होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२१ मंसिर, काठमाडौं । पछिल्लो ४ दिनमा नेपालमा ४७३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बिहीबार (मंसिर १८ गते) देखि आइतबार (मंसिर २१ गते)सम्म २९ हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा ४७३५ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ७६४४ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा […]
स्थायी कमिटीका प्रिय कमरेडहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गतः २०७७ कार्तिक २८ अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव‘ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ । […]
२१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९५ परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७५२ रहेको […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदूर पश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा उपस्थित हुनुभएको बताएका छन् । स्थायी समिति बैठक सकेर बाहिरिने क्रममा नेता रावलले अध्यक्ष ओलीले बैठकमा पत्र पठाएर उपस्थिति जनाउनुभएको बताएका हुन् । नेता रावलले भने, अध्यक्ष शशरीर उपस्थित नभएपनि […]
कैलाली । नेकपा विभाजन हुन खोजेको र त्यसलाई रोक्नका लागि नेतृत्वलाई दवाव दिन एक कार्यकर्ता नेकपा सुदूरपश्चिम प्रदेश पार्र्टी कार्यालय धनगढीमा अनसनमा बसेका छन् । नेकपा डडेल्धुराका जिल्ला सदस्य पदम बोहोरा पार्टी विभाजन हुनबाट रोम्नु पर्ने ५ बुँदे माग राख्दै अनसनमा बसेका हुन् । नेतृत्वकै कारण पार्टी विभाजन हुन खोजेको उनको भनाइ छ । उनले […]
२१ मंसिर, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सातै दिन विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण धेरै समय विद्यालय बन्द भएकाले अब सातै दिन सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालनमा आउने नगरपालिकाका शिक्षा परीक्षक थलवीर वलीले बताए । ‘बिदाको समयलाई […]
नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी रहेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो । ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ मा रहेको लक्ष्मी माद्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् । शैक्षिक शत्रको अन्त्य आउन लाग्दा पनि विद्यालयले पाठ्यपुस्तक उपलव्ध नगराएपछि विद्यालयमा ताला लगाएका हुन् । कोभिड-१९ का कारण ८ महिनासम्म पढाई नभएको र विद्यालयमा शिक्षकको पुर्ति र विद्यालयमा समयमै पाठ्यपुस्तक नदिएपछि विद्यार्थीले ताला लगाएको विद्यार्थीले […]
२१ मंसिर, गोरखा । बिरामीका आफन्तसँगको विवादको विषयलाई लिएर आइतबार गोरखा अस्पतालका स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा बन्द गराएका छन् । शुक्रबार विहान सुत्केरी भएकी गोरखा नगरपालिका–३ घलाङकी महिलाका श्रीमान र आफन्तले आफूहरुमाथि दुर्व्यवहार र हातपात गरेको चिकित्सक डा. सन्दीप श्रेष्ठले बताए । प्रसुति वार्डमा सुत्केरी लडेको विषयलाई लिएर उनका श्रीमान र चिकित्सक श्रेष्ठबीच शनिबार विवाद सुरु […]
२१ मंसिर, सर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ४०० भन्दा कम रहेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार आइतबारसम्म प्रदेशमा ३९६ कोरोनाका ‘एक्टिभ केस’ छन् । हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार नौ सय ८३ पुगेको छ । […]
२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् । यसअघि शनिबार बसेको सचिवालयको बैठकले सबै […]
२१ मंसिर, काठमाडौं । दोलखामा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपका चालक गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङ रहेका छन् । चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा २० च ४३७३ नम्बरको जिप बिगु गाउँपालिका-५ स्थित लाइसेप भन्ने स्थानमा आइतबार बिहान दुर्घटना हुँदा जिप चालक तामाङको घटनास्थलमै […]
२१ मंसिर, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलस्थित पोखरी छेउमास्वास्थ्य चौकीको भवन भने जीर्ण अवस्थामा छ । ०७६ चैत ६ गते आएको हुरीले छानो उडाइदिएपछि यो भवन प्रयोगविहीन छ । बरु भवन नजिकैको शिवमन्दिरको एउटा कोठाबाट स्वास्थ्य सेवा दिने गरिएको छ । छानो उडाएको भवन मर्मतका लागि गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षलगायत सरोकारवालाल बेवास्ता गर्दा […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले नेकपाको सचिवालय अक्षम भएको टिप्पणी गरेका छन् । आइतबार आफू निर्वाचित कास्की निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत छनोट भएका योजना सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का […]
२१ मंसिर, काठमाडौं । सन् २०१९-२०२० मा कूटनीतिक क्षेत्रमा भएका दुई दर्जन उपलब्धिहरुलाई समेट्दै परराष्ट्र मन्त्रालयले एक प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनमा दुई छिमेकी मुलुक भारत र चीन दुवैसँग सम्बन्ध सुधार भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् सो अवधि चीनसँगको सम्बन्धमा ऐतिहासिक भएको समेत उल्लेख गरिएको छ । आज अपरान्ह परराष्ट्रमन्त्री […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। जिल्लाको हिमाली गाउँपालिकाको वडा नं ७ बाँधुकि एक महिला ७० दिनदेखि बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही गाउँपालिका ७ बाँधुकि अन्दाजी ३८ वर्षिया रत्ना आउजी रहेकी छन् । आउजी गत असोज ११ गते विहान पिलुचौरबाट हराएकोे र अहिलेसम्म पनि खोजी गर्दा कतै नभेटिएको आफन्त बसन्ती नेपालीले बताएकि छन् । बेपत्ता […]
२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ । शनिबारको सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । स्थायी कमिटीको […]
२१ मंसिर, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ महामारीले उत्पन्न संकट विश्वका सबै मुलुकका लागि समान भएकाले साझा चुनौती सामना गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन् । कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयले आयोजना गरेको ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने […]
देशमा कोरोना संक्रमण बढ्ने बित्तिकै सरकारले एउटा निर्देशन जारी गरेको थियो– स्वास्थ्य मापदण्ड पालना गरौँ, सामाजिक दूरी कायम गरौँ । जनतालाई कोरोनाबाट बचाउन सरकारले गरेको सबैभन्दा ठूलो काम पनि त्यही नै थियो । आखिर जनताप्रति सरकारको ठूलो दायित्व छ । त्यसैले जनतालाई कोरोनाबाट बचाउन केही त गर्नैपर्छ भन्ने दायित्वबोध गरी सरकारले यो काम गरेको थियो […]
२१ मंसिर, बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा […]