होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — भारतको नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका दुई जहाज काठमाडौंको मौसम बिग्रिएपछि डाइभर्ट भएका छन् । इन्डिगो एयर र भिस्तारा एयरको जहाज भारतको उत्तर प्रदेशस्थित लखनउ डाइभर्ट गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टीडीओ कार्यालयका अनुसार अपराह्न ४ बजेपछि मौसम बिग्रिँदा केही बेर उडान रोकिएको थियो । यससँगै जापान र कोरियाबाट आएका अन्य […]
काठमाडौं । पोखराकी सृष्टि श्रेष्ठ काम विशेषले जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् । प्रहरी कार्यालयको गेटमा खटिएका प्रहरी र एक महिला घम्साघम्सी गरिरहेको उनले देखिन् । ती महिला आफ्नो काम-बाध्यता सुनाएर प्रहरी कार्यालयमा आएको भन्दै भित्र पस्न अनुरोध गरिरहेकी थिइन् । प्रहरीले भने उनलाई प्रवेश गर्न अनुमति दिएकै थिएनन् । यत्तिकैमा दुवैबीच विवाद चर्कियो […]
काठमाडौं । कोरोना महामारीका कारणा भएको लकडाउनमा जनजीवन ठप्प हुँदा दीपेन्द्र के खनाल भने फिल्म लेखनमा व्यस्त भए । निषेधाज्ञा र बन्दाबन्दीको कहरमा मान्छेले खेपेका हैरानीको कथा लेख्न उनीसँग धेरै कारण थिए । कोभिडको यो कहरमा मान्छे घरबाहिर निस्कन पाएनन् । महामारीको मध्यमा विदेशमा अलपत्र पर्ने र ज्यान गुमाउने नेपालीको संख्या पनि उच्च रह्यो । […]
नागरिक रैबार/बाजुरा २५ जेठ। बाजुरा जिल्लाको बडिमालिका–४ रिलाका साैरे उखेडा २० वर्षपछि भारत बाट गाउँ फर्किएका छन । छिमेकी देश भारतको हरिणा भन्ने ठाउँमा लामो समयदेखि काम गर्देै आएका थिए । भारतमा काम गर्ने क्रममा लडेर एउटा खुट्टा सहित भाँचिएको छ । उक्त भाँचिएको खुट्टामा रड त हाले तर उक्त रड निकाल्ने पैसा नभएको र […]
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१० कि लोकसरी कुँवर पाटन अस्पताल बर्न वार्डको ५ नम्बर बेडमा छटपटाइरहेकी छिन् । खाना पकाउँदै गर्दा चुलोमा लडेकी उनको शरीरको ३८ प्रतिशत भाग जलेको छ । २३ वर्षकी उनको ५ महिनाका छोरा युकेश भने आमाको काख र दूध खान नपाएर रोइरहेका छन् । जलेर गम्भीर अवस्थामा रहेकी आमासँग छोरालाई राख्न […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीति शास्त्रको स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षामा चरम लापरवाही देखिएको छ । २३ जेठमा सञ्चालित राजनीति शास्त्रको स्नातकोत्तर तह पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ । यो विषयको सन् २०२१ र सन् २०२२ सञ्चालित परीक्षाको प्रश्नपत्र एउटै छ । खाली प्रश्नपत्रको क्रममात्र […]
काठमाडौं। पर्यटनमन्त्री प्रेमबहादुर आलेले फिल्म ‘सर्वजीत’ फिल्म निर्माणको लागि भन्दै पाँच महिनाको तलब प्रदान गरेका छन् । मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब रकम निर्देशक दिनेश डीसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई हस्तान्तरण गरे । फिल्म निर्माणका लागि अन्य निकायबाट पनि अर्थ सहयोग जुटाउन आफूले सहयोग […]
धनगढीः कैलालीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको जोशिपुर गाउँपालिका ३ फाडिया बस्ने २० वर्षीया पुजा कठरियाको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। आफ्नो घर नजिकै रहेको मोटर जडान भएको नल्कामा पानी भर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि टिकापुर लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बिहीबारसम्म मन्त्री हेरफेर हुने बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुले बिहीबारसम्म सपथ ग्रहण गरिसक्ने दावी गरे । ‘हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका साथीहरुले हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि समय […]
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलगायत पदाधिकारीका कार्यकक्षमा लगाएको ताला तीन दिनभित्र खोल्न अनेरास्ववियुले आग्रह गरेको छ।गत माघदेखि नेविसंघले त्रिविमा ताला लगाएको थियो।अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति निकालेर तीन दिनभित्र ताला खोल्न भनेकी छन्। ‘प्राध्यापक वर्ग डर त्रासमा छन, र विद्यार्थीहरु चिन्तित छन्। देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ- अबको ३ दिनभित्र विश्वविद्यालयको काम […]
बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ।बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ। अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। उनका अनुसार स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्। स्थानीयले ढुंगामुढा प्रहारगरेसँगै प्रहरीले […]
धनगढीः बालिकाको सुरक्षा दिन नसकेको भन्दै नेकपा एमालेकी सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेकी छिन्। बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद विकले देशमा बढेका जघन्य अपराधमा टुलुटुलु हेरेर बसेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेकी हुन्। सुर्खेतमा सात वर्षकी बालिका मृत फेला परेकी छिन्, स्कुल हिँडेका बालिका घर फर्किन सकेका छैनन्। […]
नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकार मल नभइ ‘माल’ खोजिरहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार मलको सट्टा ‘माल’ खोजिरहेको बताएका हुन् । यसैगरी, भट्टराईले बाली लगाउने समयमा पनि मलको हाहाकार भइरहेको सरकारलाई सम्झाए । ‘यो समयमा मल खोज्न भारत जानु भएका कृषिमन्त्री कहाँ पुग्नुभयो, मल आउँछ कि आउँदैन,’ उनले सरकारलाई […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन् बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ५८ वर्षमा कर्मचारीले अवकाश पाउने प्रणाली बनाएको उल्लेख गर्दै […]
नागरिक रैबार/बाजुरा २५ जेठ।बडीमालिका नगरपालिका वडा नम्बर ९ का स्थानीयहरुलाई सुधारिएको चुलो वितरण गरिएको छ । जलवायु उर्जा तथा वातावरण कार्यक्रम अन्तरगत युनिसेफ नेपाल र बडीमालिका नगरपालिकाको सहयोगमा बडीमालिका ९ का ३ सय ८३ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको हो । सुधारिएको चुलोको प्रयोग, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण र हरित क्षेत्र स्थापना मार्फत कार्वन […]
धनगढीः अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का विनोद शाही मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका हुन्। सांसद बोगटीले ९ दिन पहिले १५ […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति विदा नियमअनुसार दिन सरकारी निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महिला कर्मचारीहरूबाट नियमअनुसार प्रसूति विदा नदिएको गुनासो आइरहेको भन्दै त्यसका लागि ९८ दिन तलव सहितको विदा दिन निर्देशन दिएको हो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ […]
काठमाडौं । विनियोजन विधेयकमाथिको छलफलमा सरकारले चरम लापरबाही गरेको पाइएको छ । सम्बन्धित मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु नै अनुपस्थित भएपछि सांसदहरुले संसदमै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो । संसद सचिवालयका अनुसार सम्बन्धित मन्त्रीलाई कुर्दाकुर्दै करिब ३५ मिनेट ढिलो गरी बैठक सुरु भयो । […]
काठमाडौं, २५ जेठ । दाङमा एक नाबालिगले बच्चा जन्माएर हत्या गरेको खुलाशा भएको छ ।राप्ति गाउँपालिका–३ मसुरीयामा अविवाहित १५ वर्षीया नाबालिगले प्रेमीकै सल्लाहमा शिशुको हत्या गरेको प्रहरीले जनाएको छ। आफ्नो बच्चा हराएको भन्दै नाबालिग आफैले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीका अनुसार शंका लागेर नाबालिगलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बच्चा रोएपछि डराएको र प्रेमीकै सल्लाहमा […]
एजेन्सी, २५ जेठ । विश्वमा भोकमरीले महासंकटको खतरा बढेको छ । खाद्यको भण्डार मानिने रुस र युक्रेन युद्धले गहुँ, तोरी जस्ता खाद्यान्नको आपूर्तिमा अवरोध आएको छ । यसको प्रत्यक्ष असर अफ्रिका र खाडी देशहरुमा समेत पर्न थालेको छ । सबैभन्दा ठूलो संकट अफ्रिकामा परिसकेको छ । त्यहाँ गहुँको अभाव बढेको छ । जसका कारण मूल्यमा […]