होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजना समावेश गरेपछि विरोध भएको छ। प्रदेशसभा सदस्यदेखि सर्वसाधारणले पनि प्रदेश बाहिरका योजना बजेटमा समावेश गरेको भन्दै सरकारको विरोध गरेका छन्। प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ को सिरङगी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका […]
लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको लुम्बिनी आइपुगेका छन् । लुम्बिनीमा देउवा सहित शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण लगायत लुम्बिनी आएका हुन्। उनीहरु अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा सहभागी भएर दिउँसो नै काठमाडौ फिता हुने कार्यक्रम रहेको छ।
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित भएका छन् । पार्टीको सचिवालय र स्थायी समिति बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपनि मन्त्रीहरु सरकारमा टाँसी रहेको भन्दै नेताहरुले दुःख व्यक्त गरेका हुन् । ‘पार्टीले गत वैशाख २२ गतेको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गर्यो । मन्त्रीहरुले बजेटमाथिको मन्त्रालयगत रुपमा जवाफ […]
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले आज शुक्रबार हुने भएको छ । राजधानीको धुम्बाराहीस्थित स्टुडियोमा राती ८ बजे हुने फाइनलमा तीनजनाको जोडीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको छ । प्रीति आले मगर र शेखर घर्ती मगर, छिरिङ शेर्पा र सरोज प्रजा तथा प्रमिता राणा र जेडी तमुको जोडीबीच प्रतिस्पर्धा हुँदैछ । […]
काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर वर्षाका कारण नेपालले जवाफी […]
बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ । घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने भएपछि माइती पक्ष अन्त्येष्टी गर्न सहमत भएको हो । गएको चैत ३० गते राति शंकास्पद […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ गठबन्धनका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि छलफल अघि बढ्न नसकेको हो । आर्थिक मामिला मन्त्रालयको अनुरोधका आधारमा बजेटमाथि छलफल गर्न ८ असारमा सभामुख अर्जुनबहादुर थापाले […]
‘चिसो मान्छे’ हलमा एक हप्तादेखि प्रदर्शनरत् छ। त्यसका विषयमा क्रियाप्रतिक्रिया आइरहेका छन्। सिर्जनाको मुख्य कमाइ नै प्रतिक्रिया हो। त्यसले समाजमा ल्याउने तरंग र पार्ने प्रभाव हो। पोष्टर सार्वजनिक भएदेखि नै प्रतिक्रियाले ‘रेकर्ड ब्रेक’ गरिसकेको छ। सहायक कमाइ आर्थिक उपलब्धि होला। निर्देशक दीपेन्द्र के खनालमा सन्तुष्टि देखिन्छ। प्यास र पैसाको प्राप्ति मानवका असीमित चाह हुन्। ‘भयो, […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले मन्त्री आलेलाई कुनै पनि सार्वजनिक पदमा आउन नहुने र आगामी निर्वाचनमा समेत प्रतिस्पर्धा गर्न रोक लगाउनेगरी आदेश माग गरेका छन्। मन्त्री आले बारम्बार विवादमा आउने गरेको र अश्लील गालीगलौज गरी समाजमा अश्लीलता फैलाउने काम […]
नागरिक रैबार। बाजुरा ९ असार/जिल्लाको हिमाली गाउँपालिकाको दशाैं गाउँसभा तथा बजेट अधिवेशन आजबाट सूरु भएको छ । स्थानिय तह निर्वाचन २०७९ पश्चात गाउँपालिकामा आएका नवनिर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको गाउँपालिकाको दशाैं गाउँ सभामा २०७९/८० को नीति तथा […]
काठमाडौँ,९ असार । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब रु एक हजार ६०० मात्र कायम गरिएको छ । यसअघि रु दुई […]
पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण पर्वतकी एक महिला बनेकी छ। जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरूङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी हुन्।स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरूङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन्। ‘त्यो बेला पढ्ने उमेरमा […]
अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै ‘कोल्याप्स’को अवस्थामा पुगेको थियो । भूकम्प पीडितको उद्दार र राहतका लागि तालिबानले अन्तर्राष्ट्रिय सहयोगको अपिल […]
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियसभामा उत्पति भएको विधेयक प्राप्त नभएको भन्दै प्रश्न उठाएपछि दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अगाडि बढ्न सकेन । बैठकमा राष्ट्रियसभामा उत्पति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ र ‘लोकसेवा आयोग विधेयक, २०७५’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । सांसदहरूले ती विधेयक आफूहरूले प्राप्त […]
मुगु – तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेकाे कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेकाे अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका थिए । तर, कुकुर भने […]
काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धाकै दौरान पोखरीभित्रै बेहोस भएकी छन् । भाग्यबस प्रशिक्षकले समयमै उद्धार गरेपछि उनको ज्यान जोगिएको छ । बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीया अमेरिकी सिंक्रोनाइज्ड स्वीमर अल्भारेज प्रतिस्पर्धाकै क्रममा बेहोस भएपछि पोखरीको पीँधमा पुगेकी थिइने । तत्कालै उनकी प्रशिक्षक एन्ड्रिया फ्युन्टेस […]
काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् ।जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो । ‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं,’ अनेरास्ववियूकी अध्यक्ष सुनीता बरालले अनलाइनखबरसँग भनिन्, ‘अरु […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सबै जातजातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् । उनले त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले विगतदेखि काम गर्दै आएको भन्दै भाषा साहित्य संरक्षणको कार्यलाई थप अघि बढाउन आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव समारोह तथा राष्ट्रिय कविता महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले प्रतिष्ठानका लागि […]
काठमाडौँ — नेपालको संसद्ले २०६३ सालमै जातीय भेदभाव र छुवाछुत अन्त्य भएको घोषणा गर्यो । संविधानले पनि जातकै आधारमा कुनै पनि किसिमको भेदभाव गर्न नपाइने भनेको छ । तर, व्यवहारमा भने मान्छेमाथि जातकै आधारमा राखिने हेय भाव हटिसकेको छैन । त्यस्तो भेदभाव मुलुकका दुर्गम गाउँमा मात्रै होइन संघीय राजधानी काठमाडौं उपत्यकामै एकपछि अर्को गरी बाहिर […]
नेपालले अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो । ‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ । हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र […]