि साउनी राेकायाकै ४ वटा बाख्रा मरेका छन […]
नागरिक रैबार। बाजुरा र अछाम जिल्लामा विद्युत सेवा अवरुद्ध भएकाे छ । मगलबार राति देखि राष्ट्रिय प्रशारण लाइन अन्तरगतकाे बिधुत सेवा अवराेध भएकाे हाे । दिपायल- साफेबगर ३३ के.भि लाईनमा समस्या आएकाेले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ । दिपायल- साफेबगर ३३ के.भि लाईनमा गएराति बाट […]
नागरिक रैबार। नेकपा माओवादी केन्द्र बाजुराको इन्चार्जमा कर्णबहादुर विक (केशव) लाई जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्रले बाजुरासहित सुदूरपश्चिमका ९ वटै जिल्लामा इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो। सुदूरपश्चिमका ९ मध्ये ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी, बाजुरा र कञ्चनपुरमा भने पुरानै […]
नागरिक रैबार। बाजुरामा भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका- ३ रिउडाका ५४ वर्षका बिर बहादुर शाहीलाई भरुवा बन्दुक प्रहार गरि घाइते बनाएको आरोपमा सोहि गाउँपालिकाका २७ वर्षिया प्रवेश शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । असोज ५ गते राती १० […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिका १ मा अवस्थित काेल्टी आधारभुत अस्पतालले नगरपालिकाभित्रका विपन्न परिवारका नागरिकहरुको उपचार समस्यालाइ मध्येनजर गरेर अस्पतालमा आउने विरामीहरुलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेकाे छ । बुढीनन्दा नगरपालिकाका नगरप्रमुख तथा कोल्टी आधारभुत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार बाेहराको अध्यक्षतामा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नगरभित्रका […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले विपन्न नागरिकहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरेर एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालबाट सेवा दिने गरि आइतबार (हिजो) बाट एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो । नगरभित्रका दुर्गम ठाउँका विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा लिन थप सहयोग होस भन्ने उदेश्यले नगरपालिकाले एम्वुलेन्स खरिद गरेर आइतबारबाट सेवा संचालनमा ल्याएको […]
नागरिक रैबार। बाजुरामा पनि संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा विहिबार एक कार्यक्रमका विच दिवस मनाइएको हो । संविधान जारी भएको ९ वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको अवसरमा जिल्ला समन्वय समिति बाजुराले भव्यताका साथ दिवस मनाएको हो । दिवसकै अवसरमा विहिबार विहान मार्तडी बजारमा […]
नागरिक रैबा। गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बुधबार बसेको बैठकले उनीहरूको जिम्मेवारी हेरफेर गरेको हो। गृहले बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेललाई सरुवा गरेर मेघनाथ पाध्यालाई पठाउने भएको छ । बाजुराका सिडियो भिमकान्त पौडेललाई गृह मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद […]
नागरिक रैबार । बाजुराकाे सदरमुकाम मार्तडीमा आजबाट विधिवत रूपमा अनन्ते मेला सुरु हुने भएकाे छ । बाजुराबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको अनन्ते मेला यस वर्ष असोज २ अर्थात आजदेखि ४ गतेसम्म लाग्ने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिर नजिकैकाे अनन्त्या गणामा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले ३ दिनसम्म रातदिन आ–आफ्नै […]
नागरिक रैबार बाजुरा २ असोज। चर्चित संगितकार, सर्जक तथा गायक विनोद बाजुरालीको स्वरमा ‘हियार’ नामक नयाँ शैलिको समिश्रण लोक गीत सार्वजनिक भएको छ । विनोद बाजुरालीकै स्वर, शव्द, संगित र एरेन्ज रहेको उक्त गीतमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परिवारको स्वर रहेको छ । शुभारम्भ डिजिटल म्युजिक प्रालिद्धारा बजारमा आएको उक्त गीत नयाँ शैलिको नेपाली लोक […]
नागरिक रैबार/बाजुरा ३१ भदौ । बाजुरामा असोज २ गतेबाट अनन्ते मेला लाग्ने भएको छ । बाजुराबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको अनन्ते मेला यस वर्ष असोज २ देखि ४ गतेसम्म लाग्ने भएको हो । यस वर्षको अनन्ते मेलालाई व्यवस्थित गर्न बडीमालिका नगरपालिकामा नगर उप्रमुख नन्दा कुमारी थापाको नेतृत्वमा सर्वपक्षीय बैठक बसेको छ […]
नागरिक रैबार/बाजुरा ३० भदाै । राष्ट्रिय दलित पत्रकार संघ बाजुराकाे दाेस्राे अधिवेशन आइताबार सम्पन्न भएकाे छ । राष्ट्रिय दलित पत्रकार संघ बाजुराका अध्यक्ष मदनवि क काे अध्यक्षतामा अधिवेशन सुरु भएकाे अधिबेशनबाट नयाँ नेतृत्व चयन भएकाे छ । अध्यक्ष धनरुप कामी अध्यक्ष रहने गरि ७ सदस्यिय समिति चयन भएकाे छ । उपअध्यक्षमा खेमराज मिजार, सचिव प्रमित […]
धनगढीः सुदूरपश्चिममा चालु आर्थिक सुरु भएयता बाढी र पहिरोका ४७ घटना घटेका छन्। पहिरो र ३७ र बाढी १० गरेर ४७ घटना घटेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ। पहिरोमा परेर ५ महिला र एक पुरुषको मृत्यु भइसकेको छ। ८ महिला र ८ पुरुष गरी १६ जना घाइते भएका छन्। पहिरोबाट एक सय २ परिवार […]
नागरिक रैबार/बाजुरा २८ भदाै। बाजुरामा बुधबार साँझबाट अवरुद्ध विद्युत सेवा सूचारु भएको छ । अविरल वर्षाका कारण डोटी जिल्लाको सानागाउँ नजिकै राष्ट्रिय प्रसारण लाइन अन्तरगतको पोल ढलेर बुधबार साँझदेखि बाजुरा र अछाम जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको थियो । अबिरल वर्षाका कारण दिपायल–साफेबगर ३३ केभिए लाईन अन्तरगत डोटीको सानागाऊँ नजिक ढलेको पोल अछाम वितरण केन्द्रबाट […]
बाजुरा। शी लिड्स आइकन (कल्प) ले शी लिड्स आईकनका लागि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा छनोट गरेको छ । देशभरका २७ जना महिला जनप्रतिनिधिलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । आईकनले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी २७ जना महिला जनप्रतिनिधिलाई सार्वजनिक गरेको हो । आईकनले महिला जनप्रतिनिधिको काम र योगदानका आधारमा छनोट गर्ने क्रममा […]
नागरिक रैबार/बाजुरा २४ भदौ।बाजुराका एक किसोर कन्चरपुरको महेन्द्रनगरबाट बेपत्ता भएका छन् । अध्ययनको सिलसिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरमा बस्दै आएका बुढीगंगा नगरपालिका १० बदेडा स्थायी घर भएका १५ वर्षिया निर्मल विक आफ्नै कोठाबाट बेपत्ता भएका हुन् । महेन्द्रनगरको साधारण माविमा कक्षा १० मा अध्ययनरत रहेका निर्मल भदौ २२ गतेदेखि बेपत्ता भएको उनका दाई राकेश विकले […]
नागरिक रैबार/बाजुरा २४ भदौ।बाजुराको हिमाली गाउँपालिकाले सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँपालिकाले आज (सोमबार) एक सूचना जारी गर्दै सो कार्यक्रम गर्ने बारे गाउँपालिकाबासीलाई जानकारी गराएको हो । गाउँपालिकाबाट गत आर्थिक वर्ष २०८०÷८१ मा संचालन भएका योजना कार्यक्रमका सम्वन्धमा सुझाव, गुनासो, तथा अन्य समसामयिक विषय वस्तुको बारेमा जानकारी दिने गरी […]
बाजुरा। कक्षा १२ को पुरक परीक्षामा बाजुराबाट यस बर्ष १५ सय बढी विद्यार्थी सहभागि हुने भएका छन् । यहि भदौ २५ र २६ गते हुने परीक्षामा बाजुराबाट १ हजार ५ सय ५५ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले बताएको छ । बाजुुराका २७ वटा माध्यमिक विद्यालयबाट १ हजार ५ सय ५५ जना […]
बाजुरा। नेकपा एमाले निकट जनसंगठनहरुलाई आफ्ना जिल्ला अधिवेशन गरिसक्न निर्देशन गरिएको छ । नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठकको निर्णयपछि आइतबार पार्टी कार्यालयमा राखिएको पार्टी निकट जनसंगठनका प्रमुखहरुसंगको छलफलमा एमाले बाजुराले आगामी मंसिर भित्र सबै जनसंगठनका जिल्ला अधिवेशन सक्न निर्देशन दिएको हाे । अधिवेशन गर्नु पूर्व सबै जनसंगठनले सदस्यता नविकरण गर्नु पर्ने, नयाँ सदस्यता पनि […]
नागरिक रैबार/बाजुरा १९ भदौ । नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तीजको रमझमले मार्तडी बजार तातेको छ । तीज आउन २ दिन बाँकी रहेपनि मार्तडी बजार भने हप्तादिन देखि तीजको रमझमले तातेको देखिन्छन् । यस वर्ष हरितालिका तीज भदाै २१ गते परेको छ । मार्तडी बजारभित्रका प्रत्येक गल्लीमा हप्तादिन देखि साँझपख तीजका गीतहरु घन्किरहेका सुनिन्छन् […]