होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। […]
धनगढी: दार्चुलाका ६ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ।तीन दिनको अवधिमा जिल्ला अस्पताल दार्चुलामा एन्टिजेन परिक्षण गर्दा ६ जना बालबालिकामा संक्रमण देखिएको हो। अस्पतालका अनुसार बिहीबार मात्रै २ जना ४ महिना र १० महिनाको उक बच्चामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै महाकाली नगरपालिका -४ का एक बालकलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको छ। […]
नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ । दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो । दसैंमा अग्रिम […]
गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजाधुजा भएका छन्। छोपिएको रेल नांगिएको छ। अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन। धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल […]
प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व थिए । आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईंले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्दा […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन्। यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ राज्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)कै माया तामाङ बोहरालाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन्। मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री […]
काठमाडौँ — प्रतिनिधिसभाका सांसदहरुले नेपाली समाजमा व्याप्त जातीय विभेद तथा छुवाछुतको अन्त्यका लागि अझै कडा कानुन र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताएका छन् । संविधान र ऐनले जातीय विभेद र छुवाछुतलाई सामाजिक अपराधका रुपमा परिभाषित गरेपनि कानुनले पीडकलाई अपराधीको रुपमा दण्डित गर्न नसकेका कारण जातीय विभेद र छुवाछुतका घटना कम नभएको सांसदहरुको भनाइ छ । […]
सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ । अग्रिम टिकट खुलाउनका लागि […]
नागरिक रैबार/बाजुरा १ असोज । सदरमुकाम मार्तडीबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्व अनन्ते मेला यस वर्ष यही भदौ ४ देखि ६ गतेसम्म लाग्ने भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मनाईने अनन्ते मेला आगामी सोमबारबाट विधिवत रुपमा सूरु हुने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिरमा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले […]
डोटी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदको अवरोध खुलाउन सत्ता पक्षले कुनै पहल नगरेको बताएका छन् । जनताले निर्वाचित गरेका प्रतिनिधिहरुको सार्वभौम थलो संसदको उपयोगितालाई सिद्ध गर्नुपर्ने उनको भनाइ छ । प्रेस चौतारी अछामले शुक्रबार सदरमुकाम मंगलसेनमा गरेको पत्रकार भेटघाटमा नेता रावलले भने, ‘वर्तमान सरकार तथा सत्ता साझेदारहरु दलहरुले संसदको अवरोध समाधान गर्नतर्फ भन्दा […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् । कतिपय नेता कार्यकर्ता अल्मलिएर एमालेमै बसेको र असल भावना भएकाहरु ढिलो चाँडो एकीकृत समाजवादीमै आउने उनको दाबी छ । शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले विगतमा एमालेभित्र […]
सीके राउत नेतृत्वको जनमत पार्टीले कर्मचारी वर्गलाई केन्द्रीय कार्यकारिणी समितिमा नराख्ने भएको छ । जागिरे नेतालाई राजीनामा दिन वा आगामी निर्वाचनसम्म बिदामा बस्न निर्देशन दिइएको छ । जनकपुरमा तीन दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जागिरदार रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई असोज २६ गतेभित्र राजीनामा दिन निर्देशन दिएको हो । बैठकले गरेको निर्णयमा भनिएको छ, […]
डोटीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन्। जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उनले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको र रोकिएका कामले समेत पूर्णता पाएको दाबी गरेका हुन्। यस्तै मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा हाल विभिन्न […]
१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो । १३५१ जना संक्रमणमुक्त भएका छन् । देशभरमा २५ हजार ४९७ […]
जाजरकोट– उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरूमा खाद्यान्नको मौज्दात न्यून भएपछि ग्रामीण वस्तीहरूमा खाद्यन्नको संकट भएको हो । वर्षायामको कारण बजारहरूमा बिक्री गरिने खाद्यान्नको मुल्य महँगो भएको र सहुलियत दरमा ढुवानी अनुदानमा बिक्री हुने खाद्यन्न नभएपछि ग्रामीण […]
काठमाडौं, न जिल्ला फुटबल संघ, न त कुनै व्यावसीयक फुटबल क्लब नै छ । तर पनि व्यावसीयक फुटबल खेलाडी बन्ने इच्छा बलियो छ । बाजुराका युवा खेलाडीको सपनालाई विकेन्द्रिकरणको विषय नारामै सिमित काठमाडौं केन्द्रित फुटबलको प्रशासनिक संरचनाले पनि भाँजो हाल्न सकेको छैन ।त्यसैले त तुलनात्मक रुपमा भलिबल र क्रिकेटको मोह बढी रहेको बाजुरामा पछिल्लो समय […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रविधि विकास विस्तार र उन्नयनमा विशेष योगदान पुर्याएको भन्दै व्यक्ति तथा विभिन्न संस्थालाई पुरस्कृत तथा कदरपत्र प्रदान गर्ने जनाएको छ । मन्त्रालयले विज्ञान पत्रकारितातर्फ कान्तिपुर दैनिकका मणि दाहाल, एरोनोटिकल प्रविधितर्फ डिपार्टमेन्ट अफ मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ पुलचोकका डा.दिपक प्रसाद शर्मा, अन्तरिक्ष प्रविधि तर्फ प्रा.डा.उदयराज खनाल, जैविक प्रविधि तर्फ […]
काठमाडौं, १ असोज । नेपाल सरकारले चीनबाट खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल बायुसेवा निगमको वाइडबडी जहाज मार्फत आज ल्याइएको हो । खरिद गरेको ६० लाख मात्रा खोप मध्ये ४० लाख मात्र खोप आज काठमाडौं आइपुगेको स्वास्थ्य विभागले जनाएको छ । आज […]
पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका छन् । एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी खोलेका नेपाल एमालेमै फर्किने उनको जिकिर छ । प्रेस चौतारी नेपाल कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौं तर पार्टीभित्र पर्याप्त छलफल […]
सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँ चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । झण्डै २५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिमका नौवटै जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप (दुवै […]