होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौंः सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ। दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो। नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन्। बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन। बजेट पारित […]
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रदर्शन गरेको छ । बुधबार बिहान साढे ८ देखि साढे ९ बजेसम्म अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मुखमा कालोपट्टि बाँधेर सांकेतिक विरोध गरेका हुन् । मूल्यवृद्धि फिर्ताको माग राख्दै प्लेकार्ड बोकेर सरकार विरुद्ध मौन आन्दोलन […]
काठमाडौंः वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन्। वायुसेवा सञ्चालक संघले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ। बुद्ध एयरले आज ११ बजेदेखि आन्तरिक हवाइ उडान सुचारु हुने जनाएको छ। […]
निर्वाचन आयोगमा सञ्चारकर्मी रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध उजुरी परेको छ । बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको समूहमा रहेको एक टोली पुगेर पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उजुरी दिएर फर्किएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनीहरुले […]
काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ । डेढ सय […]
पोखरा — चलिरहेको रेस्टुरेन्ट कोरोना महामारीमा बेच्नुपरेपछि पोखराकी ४४ वर्षीया कल्पना कार्की अचेल चटपट बेच्छिन् । पोखरा सिमलचौरको एउटा कोठामा उनी श्रीमान र छोरीसहित भाडामा बस्छिन् । मजदुरी गर्ने श्रीमानले बर्खामा हम्मेसी काम पाउँदैनन् । चटपट बेचेर गुजारा गर्न कल्पनाको परिवारलाई हम्मेहम्मे परेको छ । कोरोना महामारीले व्यवसाय डामाडोल भएपछि उनले लेकसाइडमा रहेको रेस्टुरेन्ट बेचिन् […]
अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । यहाँबाट आएको तस्विरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ […]
काठमाडौँ — बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहँदा सरकारले भने न अनुगमन र हस्तक्षेपमा चासो दिएको छ न उपभोक्तालाई राहत दिने कार्यक्रम ल्याएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार खाद्यान्न, निर्माण सामग्री र ढुवानी सेवाको मूल्य बढेको […]
बाजुरा।सुदूरपश्चिमका धेरैजसो गाउँ अभाव र गरिबीको दुश्चक्रमा जेलिएका छन् । अरू गाउँजस्तै बाजुराको अति विपन्न स्वामीकार्तिक गाउँपालिका–१ मुक्तिकोटले यो दुश्चक्रबाट मुक्ति चाहेको वर्षौं भयो । तर, दलित समुदायको बसोबास रहेको यो गाउँका निम्ति कुपोषण सधैंको नियतिजस्तै बनिसकेको छ । बजेटमा मुक्तिकोटका कुपोषितको स्वास्थ्य र शिक्षाका लागि एउटै कार्यक्रम छैन बरु प्रदेश सरकारले टोल–टोलमा मन्दिर, पदमार्ग र भ्युटावरका नाममा […]
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा नहुँदै गठबन्धनका विकल्प र सिट बाँडफाँटका विषयमा प्रमुख दलहरूले गृहकार्य थालेका छन् । स्थानीय निर्वाचनमा जस्तै पाँचदलीय गठबन्धन र एमालेसहितको विपक्षी दलबीच प्रतिस्पर्धा हुने सम्भावना छ । तर बहुमतको अंकगणितीय खेल र सिट बाँडफाँटको दाउपेचले समीकरण फेरिने सम्भावना पनि रहेको राजनीतिक दलका नेताहरू बताउँछन् । सत्तारूढ पाँच दलमा यसअघि नै […]
एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन् । हिजो दिनभर गाउँपालिकाको बैठकमा बसेर निस्किएका बेला अध्यक्ष छोरा गच्छदारले बाबुको निर्णयमा असहमति जनाउँदै तोडफोडमा उत्रिएका हुन् । गाउँपालिकाको प्रदेश–१–को १ […]
संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुन लागेको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ । अध्यादेशका आधारमा संवैधानिक परिषद्को […]
दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनायो। फिल्मले हिन्दी बेल्टमा मात्र १ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा इतिहास रच्यो। ‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार बनायो। यसको दोस्रो भाग यसै वर्षभित्र रिलिज गर्ने गरी निर्माण पक्षले तयारी गरेको छ। बलिउड प्रशंसकलाई ध्यानमा राखेर यसको स्कृप्ट […]
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउँसो साढे १ बजे बैठक छ भनी सबै सदस्यहरुलाई खबर गरिएको हो । ‘डेढ बजे आकस्मिक रूपमा बैठक छ भनेर हामीलाई खबर आएको हो’ परिषदका एक सदस्यले भने, ‘एजेण्डाबारे बताइएको छैन ।’ अर्का सदस्यका अनुसार, […]
नागरिक रैबार/बाजुरा ८ असार । बाजुराका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको गौमुल गाँउपालिका-१ का ३६ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन्। उनलाई सदरमुकाम मार्तडीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। बाजुरा जिल्ला अदालतले २०७७ चैत २४ गते बोहरालाई लागुऔषध (चरेश) मुद्दामा ५ महिना २ दिन कैद सजाय र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। […]
धनगढी: सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खोलेको छ। नेपाल इन्जिनियर सेवाअन्तर्गत तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, पाँचौ र चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको सूचनामा उल्लेख छ। पाँचौ तहमा ८ र चौथो तहमा ४ जनाका […]
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको […]
डेल्धुराः डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजनको मृत्यु भएको हो। मंगलबार दिउँसो पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए।मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए। प्रअ जोशीका अनुसार खोलाले बगाउँदा […]
सांसदहरूले सरकारले समयमै विद्यालयमा किताब पुर्याउन नसकेको सरकारको आलोचना गरेका छन्।मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरूले किताब पुर्याउनेजस्तो कुरामा यो वा त्यो बहाना गर्न नमिल्ने बताए।बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले नेताहरू दुर्गममा हेलिकप्टर चढेर पुग्न सक्छन् भने पुस्तक किन पुग्दैन भनेर प्रश्न गरे। ‘ठूला नेता हेलिकप्टरमा दुर्गम क्षेत्र […]
काठमाडौं । प्रहरीले अपरहणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको राजगणढ-३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनले असार […]