होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले हालै नेपालको संशोधित नक्सा जारी गरेको विषयमा सिंगो देश एकजुट देखिएको छ । संशोधित नक्सालाई संविधानको अनुसूचीमा सामेल गर्नका लागि सरकारले पेश गरेको संविधान संशोधन विधेयकलाई सर्वसम्मत रुपमा समर्थन जनाएको छ । यसका बाबजुद समाजवादी पार्टीकी सांसद सरिता गिरी अपवादका रुपमा देखिएकी छन् उनले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी छन् । […]
बाजुरा : बाजुरामा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । धुरालसैन मावि क्वारेन्टाइनमा बसेका मध्ये १७ जना र १ जना त्रिवेणी नगरपालिकाका गरि १८ जना कोरोना संक्रमित थपिएका हुन् । स्वाब संकलन गरि जेष्ठ १९ गते पठाइएको थियो । नमुना जाँचका लागि स्वाब पठाएको ११ दिन पछि धनगढी प्रयोगशालाबाट रिपोट आएको हो । पीसिआर जाँचमा […]
२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय […]
धनगढी : सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्। बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको […]
काठमाडौँ — सर्वोच्च अदालतले तत्काल कर बुझाउनुपर्ने सरकारको सूचना कार्यान्वयनलाई रोक लगाइदिएको छ ।न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको हो । आन्तरिक राजस्व विभागले कर तिर्न जारी गरेको सूचना जेठ २० गतेबाट बढाएर असार ५ पुर्याएको थियो । कर तिर्न ताकेता […]
भारतको विपक्षी पार्टी कंग्रेस आईले नेपालसँगको सीमा विवादको सहमति वार्ताद्वारा खोजिनुपर्नेमा जोड दिएको छ । सीमा विवाद राष्ट्रिय सरोकारको विषय भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने कंग्रेसको माग छ । लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको नेपालले सीमा विवाद समाधानका लागि वार्ताको पहल गर्दै आएपनि भारत सरकारले यसमा चासो देखाएको छैन । बरु उल्टै, सत्तारुढ […]
२९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने सरकारको निर्णय सही भएको शिक्षाविद्हरुले प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद्को बुधबार राति बसेको बैठकले विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । चैत ६ गतेका […]
काठमाडौँ – पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन् । सबिनलाई […]
नागरिक रैबार/बाजुरा २९ जेठ। बडीमालिका नगरपालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रममा वडा भित्रका ३५ जनाले जना युुवाले २० दिनको रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका ९ का लागि यसवर्ष ५ लाख २५ हजार रकम बराबको बजेट आएको बताईएको छ । विहिबार एक कार्यक्रमका वीच ९ का वडा […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २८ जेठ। बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । शोही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बड्दो छ । अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाएनको खर्च […]
२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ […]
२८ जेठ, सुर्खेत । कर्णालीमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख […]
कालीकोट — कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान साढे १० बजे कर्णालीमा खसेको छ । रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि आपतविपद् आएको समयमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यो सैह्य नहुने बताएका छन्। बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संकटको समयमा अनियमिता भयो भनेर लान्छना नलगाउन आग्रह गरे। ‘जेमा पनि अनियमिता भयो भनेर लान्छित गर्ने खालका प्रवृत्तिहरु पनि देखिन्छन्, म त्यो प्रवृत्ति नबग्न आग्रह गर्न चाहन्छु।’ […]
नागरिक रैबार/बाजुरा २८ जेठ। जिल्लाको त्रिबेणी नगरपालिकामा क्वारेन्टाइनमा उपचार गर्न गएका स्वास्थ्यकर्मी माथि हातपात भएको छ । त्रिबेणी नगरपालिका वडा न १ स्थित छतारा आधारभुत स्वास्स्थ सेवा केन्द्रका अहेवलाई क्वारेन्टाइनमा रहेका ब्यक्तीको नियमीत चेकजाच गर्न जाने क्रममा त्रिवेणी १ छताराका भिमबहादुर मिजारले ढंगा प्रहार गरेको त्रिवेणी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अहेव राम बहादुर […]
नागरिक रैबार/बाजुरा २८ जेठ । यतिवेला सिंगो मुलुक कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले पनि आफ्नो प्रयास जारी राखेको छ । नेपालमा कोरोना भाईरसको रोकथाम र नियन्त्रण गर्न सरकारलाई जनताहरुले पनि साथ दिईरहेका छन् । यतिवेला कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका […]
काठमाडौं – साढे २ महिनादेखिको लकडाउनले जनजीवन कठिन बन्दै गएपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए । लकडाउन लम्बिदै गएपछि […]
नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया नेपालको पूर्वी भू–भागमा आजकै दिन वा जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने भएको छ। हाल देशको […]
रियो दि जेनेरियो : ब्राजिलले सन् २०२३ मा आयोजना हुने महिला विश्वकप फुटबल प्रतियोगिता आयोजनाका लागि दाबी नगर्ने भएको छ। यसअघि ब्राजिलले उक्त विश्वकप आयोजनाका लागि दाबी प्रस्तुत गर्ने बताएको थियो। पछिल्लो विश्व परिस्थितिका कारण ब्राजिल फुटबल महासंघले आयोजनाको दाबीबाट आफ्नो नाम फिर्ता लिएको हो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण देशको आर्थिक अवस्था गतिलो […]
सुर्खेत : कर्णालीमा भोकमरीको खतरा बढेको छ। यहाँ सामान्य अवस्थामासमेत खाद्यान्न संकट हुन्छ। यो वर्ष कोरोना महामारीले थप भोकमरीको संकट निम्त्याउने संकेत देखा परेको छ। आन्तरिक उत्पादनले नथेग्ने कर्णालीमा कोरोनाका कारण अधिकांश परिवारलाई छाक टार्न थप समस्या भएको हो। लकडाउन थपिँदै गएको र ज्याला मजदुरी गर्ने अवस्था नहुँदा विपन्न परिवार बढी समस्यामा छन्। छाक टार्ने […]