होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- नेपालको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी […]
नेविसंघले सरकारविरूद्ध सिठ्ठी फुक्ने भएको छ। ७७ जिल्लामै मंसिर २८ गते अपरान्ह ४ बजे सिठ्ठी फुकिने नेविसंघले जनाएको छ। नेविसंघ केन्द्रीय समितिले मंसिर २९ गते देशैभर कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुनसमेत निर्देशन दिएको छ। कम्युनिष्ट सर्वसत्तावाद, कोरोनाका नाममा भ्रष्टाचार, सरकारी दमन, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ मा दमौलीमा भएको घटनालगायत विषयको विरोधमा उक्त कार्यक्रम […]
बाजुरा: बाजुराको पूर्वी उत्तरी भेगका बुढीनन्दा नगरपालिका–१ बार्ताेलामा बुधबार साँझ जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी आउँदै गरेको से१ज ३१० नम्बरको जीप बार्ताेलामा दुर्घटना हुँदा ८ जना घाइते भएको इलाका प्रहरी चौकी कोल्टीले जनाएको छ। धुलाचौरबाट विवाहको जन्ती बोकेर आएको उक्त जीप दुर्घटना हुँदा मुगुको खत्याड गाउँपालिका–२ का ३७ वर्षीय […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा अगामी २ दिन हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सुदूरपश्चिमका उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ। यस्तै सुदूरपश्चिम सहित देशैभर आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। हिमाली भू–भागमा हुने हिमपात र वर्षाले चिसो बढ्ने भएकाले सचेत रहन मौसवविदले सुझाव दिएका छन्।
अनिल शाही/ कोल्टी २५ बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीमा एक दिने परीयोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बेलायत सरकार, नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा संचालन भएको कोभिड–१९ जिविकोपार्जन तथा आर्थिक पुर्नउथ्थान कार्यक्रमको परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो। बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदमकुमार गिरीको अध्यक्षतामा संचालन गरीएको कार्यक्रमा आईडिएस नेपालका कार्यकारी निर्देशक […]
अनिल शाही/ कोल्टी २५ बाजुरा । जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्मर १ पार्तोलामा जिप दुर्घटना भएको छ । हिमाली गाउँपालिकाको धुलाचौर देखी कोल्टी आउदै गरेको यात्रुबाहक जिप दुर्घटना भएको हो । जयमालिका यातायात प्रालिको से १ ज ३ १० नम्बरको जिप दुर्घटना हुदा ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । हिजो […]
काठमाडौं २४ मंसिर । पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् । अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ […]
धनगढी: अछाममा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हो। प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका २७ जना, मंगलसेन नगरपालिकाका ९ जनामा, चौरपाटी गाउँपालिकाका २ जना, कमलबजार नगरपालिकाका १ जनामा कोरोना पुष्टी भएको छ। यस्तै साँफेबगर नगरपालिकाका २ जना, […]
धनगढीः कैलालीका २४ सहित सुदूरपश्चिमका थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार २८१ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ३६ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीकै गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका २/२ जना, त्यस्तै टीकापुर नगरपालिकाका १ […]
काठमाडौं । पत्नीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् ।तुलसीपुर उपमहानगरपालिका-१८ विजौरीस्थित घरमा मंगलवार विहान ३० बर्षीया सुनिता बिसी चौधरी घरभित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । त्यसपछि भैरहवामा कार्यरत उनका पति प्रहरी जवान जितबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।इप्रका […]
काठमाण्डौ – स्वस्थ्य नेपाल खुसि नेपाली अभियान अन्तर्गत राष्ट्रका लागि युवा र आशाका किरणले प्युठानको गौमुखी गाउँपालिकामा स्वास्थ शिविर सम्पन्न गरेको छ । शनिबार सम्पन्न भएको स्वास्थ शिविरमा जेनेरल, स्त्री तथा प्रसुती, नशा, हाड-जोर्नी, दन्त रोग, भिडियो एक्सरे, सुगर जाँच सहितका सेवाहरु प्रदान गरिएको थियो । स्वास्थ उपचारका लागि चाहिने स्वास्थ सामाग्री, औषधि तथा न्यायो […]
काठमाडौं : सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ। तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ। समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र […]
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको छ । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका […]
नागरिक रैबार/बाजुरा २२ मंसिर। जिल्लास्थित क्रियाशिल संचारकर्मीहरुसंग सुरक्षित गर्भपतन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । आईपास नेपाल पिसविन बाजुराको आयोजनामा उक्त कार्यक्रम सदरमुकाम मार्तडीमा गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बाजुरामा सुरक्षित गर्भपतनको सेवा र संचारकर्मीको सुरक्षित गर्भपतन सम्वन्धि समाचार सम्प्रेषण गर्ने भुमिका बारे छलफल गरिएको छ । कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तथ्याकं प्रमुख रुगम […]
कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठनपाठनका लागि खुल्ला गरेका छन् । जिल्लाका तिलागुफा नगरपालिका, खाडाँचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, सान्नी […]
धनगढीः दार्चुलामा आइतबार राति ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ ।शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी पुष्कर सिंह ऐरीका अनुसार दुर्घटनामा परि […]
धनगढीः सुदूरपश्चिममा पूर्वाधार विकास कार्यक्रम अन्तरगत गत आर्थिक वर्षमा छनोट भएका योजनाबारे प्रदेश सरकारलगायत निकाय बेखबर भएको पाइएको छ । पूर्वाधार विकास कार्यक्रम अन्तरगत ३२ जना सांसदको निर्वाचन क्षेत्रमा कार्यान्वयन हुने गरी गत आर्थिक वर्षमा छनोट भएका योजनाबारे बेखबर देखिएका हुन् । अनुगमन र मूल्याङकन नै नगरिएपछि प्रगतिवारेको अवस्था नै अज्ञात रहेको छ । भने स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले बाजुरामा पत्रकार महासंघ स्थापना भएको १६ बर्षपछि आफ्नै भवन निर्माण गरेको छ । महासंघले लामो समयको प्रयासपछि बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आफ्नै भवन निर्माण गरेको हो । शनिबार हिन्दु परमपरा अनुसार पुजापाठ गरेर आइतबार आजबाट आफ्नै भवनमा कार्यालय संचालन गरिएको छ । शाखा स्थापना भएको […]
सरकारले पहिलो पटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताए । उनले भने, ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौं । ‘सबैसँग मित्रता […]
२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएको आरोप लगाएका छन् । आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्दै उनले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको बताए । ‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा […]