होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पारे । रत्न–धर्म स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले उच्च नैतिकता र इमान्दारका […]
नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिएका छन् । शनिवार ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उनले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर-पेरिसडाँडामा रहेको कार्यालय कब्जा गर्ने चेतावनी दिए । उनले भने–‘बल्खुमा आँखा नलगाउनुस्, धुम्बाराहीमा आँखा नलगाउनुस्, साविक एमालेले रगत पसिना […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्व प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यले हस्ताक्षर अभियान चलाएका छन्। प्रतिनिधिसभा विघटनपछि विभाजित देखिएको नेकपाभित्र सत्ता समिकरणको अंकगणित तीव्र बनेका बेला सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री विरुद्व हस्ताक्षर अभियान चलाएका हुन्। मुख्यमन्त्रीको कार्यशैलीलाई लिएर विगतदेखि असन्तुष्ट रहेका प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यहरुले नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै हस्ताक्षर गरेको स्रोत बताउँछ। ‘अहिलेसम्म १८ […]
हुम्लाका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । लामाले शनिबार एक विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गरी ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका छन् । उनले आफू ओली पक्षमा लागेको भन्ने बाहिरी हल्लाका […]
११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, […]
काठमाडौं, ११ पुष । सरकारले संघीय संसद राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुका बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । संसदका दुई अधिवेशनबीचको समय ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार पुस १७ गतेदेखि बस्नेगरीराष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको […]
११ पुस काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ । छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले […]
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा नेता योगेश भट्टराईले संसद पुनस्थापना नहुँदासम्म सडक नछाड्ने बताएका छन्। माधव-प्रचण्ड समूहका नेता रहेका नेता भट्टराईले संसद पुर्नस्थापना र बालुवाटारमा आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने स्पष्ट पारेका हुन। यस्तै, आफ्नो पार्टीले पुस १४ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने समेत बताएका छन्। ओली सरकार विरुद्धको प्रदर्शनमा लाखौं मानिस […]
नागरिक रैबार/बाजुरा ११ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दहाल प्रचण्ड- माधव कुमार नेपाल समूहले पनि मार्तडीमा आकस्मिक भेला गरेको छ । शुक्रबार सदरमुकाम मार्तडीको अपि होटलमा प्रचण्ड-नेपाल समूहका नेताहरुले आकस्मिक भेला गरेको हो । केन्द्रमा प्रचण्ड-माधव पक्ष नेताहरु एकातिर भएपछि बाजुरामा पनि पहिलो पटक प्रचण्ड-माधव पक्षले आकस्मिक भेला गरेका थियो । प्रधानमन्त्री केपी शर्मा […]
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गर्दै पुस १९ गतेसम्म त्यससँग सम्बन्धित सबै सक्कल फाइल पेस गर्न सरकारका नाममा शुक्रबार आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सरकारसँग विघटन गर्नुको कारण मागेको हो। इजलासले सरकारसँग प्रतिनिधिसभा विघटनको कारणसँगै […]
नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी ओली पहिल्यैदेखि लोकतान्त्रिक गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएको छ । केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनप्रतिको ओलीको निष्ठामाथि प्रश्न उठाएका हुन् । संसद् विघटन गरेको र आफूनिकट मुख्यमन्त्री हटाउन खोजे प्रदेश सरकार पनि भंग […]
११ पुस, वीरगञ्ज । महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । कुनै ठाउँमा प्याड नै पाइँदैन भने कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न नै सक्दैनन् । जसका कारण महिनावारीको समयमा कपडा नै प्रयोग गर्नेहरुको धेरै छन् । कपडा प्रयोग गर्दा समस्या मात्रै […]
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेटेर उपमन्त्री गुओको भ्रमणको बारेमा जानकारी गराएकी थिइन् । यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, […]
११ पुस, गुल्मी । गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे) आएकी छन् । जिल्लामा सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् । ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुऽादेवी शर्मा ३९औं प्रमुख जिल्ला अधिकारी हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि उनको यहाँ सरुवा भएको हो […]
११ पुस, काठमाडौं । तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मौसम […]
नागरिक रैबार/बाजुरा १० पुस। जिल्लाको बडीमालिका नगरपालिका वडा न ७ रजातोली स्थित ज्ञानोदय माबिको विव्यस अध्यक्षमा धर्म पाध्याय सर्बसम्मत भएका छन् । बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा आम भेलाको आयोजना गरी सो विद्यालयको विव्यस अध्यक्षमा धर्म पाध्याय सर्वसम्मत बिब्यस अध्यक्षमा चयन गरिएको हो । धर्म पाध्यायको अध्यक्ष रहने गरी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् । यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार […]
१० पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा अब पुस २२ गते सुनुवाइ हुने भएको छ । शुक्रबार संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेशी पुस २२ गतेका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस २२ […]
१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नाममा भएका सम्पत्तिहरुमा दाबी गरेका छन् । शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू नेतृत्वको पार्टी नै वैधानिक नेकपा भएको भन्दै पार्टीको सम्पत्तिमा दावी गरेका हुन् । ‘सम्पत्तिको बारेमा पनि कुरा क्लियर छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो । नेकपाका […]
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । टोपबहादुर रायमाझी, प्रभु साह, दावा […]