होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित गरिएको जनाएको छ । असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् । बजेटमा सरकारविरूद्ध […]
काठमाडौं । सरकारले इन्धनको खपत घटाउने चार महत्वकांक्षी योजना अघि सारेको छ । सवारी सधनको इन्जिन फेरेर विद्युतीय गाडीमा रुपान्तरण गर्नेेदेखि डिजेल तथा पेट्रोलमा इथानोल र सजिवन मिसाउने योजना छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पेट्रोलियम खपत कम गर्न र विकल्पमा जान सकिने सबै उपयकाबारेमा तत्काल र दीर्घकालिन कार्यहरुबारे छलफल गरेको थियो […]
नेपालबाट पछिल्लो समय संयुक्त अधिराज्य (यूके) मा सिजनल वर्करका रुपमा जानेको संख्या बढ्दै गएको छ । यूकेले सिजनल वर्करका लागि भिसा उपलब्ध गराएसँगै नेपालीहरु पनि अल्पकालीन रोजगारीका लागि जान थालेका हुन् । यसरी सिजनल वर्करका लागि जान चाहनेहरुले अनलाइनमार्फत आफै एप्लाइ गर्न मिल्ने भए पनि प्रक्रिया नजान्दा धेरैजसो युवा–युवती एजेन्टलाई चर्को शुल्क तिर्न बाध्य हुने […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २ दिन अघि नै आजको मिति राखेर पार्टी अध्यक्ष माधव नेपाललाई मन्त्री पदबाट राजीनामा दिएको खुलाएका छन् । आइतबार राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले २ दिन अघि नै राजीनामा गरेको खुलाए । उनले भने–‘अस्ति शुक्रबार पोलिटब्युरोको बैठक हुँदा त्यही दिन नै […]
काठमाडौं । उद्योगपति विनोद चौधरीले नवलपुर –२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ का मतदाता […]
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ ।नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ […]
लोकदोहरीकी गायिका दिलमाया बिक शनिबार बिहान मृत फेला परिन्।सुर्खेतकी दिलमाया काठमाडौंको तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित सर्वोत्तम श्रेष्ठको साढे दुई तले घरमा मृत फेला परेकी हुन्। उनी त्यहाँ कोठा भाडामा बस्थिन्। उनी खाटमा उत्तानो परेको अवस्थामा फेला परेकी थिइन्।मृत भेटिनुअघि उनको फेसबुकमा एउटा स्टाटस लेखिएको छ। शनिबार बिहान १:२० बजे ‘सुसाइड नोट’ पोष्ट भएको देखिन्छ। सुसाइड नोटमा […]
, काठमाडौं । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाइसकेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन उनले ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन । मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीमा विवाद उत्पन्न भएपछि आलेले शुक्रबारको पोलिटब्युरो […]
काठमाडौँ — गायिका दिलमाया सुनार कोठामै मृत अवस्थामा फेला परेकी छन् । अन्दाजी ३० वर्षीय लोकदोहोरी गायिका सुनार बालाजु नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । मृत्युको कारण आत्महत्या वा अरु भन्नेबारे खुलिनसकेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । सुनारको […]
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेशसभाको बैठक अनिश्चित बन्न […]
काठमाडौं । सरकारी योजनाअनुसार काम भएको भए गएको १ वैशाखमा संघीय मन्त्रीहरुको निवास काठमाडौंको भैंसेपाटी सरिसक्थ्यो । तर, समयमै काम नहुँदा आयोजनाको निर्माण झण्डै एक वर्ष धकेलिने भएको छ । मन्त्री निवासको पहिलो चरणको काम गर्न लागेको ठेक्का सम्झौताअनुसार २७ कात्तिक, २०७८ गते नै यो भवनहरु निर्माण भएर हस्तान्तरण भइसक्नुपथ्र्याे, तर महामारीको कारण देखाएर आयोजनाको […]
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि बजेट विनियोजन नगरेको बताएका हुन् । उनले मन्त्रालयले कक्षा ८ […]
काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ । लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो […]
काठमाडौं। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० […]
धनगढीः सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चारपाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेसिन ल्याएको हो। डिकाम माइक्रो सिस्टम नामक कम्पनीबाट परियोजनाले बोलपत्र प्रक्रियामार्फत धान रोप्ने मेसिन खरिद गरेको छ। खरिद गरिएको मेसिनको सफलतापूर्वक परीक्षणको कार्यसमेत गरिएको परियोजनाका कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिए। ‘प्रदेशमै पहिलोपटक […]
धनगढीः सुदूरपश्चिममा यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुनसक्ने अनुमान गरिएको छ। मनसुन सक्रिय हुने समयमा सुरु भइरहेको छ। यसबेला हुनसक्ने सम्भावित विपद्लाई लिएर सर्वसाधारणमा भने चिन्ता उत्पन्न भएको छ। यो समयमा विशेषगरी पहाडी जिल्लामा पहिरोको जोखिम बढी हुन्छ भने तराइका क्षेत्रमा डुबानको समस्या भोग्नुपर्ने हुन्छ। यसकै कारण सर्वसाधारण चिन्तामा छन्। तर, प्रदेश सरकारले […]
गाउँ होस् वा शहर बजार जहाँ भए पनि गर्भपतन गराउने चलन नयाँ होइन। पहिलादेखि नै अवैध र इच्छा विपरीत बसेको गर्भ तुहाउने वा पतन गर्ने चलन यहाँको समाजमा रही आएको छ। तर त्यो घरमै ज्यानलाई जोखिममा राखरे अप्राविधिक व्यक्तिबाट जबरजस्त शैलीमा भइरह्यो। जब स्वास्थ्य संस्थामा सहज रुपमै गर्भपतन सेवा गाउँमा पुग्यो, त्यो बेला धेरैलाई जानकारी […]
काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् । सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अर्को निर्णय […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुगेका छन् । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले काटिदिएको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन बोहरा काठमाडौं पुगेका हुन् । […]
काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । ‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले […]