होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गोरखा : बिहिबार रातभरको वर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। पालुङ्टार नगरपालिका वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगाएको छ। वडा नं. ९ मा मोटरेबल पुल र हजारौँ रोपनी खेत बगाएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए। पालुङटार ६ कल्लेरीमा पहिरोले स्थानीय केशरबहादुर थापाको घर बगाएको छ। घरबासविहीन भएपछि थापाको […]
काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ ।महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको हो । सिसडोल तथा बन्चरे डाँडामा फोहोरको […]
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ। राप्रपा निकट रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा तालाबन्दी गरेको हो। संगठनले सुपवि कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अंश वर्मालाई व्यक्तिगत कारणले एन.क्यु. लगाएर परिक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको हो। “विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परिक्षामा सहभागी हुन पाउने […]
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन् । उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरु सबै […]
काठमाडौँ — भारतमा १६औं राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा भने, ‘नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित […]
काठमाडौं । लिभरपुलका गोलरक्षक लोरेस केरियस सहित सात खेलाडीले यस सिजनको अन्त्यदेखि क्लव छोड्ने भएका छन् । गोलरक्षक केरियस सहित विङ्गर सेइ ओजो, मिडफिल्डर बेर्न बुडबर्नसहित अन्य तीनले एकै पटक क्लब छोड्ने भएका हुन् । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले यस अघि नै बेल्जियम स्ट्राइकर डिभोक ओरेगीले यस सिजनको अन्त्यमा क्लब छाड्ने जानकारी गराइ सकेका थिए […]
एजेन्सी, २६ जेठ । मोटरसाइकलमा आएका दुई युवकले बाबुआमासहित १६ वर्षकी किशोरीलाई बाटोमा देख्छन् । बस कुरिरहेका उनीहरुले चाल चल्छन् । युवतीलाई मोटरसाइकलमा घर छाडिदिने भन्छन् । पल्लो गाउँका चिनेजानेका ती युवकहरुसँग अभिभावकले मोटरसाइकलमा पठाउँछन् । अभिभावक घर पुग्दा युवती भेटिन्नन् । उनी नजिकैको गाउँमा गम्भीर हालतमा भेटिन्छिन् । युवकहरुले नाबालिगक युवतीमाथि बलात्कार गरेको थाहा […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अर्थशास्त्रको प्रश्नपत्र हुबहु मिलेको केही दिनपछि राजनीति शास्त्र विषयको परीक्षाको प्रश्नपत्र पनि दोहोरिएको पाइएको छ । परीक्षामा सोधिने प्रश्नपत्रमा पटक–पटक लापरबाही देखिएपछि छानबिन गरिने त्रिविले जनाएको छ । जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’को प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यसैगरी जेठ २३ […]
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन । दशौं अधिवेशनको नवौं बैठकमा निर्णयार्थ पेश भएको नीति तथा कार्यक्रमलाई सभामुख थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् । यसअघि भएको नीति […]
किसानले आवश्यक्ताअनुसार मल नपाइरहँदा भन्सार कार्यालयको गोदाममा १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको मल विगत १ महिनादेखि जाँचपास नै नभई थन्किएको हो । भन्सार विभागका अनुसार विगत १ महिना अघि भन्सार कार्यालयमा आइपुगेको मल जाँचपास नै भएको छैन । तर, यही समय असारे खेतीका लागि किसान […]
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमा हातपात भएको छ। बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्री कार्यकक्षमै जसपाका सांसद रामबाबु यादवले हातपात गरेका थिए। आफ्नो क्षेत्रमा बजेट नहालेको भन्ने विषयमा विवाद बढ्दै गएपछि मन्त्रीमाथि हातपात गरेका थिए। सांसद यादवले हातपात गरेपछि मन्त्रीको सुरक्षा गार्डले जोगाएका थिए। मन्त्री श्रेष्ठको कार्यकक्षमा अन्य सांसदहरुसहित पुगेका यादवले अश्लिल गाली गलौच […]
नागरिक रैबार/बाजुरा २६जेठ। बाजुरा जिल्ला अदालतले यो आर्थिक बर्षको आजसम्म ६२ दशमलव ५८ प्रतिशत मुद्धा फर्छौट गरेको छ । आर्थिक बर्ष ०७८/०७९ मा १ सय ५५ मुद्धा जिल्ला अदालतमा आएको र त्यसमा ९७ ओटा मुद्धा फर्छौट गरिएको जिल्ला न्यायधिक माधव प्रशाद घिमिरेले बताएका छन । पत्रकारसंग अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस घिमिरेले यो बर्षको आझै […]
अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका विनोद शाहीको शवको पोष्टमार्टमपछि दाह संस्कार गरिएको छ।शाहीको बिहीवार पंचदेवल विनायक नगरपालिकाको– ४ कालिका स्थान बेलेखतको कर्णाली नदिमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको हो। शव भेटिएको ६ दिनपछि बिहीबार नै शवको पोष्टमार्टम गरिएको थियो। जिल्ला अस्पताल अछाममा पोष्टमार्टमपछि आफन्तले उनको शव बुझेका थिए। पीडित पक्षले १३ […]
राजेन्द्र बिक बाजुरा,२६जेठ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-५स्थित मना शहरी स्वास्थ्य केन्द्रमा महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धिको एक दिने शिविर सम्पन्न भएको छ।मर्यादित,शान्तिमय र आनन्दित जिवनका लागि समुन्नत समाज भन्ने मुख्य नारा सहित शुरु भएको शिविरको उद्घाटन स्त्री रोग विशेषज्ञ डाक्टर जस्मिता बलम्पाकिले गर्नुभएको हो । सहास नेपाल बाजुराको आयोजना तथा बडिमालिका नगरपालिकाको समन्वयमा संचालन […]
बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी २४ वर्षिया गंगा ऐडीको हेलिकप्टरमार्फत उद्धार गरीएको हो । अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी उनलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज […]
अमेरिकी सेनाका प्यासिफिक कमान्डका प्रमुख जनरल चार्ल्स ए. फ्लिन नेपाल आइपुगेका छन्।औपचारिक भ्रमणका लागि उनी बिहीबार अपरान्ह काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाले जानकारी दिए। त्रिभुवन विमानस्थलमा फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए।नेपाल भ्रमणका क्रममा फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न महत्वपूर्ण भेटघाट गर्नेछन्। भारत हुँदै नेपाल आएका फ्लिन आइतबार […]
नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावमा नेकपा एमालेले भन्दा एक लाख ७५ हजार ७६ मत बढी ल्याउँदै पहिलो पार्टी बनेको बताएको छ। स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गत अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले आज समिति संयोजक पूर्णबहादुर खड्कालाई बुझाएको प्रतिवेदनमा कांग्रेसले चुनाव भएका ७५२ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको उल्लेख […]
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका छन् । बिहीबार दिउँसो सद्भावना भ्रमणका क्रममा चाल्र्स ए फ्लिन काठमाडौं आइपुगेका हुन् । फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख छन् । शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले कुनै […]
काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् ।नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो । प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको नुवाकोटका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार आन्दोलनकारीहरुले प्रहरी […]