होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
यति बेला युक्रेन र रसियाबीच युद्ध चलिरहेको छ । दुई देशबीच चलिरहेको युद्धको असर सबै ठाँउमा परेको छ । युक्रेनमा युद्धमा होमिरहेका फ्रन्टलाइनरहरुलाई देशको खेल हेर्न सम्भव छैन् । कतिबेला कुन अवस्थामा आफ्नो देशलाई खतरा छ भनेर हेर्ने उनीहरुको दिनचर्या बनेको छ । यस्तो समयमा युक्रेन राष्ट्रिय फुटबल टोलीले विश्वकप खेल्नका लागि तीन दिनपछि वेल्ससँग […]
, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१३ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १८२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ०८ […]
काठमाडौं । सञ्चारमाध्यमहरुले अझै पनि दलित समुदायका मुद्दालाई उच्च प्राथमिकता दिन नसकेको सरोकारवालाहरुले बताएका छन् ।बिहीबार नेपाल प्रेस काउन्सिल र क्रियाशील दलित पत्रकार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनीहरुले समाजको सीमान्तकृत वर्गका भन्दा राजनीतिक विषयको समाचारमै सञ्चारमाध्यमहरु केन्द्रित भएको बताए । दलित अधिकारकर्मी सुशील बिकेले जनसंख्याको ठूलो हिस्सा ओगटेको दलित समुदायलाई सरकारले बजेटमा समेत […]
नागरिक रैबार/बाजुरा १९ जेठ। गौमुल गाउँपालिकाले पनि आईतबार सार्वजनिक विदा नदिने निर्णय गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि गौमुल गाउँपालिकाले भने आईतबार सार्वजनिक विदा नदिने निर्णय गरेको हो । गौमुल गाउँकार्यपालिकाको दोस्रो बैठकले काममा प्रत्यक्ष असरपर्ने भन्दै आईतबार सार्वजनिक विदा नगर्ने निर्णय गरेको […]
काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ ।संघीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो । प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम […]
एजेन्सीः भनिन्छ प्रेमको कुनै सीमा हुँदैन। बंगलादेशकी एक युवतीले यो भनाइलाई चरितार्थ पारेकी छिन्। बंगलादेशकी युवती वन्यजन्तुले भरिएको जंगल र घडियाल बस्ने नदी पार गरेर भारतको कोलकाता आइपुगेकी हुन्। मंगलबार कोलकाताबाट प्रहरीले युवतीलाई अवैधरुपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेको हो। युवतीका अनुसार उनी बंगलादेशको वन्यजन्तुको भय हुने सुन्दरवन जंगल पार गरेर घडियालहरु रहने नदीमा […]
काठमाडौं। तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो । दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको […]
धनगढीः प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। उनले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने पनि बताए। आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए। कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा […]
धनगढीः धनगढीको मोहना नदीमा डुवेर एक जनाको मृत्यु भएको छ। बिहीबार नुहाउने क्रममा नदीमा डुवेर एक तेस्रो लिङ्गीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। डुवेर मृत्यु भएकी उनलाई स्थानीयले नदीबाट निकालेका छन्। अहिले घटनास्थलमा प्रहरी जादै छ। थप विवरण खुल्न बाकी रहेको छ।
डडेल्धुराः डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ का प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगरको मृत्यु भएको हो। बिहीबार बिहान ५ बजे निमोनियाको आशंकामा अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको हो। बिरामी बालिकालाई अस्पताल पुगाएको तीन घण्टासम्म डाक्टरले नहेरिदिएपछि बालिकाको मृत्यु भएको आफन्तले बताएका छन्। उनीहरुले […]
मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गएका हुन् । उनीहरू सातु, माल सामान, खाजा बोकेर […]
१९ जेठ, काठमाडौ् । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । उनले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे। उनले सरकारको ध्यान […]
१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्य कम्पनीलाई दिने कुरालाई समर्थन गर्न नसकिने बताएका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्यलाई बुझ्न नसकेको समेत बताए । बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत […]
१९ जेठ, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार २५० […]
देशब्यापी रुपमा बाजुरा यतिबेला अभूतपूर्व चर्चाको शिखरमा छ । मानव विकास सूचांकमा सबैभन्दा पुछारमा रहेको बाजुराका अनेक सन्दर्भहरु यसअघि पनि बेलाबेला राष्ट्रिय चर्चाका विषय हुने नगरेका त हैनन्, तर यतिबेलाको सन्दर्भ भने नितान्त पृथक । अरु बेला भइरहने अक्सर चर्चाका सन्दर्भहरु यहाँका निमुखाहरुको भोक, रोग, गरिबी, विपन्नता, प्राकृतिक प्रकोपको वितण्डा या विकास सम्बन्धि घटनामा केन्द्रित […]
आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान)का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै दूरसञ्चार […]
नागरिक रैबार/बाजुरा १९ जेठ। निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ।यहाँको बुढीगंगा नगरपालिकामा वैशाख ३० मा स्थानीय चुनाव भए पनि ‘बुथ कब्जा भएको’ भन्दै विरोध भइरहेको थियो। नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले सत्ताको दुरूपयोग गर्दै […]
खोटाङ, दोलखा, धादिङ, बुटवल र अछाम — खोटाङको केपिलासगढी गाउँपालिकाकी १५ वर्षीया किशोरी गत मंसिर १० मा बलात्कृत भइन् । स्थानीय ३० वर्षीय अतीत राईबाट बलात्कृत भएकी उनले वैशाख २ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बच्चा जन्माइन् । ६ महिना नपुग्दै जन्मिएको बच्चाको तत्कालै मृत्यु भयो । बलात्कारको आघात र नवजात शिशु मृत्युको दोहोरो पीडा खेपेकी […]
१९ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा एमआरआई सेवा नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एमआरआई गर्नुपर्ने दैनिक १५ देखि २० जना बिरामीलाई बाहिरका विभिन्न निजी मेडिकल कलेजहरूमा पठाउनुपर्ने अवस्था छ । ‘अस्पतालमा उपचारका […]
चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि […]