होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । संसदीय समितिले बालबालिका कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको […]
पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ । यही अवधिमा थप २०८ जना निको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ११ बजे ओलीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई ओलीको फोन आएको जानकारी गराएका थिए । तर उनले कुन विषयमा छलफल गर्न बोलाएको भन्नेबारे जानकारी दिएनन् ।
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर […]
३ वैशाख, काठमाडौं । कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए । ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि’ उनले […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ का १ जनालाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा खप्तड-छेडेदह गाउँपालिका ३ गुदु बस्ने वर्ष ४५ वर्षिया बने भन्ने बम बहादुर धामीलाई गएको चैत्र ३१ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । धामीको घरमा खानतलासी […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको बुढिगंगा नगरपालिकामा नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको छ। बुढीगगाँ नगरपालिकाको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता बिहीबारबाट सुरु गरिएको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् । प्रतियोगितामा नगरपालिकाका आठ ओटा विद्यालयको सहभागिता रहेको बताइएको छ। […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीबाट राप्क जाँदै गरेको अटोरिक्सा सुधाकाँध नजिकै दुर्घटनामा परेको छ । अटोरिक्सा दुर्घटना हुँदा रिक्सामा सवार ४ जना घाइते भएका छन् । चारमध्ये एकजना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । लु २ च ०२४७ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा बडिमालिका ७ जिल्ली बस्ने ३८ बर्षका मान […]
२ वैशाख, गुल्मी । प्युठानको स्वर्गद्वारी नजिकै बुधबार भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाको शव आफन्तलाई बुझाइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो । मृतक प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपानेको शव घटनास्थलबाटै बुझाइएको […]
२ वैशाख, काठमाडदं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएका बताएका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बदलको ध्यानाकर्षण गरे । ‘म बसेको घरमा बुधबार राति १२ बजेतिर ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० […]
देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन […]
२ वैशाख, पोखरा । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका […]
नागरिक रैबार/बाजुरा १ बैशाख। नयाँ वर्ष २०७८ शालको पावन अवसरमा जिल्लाको सदरमुकाम मार्तडीमा सुपर लिँक कम्प्युटर ईन्सिच्युट संचालनमा ल्याईएको छ ।बुधबार एक औपचारिक कार्यक्रमका विच उक्त इन्सिच्युटको नेकपा एमालेका उत्पिडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य तथा नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्य काँसी नेपालीले रिवन काटेर उद्घाटन गरेका छन् । जिल्लामा रहेका अतिविपन्न वर्ग तथा […]
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ वर्ष तथा विषु पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। बुधबार शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले सम्पूर्ण सुदूरपश्चिमेलीहरुको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोतर प्रगितका लागि शुभकामना व्यक्त गरेका छन्। कोरोना महामरीबाट प्रदेश अझै मुक्त हुन नसकेको अवस्थामा भौतिक दूरी अपनाउँदै सरकारले अवलम्वन गरेका स्वास्थ्य मापदण्डहरु पालना गरी सतर्कतासाथ विषु […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन नगर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । नयाँ वर्षको अवसरमा राज्यलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लकडाउनलाई सरकारले अन्तिम उपायको रुपमा मात्र प्रयोग गरिने बताएका हुन् । ‘कतिपयले आज नै लकडाउन भोलि नै लकडाउन गर्छ भनेर हल्ला फैलाए । तर सरकार सकेसम्म लकडाउन चाहँदैन,’ उनले भने, ‘विश्वका अन्य मुलुकहरु […]
विक्रम संवत् २०७८ बुधबारदेखि सुरु भएको छ । विश्वभरका नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष हर्षोल्लास साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिनाबाट रेल संचालनमा ल्याउने बताउनु भएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै नेपालका लागि २ रेल जनकपुरमा आइसकेकाले त्यसलाई यही महिना भित्रमा संचालनमा ल्याउने स्पष्ट पार्नुभयो । उहाँले पूर्वपश्चिम रेलमार्गको पनि तीव्र गतिमा काम भइरहेको बताउनु भयाे । उहाँले सरकार लकडाउनमा नजाने पनि स्पष्ट […]
१ वैशाख, सुदूरपश्चिम (धनगढी) । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिस’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ । बिसु पर्व मनाउन विवाहिता छोरी/चेलीमा आ-आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका […]
१ वैशाख, काठमाडौं । आजबाट बिक्रम संवत् २०७८ को नयाँ वर्ष शुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने […]
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको दोलखाका डिएसपी भेषराज रिजालले बताए । मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् । […]