होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताए । काँग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि […]
नागरिक रैबार/बाजुरा ९ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ को पाँच वर्षे वडा विकास योजना निर्माण गरिने भएको छ । वडाको २०७८/८९ देखि ८३/८४ सम्मका लागि पाँच वर्षे वडा विकास योजना तयारी गर्न लागिएको बडीमालिका ९ का वडा सचिव गोरख बहादुर रावलले बताएका छन् । बडीमालिका ९ ले आफ्नो वडाको पाँच वर्षे विकास योजना […]
९ असोज, म्याग्दी । कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका-६ घारका नबराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए । उनी हाल इलेक्ट्रिकल इञ्जिनियरिङ पढ्दै छन् । बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन् । “आफैँ स्वरोजगार बन्ने सीपसहितको व्यवहारिक शिक्षा पढ्न यहाँ आएको हुँ”, बरुवाल भन्छन् , […]
कैलालीको मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झण्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन् । सरकारी बेवास्ताका कारण उनीहरुले लालपुर्जा प्राप्त गर्न नसकेका हुन् । कैलारी गाउँपालिकाका मोहनपुर, हौसलपुर र शिवरत्नपुरका २०० भन्दा बढी परिवारले जग्गाधनी प्रमाणपत्र पाउन नसक्दा सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको छ । लालपुर्जा नहुँदा […]
नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् । एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो !’ नेकपा एमालेले तपाईको राजीनामा अस्वीकृत गरेछ, निर्वाचन आयोगमा पनि नाम पठाएछ नि भन्ने प्रश्नमा नेता गौतमले राजीनामा अस्वीकृत […]
नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले असोज २९ गते शुक्रबार विजय दशमी पर्वको दिन बिहान १० बजेर २ मिनेटमा टीकाको साइत परेको जानकारी दिएको हो । समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्नेछ भने टीका लगाइमाग्ने मानिस पश्चिम फर्किनुपर्नेछ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ […]
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन […]
नागरिक रैबार/बाजुरा ९ असोज। बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको वार्षिक मोवाइल खर्च ७२ हजार भन्ने शिर्षक र तस्वीर सहितको समाचार विभिन्न मिडियामा प्रकाशन भएपछि अन्तरपार्टी महिला संजाल बाजुराले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ । शुक्रबार अन्तरपार्टी महिला संजाल बाजुराले एक विज्ञप्ति मार्फत नेपालको संविधानको धारा २२७ मा गाउँ तथा नगरसभाका सदस्यले पाउने सेवा सुविधाका सम्वन्धमा […]
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको […]
नागरिक रैबार/बाजुरा ८ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले बुढीगंगा नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक वडा कमिटी गठन गरेको हो । एकिकृत समाजवादी पार्टी बुढीगंगा ९ मा गरिएको अगुवा कार्यकर्ता भेलाले […]
नागरिक रैबार/बाजुरा ८ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले बुढीगंगा नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो । एकिकृत समाजवादी पार्टी बाजुराका जिल्ला कमिटी सदस्य तथा […]
नागरिक रैबार/बाजुरा ८ असोज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् । वडापछि नगरको अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि काँग्रेसका युवा नेता गोपाल कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेसले जिल्लाका […]
धनगढीः पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ। पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको हो। नेपालमै पहिलोपटक कुकुर दर्ता तथा पालन अनुमतिपत्र वितरण सुरु गरेको महानगरले पहिलोपटक पोखराको वडा नम्वर ८ बाट दर्ता र पालन अनुमतिपत्र वितरणको शुभारम्भ गरेको छ। महानगरपालिकाले कुकुरलाई सडकमा […]
काठमाडौं ८ असोज। नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन् । अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको एक […]
जुम्ला– डेढ दशक पहिले यहाँका नागरिकले लागूऔषध ब्राउन सुगरको नाम पनि सुनेका थिएनन् । ब्राउन सुगर के हो, कस्तो हुन्छ । यसले के प्रभाव पार्छ भन्ने जानकारीसमेत यहाँका कसैलाई थिएन । तर, पछिल्लो समय जुम्लामा सडक सञ्जाल पुगेसँगै लागूऔषध कारोबार सुरु भएपछि आफ्ना बालबच्चालाई दुव्र्यसनबाट कसरी जोगाउन भन्ने चिन्ता अभिभावकमा थपिएको छ । नेपालगञ्जबाट कर्णाली राजमार्ग […]
काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते […]
नागरिक रैबार/बाजुरा ८ असोज। बाजुरा जिल्लाको पुर्विउत्तरी क्षेत्रका १ नगरपालिका सहित ३ गाउँपालिकाका मुख्य ३ वटा प्रमुख समस्याहरुको समाधान दशैं अगाडी नै गरिनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ । नागरिक अधिकार संरक्षण केन्द्र कोल्टी बाजुराका अध्यक्ष सर्पलाल गिरीले कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहका नागरिकहरु विभिन्न सेवाबाट वन्चित भएको भन्दै […]
सामाजिक सञ्जालमार्फत् महिलासँग परिचय गरी सम्बन्ध बनाएर उपहार पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको दार्जिलिङ जिल्लाको सिलिगुढीस्थित प्रेन्टि क्रोस्टल चर्चका पादरीसमेत रहेका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा पक्राउ गरेको हो । महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार क्षेत्रीले उपहार […]
कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणले गति लिन सकेको छैन । प्रदेश सरकारले राजधानी बनाउन आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो । प्रदेशसभाको १२ असोज २०७५ मा बसेको दोस्रो अधिवेशनको ४६औँ बैठकले गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ […]
नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको हो। बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल सबै […]