होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ५ जेठ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भारतमा झनै बढ्दै गएको छ । त्यहाँ आइतबार एकै दिनमा हालसम्मकै बढी ५ हजार नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ हजार ६९८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । जसमा आइतबार मात्र ५ हजार ५० नयाँ संक्रमित फेला […]
काठमाडौँ, ५ जेठ । नेपाली सेनाले भारतीय पक्षबाट अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभागसमेत समेटिएको ‘अपि–नाम्पा संरक्षित क्षेत्र’ मा तैनाथ हुने गरी आन्तरिक तयारी थालेको छ । दार्चुलास्थित नेपाली भूमिमा सडक खनेपछि सेनाले अपि–नाम्पा सुरक्षार्थ खटिने गरी गृहकार्य थालेको हो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सरकारले आदेश दिए आफूहरू त्यस क्षेत्रमा परिचालन […]
नेपाल प्रहरीले ६० जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागी सिफारिस गरेको छ। प्रहरी मुख्यालय नक्सालमा बसेको बढुवा समितिको बैठकले ६० जना इन्स्पेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारिस गरेको हो। प्रहरी महानिरीक्षक अध्यक्ष रहने बढुवा समितिमा सदस्य सचिवमा एआईजी र सदस्यमा गृह मन्त्रालयका एक सहसचिव रहने व्यवस्था छ।
आज जेठ ३ गते । २०५० साल आजकै दिन तत्कालीन समयका लोकप्रिय वामपन्थी नेता मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको दिन । चितवनको दासढुङ्गा भन्ने स्थानमा भएको जीप दुर्घटनामा चालक अमर लामा बाँचेका थिए भने मदन भण्डारी र जीवराज आश्रितले ज्यान गुमाएका थिए । जीप दुर्घटना रहस्यमय भएको भन्दै तत्कालीन समयमा पनि छुट्टाछुट्टै ४ वटा […]
काठमाडौं ३ जेठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का कारण भए नभएको अध्ययन गर्ने भएको छ । २९ वर्षीया सुत्करीको अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो । २३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै […]
काठमाडौं- काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले अन्य विवरण भने खुलाएनन् । कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा प्रवक्ता ताम्राकारले भने, ‘हाम्रो अस्पतालको आइसोलेसनमा भएको बिरामीको मृत्यु भएको हो । तर यसको कारण केहो हामीले भन्न मिल्दैन […]
नागरिक रैबार। बाजुरा ३ जेठ । संघिय सरकारले आज ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमका अधिकांश पूरानै योजनालाइ निरन्तरता दिदै गरेकामा सुदूरपश्चिमलाइ संघीय सरकारकाे पुरानै हेराइ पुष्ठी भएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पूरानै योजनालाई निरन्तरता दिईएको हो। राष्ट्रपतिले नीति तथा कार्यक्रम […]
नागरिक रैबार बाजुरा ३ जेठ । लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्ने, कोरोना महामारीविरुद्ध केन्द्रित हुने खालको नीति तथा कार्यक्रमका विषयहरु स्वागतयोग्य रहेको बताए । तर, त्यस्तै रावलले नीति तथा कार्यक्रमभित्र रहेको ‘अन्तरदेशीय आर्थिक क्षेत्र’बनाउने विषयमा पनि आशंका गरेका छन् । उनले भारतसँगको सहकार्यमा अतरदेशीय आर्थिक क्षेत्र बनाउने भन्ने विषयको अर्थ के हो स्पष्ट पार्नुपर्ने बताएका थिए […]
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्। कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य […]
भरत केसी । विचार । महेन्द्र कपुरको एउटा हिन्दी गीत छ, ‘राम ना करे मेरे देशको कभी भी ऐसा नेता नामिले, जो आप ही डुबे, देश भी डुबे, जनताको भी ले डुबे… ।’ गायक यस गीतमार्फत भगवान् रामलाई पुकार गर्दै भन्छन्, ‘मेरो देशलाई यस्तो नेता नमिलोस्, जो आफैँ डुबोस्, देशलाई डुबाओस् र जनतालाई पनि डुबाओस् […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी समितिकाे बैठक बस्ने भएको छ । भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको सचिवालय समितिको बैठकमा […]
काठमाडौं ३० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने संसद बैठकमा बताएका छन् । कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए । देश र जनता सुरक्षित नभई […]
सरिता तिवारी विचार । चार दिनको फेरमा पर्ने मजदुर दिवस (मे १) र मार्क्स जयन्ती (मे ५) कै हाराहारी सञ्चारमाध्यमहरूमा एउटा अप्रिय समाचार देखियो । यद्यपि यति बेला प्रिय समाचारको अपेक्षा ‘बेमौसमी’ कुरो हुन सक्ला, तथापि अप्रियमध्येको पनि सबैभन्दा खेदपूर्ण र निन्दनीय खबरले झोंक र अफसोसको ग्राफ कसरी बढाइदिन्छ, त्यसको संवेदनाबोध गर्ने कसैले पनि सजिलै […]
काठमाडौं ३० वैशाख। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]
काठमाडौं ३० बैशाख : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्। बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा […]
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]
सन्ताेष अधिकारी विचार । बधाई छ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई ! अनि बधाई करिब करिब दुई तिहाइ बहुमतको सरकारलाई । बधाई किन ? किनभने महामारीले विश्व त्राहिमाम् भइरहेका बेला पार्टी र सरकार दुवैले जनताको ध्यान नै पूरै ‘डाइभर्ट’ गर्न सफल भएकोमा । अनि, यो महाव्याधिको चासो नभएजसरी सत्ता लुछाचुँडीको कुस्ती खेलेर जनतालाई मनोरञ्जन […]
रामेश्वर शाह विचार काठमाण्डाैँ । आवेदन, निवेदन, दरखास्त, उजुरी, जाहेरी, फिरादपत्र, बिन्तीपत्र जेजे भने पनि कुनै व्यक्ति वा संस्थाले दायर गरेको लिखित आवेदनपत्रमा अड्डाविशेषका ‘हाकिम’ ले ‘दर्ता गर्नू’ भन्ने तोक लगाएपश्चात् मात्र किन दर्ता प्रक्रिया अघि बढाइन्छ, कहिल्यै बुझ्न सकिएन । कुनै निवेदन दर्ता गर्नु भनेको कार्यालयसमक्ष आवेदकले आफ्ना कुरा औपचारिक तवरबाट राख्नु हो । […]
नागरिग रैबार काठमाडौ ३० बैशाख । विश्वमा सबैभन्दा धेरै काेराेना प्रभावित यि ५ देश अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण जहाँ सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन् । अमेरिकामा हालसम्म ८१ हजार ७९५ को कोरोनाका कारण ज्यान गइसकेको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९ जनाको कोरोना संक्रमणका कारण ज्यान […]
भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि देश तरंगित बनेको छ । भारतले सडक बनाइरहेको जानकारी नेपालको प्रशासनलाई अहिलेसम्म पाएको थिएन ? किन थाहा नहुनु ? भारतले लुकिछिपी सडक बनाएको होइन । हाम्रो सडक विभागजस्तै उनीहरूको सीमा सडक संगठन (बिआरओ) ले माथिल्लो भागमा सन् २००८ मै सडक निर्माण थालेको हो । तल्लो भागमा त सन् १९९९ देखि नै बनाउन […]