होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिप दुर्घटना हुँदा चालकको मृत्यु, एकजना घाइते
समाचार

जिप दुर्घटना हुँदा चालकको मृत्यु, एकजना घाइते

  • नागरिक रैबार
जिप दुर्घटना हुँदा चालकको मृत्यु, एकजना घाइते

२१ मंसिर, काठमाडौं । दोलखामा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपका चालक गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङ रहेका छन् ।

चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा २० च ४३७३ नम्बरको जिप बिगु गाउँपालिका-५ स्थित लाइसेप भन्ने स्थानमा आइतबार बिहान दुर्घटना हुँदा जिप चालक तामाङको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए । दुर्घटनामा परी सोही गाउँपालिका-५ की २२ वर्षीया कमला तामाङ घाइते भएकी छन् ।

घाइते कमला तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको उनले बताए ।

विज्ञापन

प्रहरी निरीक्षक कोइरालाका अनुसार जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार