होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । देवेन्द्र पाण्डे निर्देशित फिल्मले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् । ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ । उक्त घटनामा […]
नागरिक रैबार/बाजुरा २९भदौ। नेकपा माओबादी केन्द्र बाजुराले आसन्न मसिंर ४ गते हुने प्रदेश र केन्द्रको निर्बाचानका लागि प्रतिनिधी छनौट गरेको । नेकपा माओबादी केन्द्र बाजुराले प्रतिनिधी सभा र प्रदेशका उम्मेदवार छनौटमा एक एक जनाको नाम सिफारीस गरेको छ । प्रतिनिधी सभाका लागि संबिधान सभा सदस्य तथा नेकपा माओबादी केन्द्र बाजुराका इन्चार्ज कणर् बहादुर बिक (केशव) […]
बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकामा बालबालिका विनाको बालदिवस मनाईएको देखिन्छ । बालदिवसमा बालबालिका नभई सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधीहरुको मात्र बढि सहभागिता रहेको थियो । बालदिवसमा बालबालिकाको बढि भन्दा बढि सभागिता हुनपर्ने भएता पनी तर बडिमालिका नगरस्तरिय बाल संजालले आयोजना गरेको कार्यक्रममा बालबालिकाको सहभागिता रहेको थिएन । “बालमैत्री समाजको आधार ,जिम्मेवार परिवार उत्तरदायी सरकार” याे […]
कार्यक्रममा समता फाउण्डेसनद्वारा दलित समुदायको ०७८ सालको मानव अधिकारको अवस्थाबारेको अध्ययन प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक–२०७८’ सार्वजनिक गरिएको छ । सो प्रतिवेदनले ०७८ सालमा जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएको देखाएको छ । सो वर्ष जातीय भेदभावकै आधारमा ५ जनाको हत्या भएको छ भने २५ जना दलित महिला, किशोरीहरूमाथि जबरजस्ती […]
काठमाडौं । मकवानपुरका प्रतिनिधिसभाका दुई क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीवीच १/१ सिट भागवण्डा गर्ने आन्तरिक सहमति बनेको छ ।कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्थान सुरक्षित गर्ने गरि सहमति बनेको छ । डिना र खतिवडाको क्षेत्र मकवानपुर २ भएकाले एक जनालाई क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन लागिएको हो । […]
एजेन्सी: भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन्। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ […]
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७.४४ अंक (२.४५ प्रतिशत) ले वृद्धि हुँदा १९८१.४८ अंकमा बन्द भएको छ । गत साताबाट लगातार ६ कारोबरा दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से २८ भदौ मंगलबारबाट भने सुधार […]
काठमाडौं । पूर्वन्यायाधीश फोरमले संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले पनि यो महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो गर्नुपर्ने फोरमले बताएको छ । जबराविरुद्ध १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग प्रस्ताव हाल सिफारिस समितिमा विचाराधीन छ । […]
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९, तथ्यांक सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था […]
नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले भाषासम्बन्धी ऐन निर्माण गर्न प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै तामाङले भने– ‘नेपालको संविधानमा भाषासम्बन्धी व्यवस्थाका लागि आवश्यक भाषा ऐन निर्माण गर्न हामीले अहिलेसम्म कुनै पहल गरेनौँ । भाषा आयोगका अध्यक्ष स्वयंले एक कार्यकाल पुरा गरेर धेरै सुझाव दिनुभएको छ ।’ तामाङले धारा ६ मा नेपालमा […]
निर्माणाधीन बुटवल—नारायणगढ सडक विस्तारको काममा ढिलाई हुँदा यात्रुलाई सास्ती भएको छ । सम्झौता अनुसार काम गर्न नसकेको निर्माण कम्पनीले न्यूनतम् मापदण्ड पनि पालना नगर्दा यात्रुले समस्या भोग्नु परेको हो । सडकमा यातायातका साधन गुडिरहने भएकाले खाल्डाखुल्डी पर्नुपर्ने, बाइपास पथ बनाउनुपर्ने, धुलो नियन्त्रण गर्न पानी राख्ने, ट्राफिक संकेतका चिह्नहरु राख्नुपर्ने जस्ता न्यूनतम मापदण्ड पालना नगर्दा चालक […]
झापा: झापामा ३५ वर्षीया महिलामाथि बलात्कार भएको छ। बलात्कार अभियोगमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेका हुन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
धनगढी: कैलालीको धनगढी चौराहामा रहेको समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयको टोलीले छापा हानेको छ। बुधबार आन्तरिक राजस्वका अधिकारी गएर छापा हानेको कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले दिनेशखबरलाई बताए। ‘समैजी स्टोरको भौतिक मालसामानको अवस्था र उसले हामीलाई देखाउने कारोबार र तिर्ने राजस्वमा तालमेल नमिलेको देखिएकाले स्टक र कारोबारको वास्तविक अवस्था थाहा पाउन छापा हानेको हो,’ उनले […]
काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ ।नेपालका मुख्य […]
नेपाल लगानी बोर्डले सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन गरिने आयोजनाको सूची तयार पार्न परियोजना बैंक निर्देशिका सार्वजनिक गरेको छ । प्राविधिक र आर्थिक दृष्टिले सम्भावित लगानीको सूची तयार पार्ने लक्ष्यसहित तयार पारिएको परियोजना बैंक निर्देशिका बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज सार्वजनिक गरेका हुन् । लगानी बोर्डद्वारा आयोजित दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री […]
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । “निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको बयानका क्रममा नाम जोडिएर आएका […]
नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ गते औपचारिक कार्यक्रम गरी स्वर्ण वर्ष शुभारम्भ […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ । महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरु, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । अनधिकृत रुपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए […]
काठमाडौँ: बुधबारदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने सुविधा खुल्ला गरिएको छ। दशैंतिहार तथा छठ विशेष नयाँ नोट सटही खुला गरिएको हो। नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको थियो। सर्वसाधारणका लागि भने आजदेखि मात्रै सटही सुविधा खुला गरिएको हो। बैंकले आफूलाई पायक पर्ने र सहज हुने बैंक […]
राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि […]