होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ हजार, तेस्रो चरणमा ५ हजारदेखि १० हजार र चौथो चरणमा १० हजारभन्दा माथि संक्रमितलाई आधार मानेर स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया […]
बाजुरा १ असार। हिमाली गाउँपालिका– ५ कवाडीको क्वारेन्टाइनमा बसेकाहरुले आरडीटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेका छन् । भारत लगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा बसिरहेका उनीहरुले आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेका हुन् । उनीहरु क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपछि गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफै आरडीटी […]
‘छुवाछुत कहाँ छ र ? अब त हटिसक्यो ! भए पनि गाउँघरतिर होला ।’ मेरा अधिकांश गैरदलित साथीहरूले भन्ने वाक्य हुन् यी । दुई-चारजनाले दलितसँगै बसेर खाँदैमा छुवाछुत हट्ने भए आज यसरी लेख्नुपर्ने थिएन । जबदेखि बुझ्ने भएँ, त्यसवेलादेखि अहिलेसम्म पनि मलाई जातीय विभेदले पछ्याउन छाडेको छैन । गाउँबाट सदरमुकाम पुगेँ, सदरमुकामबाट राजधानी पसेँ, जहाँ पुगे पनि मलाई विभेदले पछ्याउन छाडेन । पाइला-पाइलामा […]
१ असार, काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ । वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरूलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको छ। घटनाको छानबिन गर्न गृह मन्त्रालयका सह-सचिव जितेन्द्र […]
रुकुम १ असार । गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छिन् । रुकुम पश्चिम प्रहरीसँगको बयानमा उनले भनेकी छन्– ‘मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्याइ ६ जना केटाहरुलाई कुटपिट […]
काठमाण्डाै – कोरोनाको जोखिम र लकडाउनका कारण तीन महिनादेखि विद्यार्थी स्कुल जान पाएका छैनन् । लामो समय स्कुल जान नपाउँदा बालबालिकाहरुले पहिला पढेको बिर्सन सक्ने र पढाइप्रतिको रुचि घट्दै जाने हुन्छ । कतिपय स्कुलहरुले अनलाइन कक्षामार्फत् पढाउन थालेका छन् । तर धेरै बालबालिका इन्टरनेटको पहुँचमा नभएका कारण अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन । कोरोना […]
धनगढी : सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सिँचाइका योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन गरको छ। सोमबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि १ अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने जानकारी दिएका छन्।
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । […]
धनगढी : सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा थपिएको यो सङख्या हालसम्मकै उच्च हो। तीन जना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार बैतडी २१, डोटीका २०, कैलालीका […]
१ असार, सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो । सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् […]
१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा सामान्य रकम घटाएर आगामी आव २०७७/७८ को बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि प्रदेश सरकारले कुल ३३ अर्ब ७४ करोड १३ लाख रुपैयाँको बजेट आएको […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिँदै सबैलाई यसमा सहभागी हुन आग्रह गरेका छन् । उनले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गरेका छन् । अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन […]
धनगढी : आइतवार नौँ जना संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या दुई सय ६४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २६ जना […]
रुकुम ३२ जेठ ।चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो । पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच […]
नागरिक रैबार । बाजुरा ३२ जेठ । प्रेस संंगठन नेपाल बाजुराले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्री र ज्याकेट वितरण गरेको छ । कोरोना संक्रमणको बेला जोखिम मोलिरहेका सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि आवस्यक सामाग्री सहयोग गरेको हो । गौमुल, जगन्नाथ, स्वामीकार्तिक खापर गौमुल गाउँपालिका आर्थिक सहयाेगमा ४० जनालाई जकेट र ६० जनालाई स्वास्थ्य तथा […]
नागरिक रैबार । बाजुरा ३२ जेठ । बाजुरा जिल्लामा करिव एक साता अगाडि बुढिगंगा नगरपालिका वडान १ की कोरोनाबाट मृत्यु भएकी बालिकाकी आमाको दोस्रो पटकको पिसिआर रिर्पोट पनी पोजेटिभ आएको छ । २३ वर्षीया आमा हाल जिल्ला अस्पताल बाजुराको आइसोलेशनमा रहेकी छन् । त्यसै गरी उनका श्रीमानको भने दोस्रो पटककाे आरडिटी रिर्पोट पनी निगेटिभ देखीएको […]
काठमाडौं ३२ जेठ । रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट भेटिएको छ । स्थानीयसँग […]
धनगढी ३२ जेठ । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका […]
काठमाडौं : वैदेशिक रोजगारी गुमाएर अलपत्र परेका कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा परेका छन्। सरकारले कुनै दायित्व लिन नमान्दा स्वदेश फर्किन कामदारले एक लाख १५ हजार भन्दा बढी खर्च गर्न वाध्य भएका हुन्। खासगरी खाडी मुलुक र मलेसियामा महिनौंदेखि रोजगारी गुमाएर खान र बस्नसमेत धौ धौ परेका कामदारलाई सरकारले जबर्जस्ती महँगो शुल्क तिर्न वाध्य बनाएपछि […]