होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारको मतान्तर कायम गरेका छन् । सोमबार साँझ सार्वजनिक मत विवरण अनुसार वाग्लेले २२ हजार ८२ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाएका छन् । तनहुँ १ को आँबुखैरेनी गाउँपालिका, […]
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनतामा त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता रहेको बताएको सांसद रामहरि खतिवडाले बताए । कांग्रेसले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्नका लागि […]
चितवन — चितवन-२ काे मतगणना सोमबार साेमबार दिउँसाे १ बजेबाट सुरू हुने भएकाे छ । सर्वदलीय र सर्वपक्षीय बैठकले सोमबार बिहान यस्ताे निर्णय गरेकाे बैठकमा सहभागी चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए ।हिजाे आइतबार भएकाे मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले प्रारम्भिक विवरण दिएकाे छ । चितवन-२ […]
बारा । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने […]
काठमाडौँ – दुईवटा मतपत्र लिएर मतदान केन्द्रमा पुगेपछि बारा–२ मा जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्। बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट जसपा नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादव पक्राउ परेका हुन् । यादवले स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोजेपछि पक्राउ गरिएको प्रहरीले […]
चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गरेका छन् । मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनको भनाइ छ । पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढंगबाट रेस्पोन्स पाउँदा उत्साहित […]
चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन् । उपनिर्वाचनका क्रममा चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै आफूमा पनि उत्साह बढेको बताएका हुन् । ‘बिहानदेखि उत्साह देखिएको छ । […]
नागरिक रैबार/बाजुरा ९ बैशाख।नयाँ वर्ष २०८० को अवसरपारी यही बैशाख १५ गतेबाट बुढीगंगा नगरपालिकाको फालासेनमा हुने प्रथम बार्जु महोत्सवलाई भव्य रुपमा सफल पार्न जिल्लास्थित सरोकारवाला निकायसंग छलफल गरिएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासमा टेवा पुर्याउने र कला सँस्कृतिक साहित्यको संरक्षण गर्ने उदेश्य सहीत बैशाख १५ देखि […]
काठमाडौँ । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा कम्युनिष्ट पार्टीका समूह धेरै हुनु दुःखद कुरा भएको धारणा राखेका छन् । उनले धेरै कम्युनिष्ट पार्टीहरु भएपनि ती पार्टीबीच सहकार्य र एकता हुनुपर्ने बताए । उनले अहिले कुन कम्युनिष्ट पार्टी असली पार्टी हो त्यो बुझ्न गाह्रो भइरहेको टिप्पणी समेत गरे । अध्यक्ष नेपालले राष्ट्रियता तथा देशको […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई सही विचारका आधारमा डोर्याउने प्रयास गरेको तर सफल नभएको बताएका छन् । कम्युनिष्टहरुले ल्याएको दुई तिहाई बहुमत बचाउन नसकेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसलाई किन बचाउन सकिएन भन्ने सवालमा त्यसको जिम्मेवारी सबैले लिनुपर्ने बताए । अहिले कम्युनिष्टहरुको समूह धेरै भएपनि जनतामा लोकप्रिय […]
पोखरा । गण्डकी प्रदेश सरकार ३ महिना १३ दिन मै ढलेको छ । एमालेको नेतृत्वमा माओवादी केन्द्र र राप्रपासहितको समर्थनमा गत पुस २५ मा बनेको सरकार दुवै पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो । अल्पमतमा परेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनका लागि शनिबार प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए । विश्वासको मत पाऊँ भन्दै […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत ७४ वर्षदेखि कम्युनिस्ट पार्टीविरुद्ध अनेकौँ प्रकारका प्रहार भइरहेको बताएका छन् । शनिवार पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘हामीलाई दुनियाँ लागेर घेरेर समाप्त पार्न खोजे । जन्मैदेखि कम्युनिस्ट पार्टीविरुद्ध प्रहार भए । लाठी, जेलनेल […]
काठमाडौँ । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा आइतबार बिहान ७ बजेदेखि […]
नागरिक रैबार/बाजुरा ९ बैशाख।नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीलाई फलफुल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा आज जिल्ला अस्पतालमा उपचाररत रहेका बिरामीहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । सर्वहारा गरिब […]
काठमाडौं, ८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका छन्। पूर्वराजा शाहको सचिवालयका अनुसार उनी परिवारसहित आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका हुन्। उनी नेपालगन्जसम्म हवाईमार्ग र त्यसपछि स्थलमार्ग हुँदै कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
काठमाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । यो अवधिमा दलहरुले प्रचारप्रसार गर्न पाउने छैनन् । वैशाख १० मा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । मतदानको दुई दिन अघिदेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म मौन अवधि लागू हुन्छ । यो अवधिमा निर्वाचन आचारसंहिता विपरीत वक्तव्य […]
लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो ।जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण दिइएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी […]
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ […]
उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् । तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयका […]