होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः धनगढीमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका पाँच जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कलैलालीले जानकारी दिएको छ। उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको प्रहरीले जनाएको छ। उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन।
काठमाडौँ — सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री शेरबहादु देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने बताएका छन् । स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरुबीच सम्बन्ध चिसिइरहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरुले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् […]
होटल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन् । शनिवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले यस्तो बताएका हुन् । हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको थियो । जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकका कारण […]
बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ । हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतमको पनि सहभागिता रहेको थियो । शाहको रिहाइको माग गर्दै […]
काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । दाहाललाई भेट्न मन्त्री खाँण ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेका थिए । भेटमा स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिबारे छलफल भएको जनाएका छन् । भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका […]
नयाँ संविधान जारीपछि भएको दोश्रो स्थानीय तहको निर्वाचनबाट देशका ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर नयाँ कार्यकालका लागि काम सुरु गर्न थालेका छन् । राजनीतिक दलबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधि स्थानीय तहको नेतृत्वका लागि पुगेका छन् । जसमध्ये कतिपय यसअघि नै जनप्रतिनिधि भएर अनुभव हासिल गरेका व्यक्तिहरु छन् भने […]
मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउपालिका-७ महगाउँका १६ बर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए । टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक […]
काठमाडौंः थाइल्याण्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ। सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो। थाइल्याण्डको फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाई सञ्चार माध्यमहरूले जनाएका छन्। माछा घाँटीभित्र पसेपछि उनी निसासिएका थिए। श्वास फेर्न नसकेपछि घाँटी समाएर अत्तालिएका उनलाई स्थानीयले फथलुङ प्रादेशिक […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका छन्। शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्। भेटमा प्रचण्डले बालेनलाई बधाई दिएका छन्। प्रचण्डले बालेनलाई देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रह समेत गरेका छन्। ‘तपाई जस्तो युवाले नेतृत्व लिनु धेरै खुसीको कुरा हो, […]
बैतडीः जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ। सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो। पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भीड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। दुई दिन बिदा […]
काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’ नेपालसँगै भारतमा पनि एकसाथ रिलिज हुने भएको छ । असोज ७ गते यो चलचित्र नेपालसँगै भारतमा पनि रिलिज हुने भएको हो । असोज ७ गते नै चलचित्र भारतसँगै विश्वरभर रिलिज हुने निर्माता सन्तोष सेनले जानकारी दिए । उनका अनुसार हिन्दी भाषामा यो चलचित्र ‘विश्वजितम’का नामबाट रिलिज हुनेछ । सन्तोष सेन […]
साबिक विजेता फ्रान्स यूईएफए नेसन्स लिगको आफ्नो पहिलो खेलमा डेनमार्कसँग स्तब्ध भएको छ । डेनमार्कले गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । स्टाडे फ्रान्समा खेलिएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । खेलको ५१ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, डेनमार्कका सब्सिटिट्युट आन्द्रेयस […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औं वर्ष पूरा भएको अवसरमा उनले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् । विसं २०६३ जेठ २१ गते नेपाललाई […]
नागरिक रैबार/बाजुरा २० जेठ । नेपाल राष्ट्रिय शिक्षक संघठन बाजुराले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाइ सम्मान तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमका विच नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ बधाई तथा सम्मान गर्नुका साथै जिल्लामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अन्तरक्रिया कार्यक्रम गर्दै बधाइ तथा सम्मान गरेको हो । नेपाल राष्ट्रिय शिक्षक संघठनका […]
एजेन्सी, २० जेठ । भारतको हैदरावादमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा ४ जना किशोर संलग्न भएको खुलेको छ । किशोरीमाथि बलात्कार गर्नेहरु नाबालिग नै रहेको इन्डियन एक्सप्रेसले लेखेको छ । शनिबार साँझ पबमा गएकी किशोरीलाई किशोरहरुले कारमा घर पुर्याइदिने भनेका थिए । तर, उनीहरुले कारमा राखी बलात्कार गरेका थिए । जन्मदिनको […]
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा १३२ दिनपछि फोडिएको ताला पुनःलगाइएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको छ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले विभिन्न माग राख्दै गत माघ ७ गतेदेखि ताला लगाएको थियो । यस्तै आंशिक शिक्षकले पनि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा आफूहरुलाई दैनिक […]
नागरिक रैबार/बाजुरा २० जेठ।बडीमाालिका नगरपालिका वडा नम्बर ९ ले वडा अध्यक्ष छात्रवृति पुरस्कार प्रदान गर्ने निणर्य गरेको छ । वडामा नयाँ जनप्रतिनिधि आएसंगै आज बसेको वडा समितिको पहिलो बैठकले वडा भित्रका सामुदायिक विद्यालयमा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एकजना विद्यार्थीलाई उक्त पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो । वडा भित्रका एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याई […]
सरकारी सञ्चारमाध्यमका प्रमुखहरुले श्रमजीवी पत्रकार ऐनले गरेको व्यवस्थाअनुसार कार्यरत पत्रकारलाई सेवा सुविधा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । आज काठमाडौंमा भएको छलफलमा सरकारी सञ्चार माध्यमका प्रमुखहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । ऐन अनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको श्रमजीवी पत्रकारहरुको पारिश्रमिक कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले करार र […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नम्वर ९ को वडा कार्यसमितिको पहिलो बैठक आज वडा कार्यालयमा बसेको छ । वडा अध्यक्ष सुर्यकिरण विकको अध्यक्षतामा बसेको पहिलो बैठकले वडाको विकासका लागि महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनका बेला जनतामाझ जाँदा वडाले तयार गरेको “वडा नं नौं सुखि र समृद्ध मौं “ भन्ने मुल नारालाई नै […]
निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ । अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए जुन दिन निर्वाचनको मिति तोकिन्छ त्यही दिनबाट दर्ता कार्यक्रम रोकिने आयोगले यसबारे छिट्टै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउने […]