होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध
समाचार

सिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध

  • नागरिक रैबार
सिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध

हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ। आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाई मार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो।

कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन तथा डिसीसिएमसीको निर्णयअनुसार हवाई मार्गबाट आएकै दिन मासु बजारमा बिक्री गर्न नपाइने र तीन दिनसम्म आएको मासु राख्नुपर्ने हुँदा मासु बिग्रिने भएकाले कोरोना सङ्क्रमणको अवधिभर कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको उनले बताए।

हुम्लामा हवाई मार्गबाट ढुवानी भएको खाद्य तथा तरकारीलगायत सामग्रीलाई ७२ घन्टासम्म सिमकोट विमानस्थलबाटै उठाउन नपाइने नियम जिल्ला डिसीसिएमसीले बनाएको छ। अन्य सबै सामान सो अवधिपछि मात्र उठाउने गरिँदै आएको छ। लामो समयसम्म मासु राख्दा बिग्रिने भएको कारण मासु आयातमै प्रतिबन्ध लगाइएको हो।

विज्ञापन

सत्तरी प्रतिशत माग नेपालगञ्ज र सुर्खेतबाट आएको मासुले हुम्लामा धान्ने गर्दै आएको थियो। कुखुराको मासु आयातमा प्रतिबन्ध लागेपछि हुम्लामा मासुको समस्या हुन थालेको छ। खसी कम पाइने भएकाले हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयात हुँदै आएको हो।

हुम्लामा कुखुराको मासु प्रतिकेजी रु ५५० पर्ने गर्थ्यो। मासु आयातमा प्रतिबन्ध लागेपछि आधा दर्जन व्यवसायी मारमा परेका छन्। कुखुराको मासु आयातमा प्रतिबन्ध लागेसँगै खसीको मासुको मूल्य भने आकासिएको छ।रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार