होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले त्रिभुवन विश्वविद्यालय १३९ दिन तालाबन्दी हुँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले गृहमन्त्री र शिक्षामन्त्रीलाई त्रिविमा ताला लागेको जानकारी छ भनी प्रश्न गरे । ‘१३९ दिन भयो त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू तपाईलाई जानकारी छ’ उनले भने, […]
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थाापनको नाममा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको भन्दै विरोध गरेका छन् । बिहिबार प्रतिनिधिसभामा बोल्दै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्थानीय निर्वाचनमा पाएको चुनाव चिन्ह लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गरे । ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले […]
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसकेको छ । तर अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको काम प्रभावित […]
धनगढीः अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्। शव भेटिएको ६ दिनपछि उनको पोस्टमार्टम भएकोमा आज उनका आफन्तले शव बुझेका हुन्। पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। उनका अनुसार […]
धनगढीः अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का मृतक विनोद शाहीको न्यायको लागि काठमाडौंमा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ।परिवार तथा आफन्तले काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्। आफन्तले जेठ २९ गतेसम्मको लागि संघर्षका कार्यक्रमसमेत घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा परिवारका सदस्य अर्जुनविक्रम शाहीले आफूहरूको किटानी जाहेरीसमेत प्रहरीले नलिएको जानकारी दिँदै न्यायको […]
काठमाडौं । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा […]
काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले बर्दियामा बाघबाट बचाउन माग गर्नेलाई गोली हानेर मारिएको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै त्रिपाठीले थारु र मधेसीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाए । उनले भने, ‘बर्दियामा बाघबाट बचाउन आग्रह गर्दा पुलिस रुपी राक्षसबाट बर्दियामा […]
काठमाडौं । नेकपा एमालेले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने भएका हुन् । संसद सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा यज्ञराज सुनुवारले शिक्षा मन्त्रालयको, सूर्यप्रसाद पाठकले खानेपानी […]
काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी छन् । आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन् । ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक […]
काठमाडौं: गायिका समीक्षा अधिकारी केही समय सामाजिक सञ्जालबाट टाढा बसन्।ि उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन्। पछिल्लो समय उनले बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन्। सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन्। पछिल्लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक […]
बझाङ: बझाङमा अज्ञात रोगबाट १ वर्षमै ६ शिशुले ज्यान गुमाएका छन्। जयपृथ्वी नगरपालिका–१ को भण्डार गाउँमा अनौठो खालको लक्षण देखिने रोगले शिशुहरुले ज्यान गुमाएका हुन्। भण्डार गाउँकी ललिता रोकायाको ३ महिने छोरो, रेखा विष्टको १ महिने र सुमन विष्टको ४ महिनाको शिशु गरी हालसम्म ६ जनाको यस्तै लक्षणका कारण मृत्यु भइसकेको स्थानीय मोहनबहादुर विष्टले बताए। […]
कञ्चनपुर: जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। जिसस प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहोरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित भएका हुन्। यहि जेठ ३० गते हुने जिसस निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रमुख र उपप्रमुखमा अन्य दलबाट उम्मेदवारी नपरेपछि बोहोरा […]
धनगढी: भरखरै धनगढी उपमहानगरपालिकाले प्रथम पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ। अहिलेसम्म आवधिक योजना बनाएर धनगढीमा विकास निर्माणका काम नभएकोले अब भने योजनावद्ध विकास गर्न उपमहानगर अग्रसर देखिएको हो। धनगढीलाई व्यवस्थित सहर बनाउन सहरी पूर्वाधार विज्ञ तथा जनप्रतिनिधि र सर्वसाधारणले विभिन्न सुझाव दिएका छन्। उपमहानगरले विकास निर्माण तथा नीतिगत निर्णय गर्दा कार्यान्वयनको पक्षमा […]
सरकारले प्रतिबन्धित लागूऔषध सूचीबाट गाँजा हटाएपछि थाइल्याण्डका जनताले अब घरमा गाँजाको बिरुवा उब्जाउन र बेचबिखन गर्न सक्नेछन् । कडा लागूऔषध कानूनका लागि परिचित थाइल्याण्ड दक्षिण-पूर्वी एसियामा यस्तो कदम अघि बढाउने पहिलो राष्ट्र हो । स्थानीय गाँजाको व्यापारको विकासले कृषि र पर्यटनलाई बढावा दिने सरकारको आशा छ। यद्यपि मनोरञ्जनात्मक प्रयोगलाई भने गाँजा अझै पनि प्रतिबन्धित छ […]
काठमाडौं । किमो र रेडिएसन विना मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लगाएको वैज्ञानिकहरुले बताएका छन् । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार हालसालै मलाशयको क्यान्सरबाट पीडित केही बिरामीलाई डस्टरलिमाब (Dostarlimab) नामक औषधिको क्लिनिकल परीक्षण गरिएको थियो । यो उपचारबाट केवल ६ महिनामा क्यान्सर पूर्णरूपमा निको भएको पाइएको रिपोर्टमा उल्लेख छ । यो उपचार अहिले […]
काठमाडौं । युइएफए नेसन्स लिगमा बेल्जियमले पहिलो जित निकालेको छ । लिग ए अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमै नेदरल्याण्ड्ससँग पराजित भएको बेल्जियमले दोस्रो खेलमा बुधबार राति पोल्याण्डलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अघिल्लो खेलमा बेल्जियम नेदरल्याण्डसँग ४-१ ले पराजित भएको थियो । तर पोल्याण्ड विरुद्ध भने एक गोलले पछि परेको अवस्थामा […]
ललितपुर — ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण चार जना बालकलाई पढाईबाट बञ्चित गरेको छ । शंखमुल धाममा रहेको गुरुकुलमा संस्कृत पढ्ने भनेर बर्दियादेखि काठमाडौं आएका बालकलाई गुरुकुलले भर्ना नगरी फिर्ता पठाएको हो । बालकका आमाबुवाले आफूहरू दलित समुदायको भएकै कारण गुरुकुलले भर्ना नलिएको गुनासो गरेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–६ का […]
मुग्लिन । पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् […]
नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ , मधेस प्रदेश, […]
बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनःसञ्चालन भएको हो । अप्टिकल फाइबरको समस्याका कारणले बेला बेलामा सुदूरपहाडको पहाडी […]