होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं। संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइमा सरकारको निर्णयविरुद्ध कुनै अन्तरिम आदेश दिन अस्वीकार गरेलगत्तै प्रधानन्यायाधीश चालेन्द्रसमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मञ्च साझा गरेका छन् । सुनुवाइका क्रममा सबै मुद्दाको शुक्रबार संवैधानिक इजलासमा पेशी तोकेर प्रधानन्यायाधीश महान्यायाधीवक्ताको कार्यालयको भवन उद्घाटन कार्यक्रममा गएका थिए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाले […]
८ पुस, कैलाली । नेकपा केन्द्रको विवाद जिल्ला हुँदै स्थानीय तहसम्म पुग्न थालेको छ । कैलाली जिल्ला पार्टी कार्यालय कब्जामा लिएको भोलि पल्टै प्रचण्ड-नेपाल समूहले कैलालीको गोदावरी नगरपालिकामा पनि पार्टी कार्यालय कब्जा गरेका छन् । गोदावरी नगरपालिकाको कार्यालयमा प्रचण्ड नेपाल समूहले गरेको तालाबन्दीको १ घण्टा पूरा नहुँदै ओली समूहले ताला तोडेर कार्यालय आफ्नो नियन्त्रणमा […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड –माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउनतर्फ लाग्ने जनाएका छन् । बुधबार संसदीय दलको नेतामा सर्वसम्मत चयनपछि संक्षिप्त प्रतिकृया दिँदै प्रचण्डले सो कुरा बताएका हुन् । ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउनेतर्फ हाम्रो ध्यान जानेछ’, प्रचण्डले भने, ‘अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ […]
८पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना […]
८ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।
सरकारले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरूमा खोप दिने गरी तयारी अगाडि बढाएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप दिने गरी काम अघि बढेको जानाकरी दिए। त्यसका लागि ‘लक्षित समूह पहिचान समिति’ ले सूची संकलनको काम अघि बढाएको उनले बताए।’समितिले सबै अस्पतालहरूलाई आफ्ना […]
केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले महासचिव पनि नयाँ नियुक्त गर्ने तयारी थालेको छ।एक पार्टी हुँदा बिष्णु पौडेल नेकपाका महासचिव थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बुधबारको बैठकबाट पौडेललाई हटाएर उनको ठाउँमा नयाँ महासचिव नियुक्त गर्ने सम्भावना छ। नयाँ समूहको महासचिवमा भने उक्त समूहभित्र सर्वसम्मति छैन।स्रोतका […]
संयुक्त अरब इमिरेट्स (युएई) को दुुबईमा बुधबारदेखि कोरोना भाइरसविरुद्ध निःशुल्क खोप कार्यक्रम सुरु हुने भएको छ । यहाँ, फाइजर–बायोन टेक कम्पनीको कोरोना खोप प्रयोगमा आउनेछ । यसअघि साउदी अरबले गत साताबाट यस खोपको प्रयोग सुरु गरिसकेको छ । दुुबईमा अहिलेसम्म ९५ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ र ६ सय ४२ जनाको ज्यान गइसकेको […]
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको टिप्पणी गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा गरे । उनले […]
८ पुस, काठमाडौं । बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसको असर प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपालमा पनि पर्न थालेको छ । बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न देशले कडा कदम चालेपछि नेपालको पुनर्उत्थानउन्मुख पर्यटनसँगै वैदेशिक रोजगार क्षेत्रमा प्रत्यक्ष असर देखिन थालेको छ । विशेषगरी नेपालका मुख्य श्रम गन्तब्य मुलुकहरुले नयाँ किसिमको भाइरसको फैलावट रोक्न […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेको हो । नेता पाण्डेका अनुसार […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए । ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । ‘अरू संसदीय दलका नेताहरूसँग पनि […]
काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । बुधबार (आज) बिहान बालुवाटारमा भएको झण्डै एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री ओलीले थापालाई सहकार्यको प्रस्ताव गर्नुभएको थियो । ‘दीर्घकालीन हित हुने गरी तपाईँले सोच्नुपर्याे, मैले के सहयोग गर्नुपर्छ, […]
काठमाडौं । नेकपा (प्रचण्ड-माधव ) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म नेपालको सबैभन्दा ठूलो दल आफूहरुले नेतृत्व गरेको नेकपा नै रहेको दावी गरेका छन् । उनले बुधबार संसदीय दलको बैठकमा बोल्दै यस्तो दावी गरेका हुन् । ‘हिजोको नेकपाको बैठक आधिकारिक बैठक भएको दुनियालाई थाहा छ । ७० प्रतिशत केन्द्रीय सदस्य सहभागी भएको सवैले देखेका […]
काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा संसदीय दलको नेता हुन अयोग्य रहेको बताएका छन् । बुधबार बानेश्वरमा आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् । त्यसपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका छन् । यसअघि उनले ओलीले […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र पुष्पकमल दाहाललाई चयन गर्ने बताइएको छ । यसअघि प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको छ र […]
नागरिक रैबार/बाजुरा ८ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षीय केन्द्रिय कमिटी सदस्यमा बाजुराका ८ जना नेता मनोनित भएका छन् । मंगलबार बालुवाटारमा केपि शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रिय कमिटीको बैठकबाट बाजुराका ८ जनाले केन्द्रिय सदस्यको जिम्मेवारी प्राप्त गरेको अनेरास्ववीयुका नरेश रोकाया सामाजि संजाल मार्फत जानकारी गराएका छन् । ओली पक्षको नेकपाको केन्द्रिय कमिटी […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन् । नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा जान लागेको जानकारी दिए । ‘३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित केहीबेरमा आयोग पुग्दैछौं’, पोखरेलले अनलाइनखबरसँग भने । […]
८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार […]
८ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् । बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै […]