होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२१ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा न्यायाधीशले राष्ट्रपति कार्यालयको सूचना र मन्त्रिपरिषदको निर्णयको ब्यहोरामा भएको फरकबारे प्रश्न उठेको छ । संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहुमतप्राप्त संसदीय दलको नेताको हैसियतमा मिति २०७४–११–०३ मा प्रधानमन्त्रीमा नियुक्ति भएको ब्यहोरा उल्लेख गरेको र राष्ट्रपतिले धारा ७६ (२) बमोजिम […]
काठमाडौँ — विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ । बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् । प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए […]
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित […]
२१ माघ, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट ४१ किलो गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको […]
२० माघ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् । महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आबद्ध भएको उनले बताए । नेकपा प्रवेश गर्नुको कारण यसरी सुनाए यावदले: राजनीतिक […]
२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले […]
सर्लाही, २० माघ । सर्लाहीको बागमती नगरपालीका ४ जिरायतमा सोमबार आगो ताप्ने क्रममा जलेर एक जना महिलाकोे मृत्यु भएको छ । मुत्यु हुनेमा सोही ठाउँ वस्ने बर्ष ७५ की आईतीमाया बि.क.रहेकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुवरले जानकारी दिए । आफ्नै घरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्की घाईते भएकी बि.क […]
काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्याएको जनाएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । ३१ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल […]
काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसहितका शीर्ष नेताहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरेका छन् । कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेका दाहाल- नेपालसहितका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरूले पार्टीको चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गरेका हुन् । राजनीतिक दलसम्बन्धी […]
१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । सोमबार ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उनले भने, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर […]
बझाङ : बझाङको थलारा गाउँपालिकामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल भएको छ । थलारा गाउँपालिका -४ ठिङमा राखिएका ३ वटा वायु पंखाबाट विद्युत परिक्षण गर्ने क्रममा २४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । संविधानसभा सदस्य एलबी रावलको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ करोड २४ लाखमा टेन्डर भएको उक्त आयोजनाले वडा नम्बर […]
काठमाडौं । वाग्मती प्रदेशको प्रदेशसभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेकपा प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । वागमती प्रदेश, प्रदेश सभाको आज (माघ १९ गते) बोलाइएको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् । नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै […]
नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट […]
काठमाडौँ : बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइका लक्ष्मण विकको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । दाङको तुल्सीपुर नगरपालिका–१८ मा रहेको ससुराली गएका २० वर्षीय उनी गत माघ ४ गतेदेखि सम्पर्कविहीन भएका थिए । चौध महिनाअघि दाङकी गायत्री कुमालसँग विकको विवाह भएको थियो । लक्ष्मण ससुरालीबाट नै बेपत्ता भएका उनका दाई गणेश विकले बताए ।
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु […]
१९ माघ, बुटवल । नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायतका माग राख्दै दाङको राजपुर गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । राज्यको प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथि मनपरी दोहन र कब्जा हुन थालेको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले नै गाउँ कार्यपालिकामा ताला लगाएका हुन् । वडा नम्बर ३ को खरदरिया घाटबाट केसी निर्माण सेवालाई नदीजन्य पदार्थ […]
१९ माघ, काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद भंग गरेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र सदस्य अग्नि खरेलको पुरानो अभिव्यक्ति भाइरल बन्यो । दुबैले त्यसबेला अब प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने भनेका थिए र, अहिले संसद भंग हुँदा प्रधानमन्त्री ओलीको पक्षमा छन् । महान्यायाधिवक्ता भएकाले खरेल प्रतिनिधिसभा विघटनको बचाउ गर्नुपर्ने भएको छ […]
१९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका छन् । बहसका क्रममा खरेलले वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको जिकिर गरे । निवेदकले ७६ (१) को सरकार भने पनि […]
काठमाडौँ — म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो । याङ्गुनको सिटी हलमा सेना तस्बिर : रोयटर्स सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार […]
काठमाडौँ- नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायूले दाहालविरुद्ध अपहेलना मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । दाहालले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख […]