होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
७ असार, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । लकडाउन खुकुलो बनाए पनि सरकारले विद्यालयलाई तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पढाइ सुरु गरिएको […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा झण्डै ५६ करोड बजेट खर्च गरेको छ। सरकारले खडा गरेको कोरोनाको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट ४२ करोड सहित करिब ५६ करोड खर्च गरेको हो। सुदूरपश्चिम प्रदेशको गत चैत ११ गतेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना भाईरसको रोकथाम, जोखिम न्यूनिकरण, क्वारेन्टिन तथा आपतकालिन व्यवस्थापननका लागि […]
नागरिक रैबार/बाजुरा ७ असार । बाजुरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार कोरोना संक्रमित थप भएका २ जना त्रिवेणी नगरपालिकाका ५० वर्षकी महिला र २२ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । उनीहरु २ जनाको धनगढी प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो। याे संगै बाजुरामा कोरोना संक्रमीतकाे संख्या ७२ […]
धनगढी : कैलालीको त्रिनगर नाकाबाट आज दुई सय ५४ जना भित्रिएका छन्। भारतका विभिन्न स्थानबाट त्रिनगर नाका भएर आज दुई सय ५४ जना नेपाली फर्किएको कैलाली प्रहरीले जनाएको छ। कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टका अनुसार ९६ जना भने नेपालबाट भारत गएका छन्। नेपाल भित्रिएकाहरुलाई सम्बन्धीत स्थानीय तह पठाउने कार्य भइरहेको डिएपी विष्टले बताए।
सिद्धराज भट्ट, धनगढी: सुदूरपश्चिम प्रदेशसभाले कैलालीको तेघरीमा प्रदेशको स्थायी राजधानी स्थापना गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको लामो समय भइसकेको छ। तर तोकिएको स्थलमा पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम अझै शुरु हुन सकेको छैन। प्रदेश राजधानी पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक तोकिएका क्षेत्रीय वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बजेट अभावमा राजधानी स्थापना गर्नेसम्बन्धी कुनै काम अघि बढ्न […]
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । यस्तै मृतकको संख्या २३ पुगेको छ । आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् । मन्त्रालयका […]
७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]
धनगढी : सुदूरपश्चिममा आज ७६ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौँमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको हो। काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो। यता धनगढीस्थित […]
काठमाडौं । स्थानीय तहहरु बजेटको अन्तिम तयारीमा जुटेका छन् । असार १० गतेसम्मभित्रै गाउँसभा/नगरसभा बोलाएर आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाहरुले बजेटको तयारी अघि बढाएका हुन् । केही स्थानीय तहले भने गाउँसभा/नगरसभा बोलाएर नीति तथा कार्यक्रम प्रस्तुत समेत गरिसकेका छन् । शुक्रबार काठमाडौँ महानगरपालिकाले नगरसभा बोलाएर आगामी आर्थिक वर्षको […]
बाजुरा: चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुरा पुगेका छन्। दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडि जिल्ला घुम्ने क्रममा उनी बाजुरा पुगेका हुन। डाक्टर केसी एक हप्ता बाजुरा बस्ने जनाइएको छ। डाक्टर केसीले यसअघि बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लामा पुगेर सेवा दिइसकेका छन्। बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका […]
नेपालमा आज एकैदिन तीन सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय पाँच पुगेको छ। नेपालमा ७४ जिल्लामा कोरोना फैलिएको […]
नागरिक रैबार/बाजुरा ६ असार। बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बडीमालिका नगरपालिकामा राहत वितरणमा ७ किलो दिएर ३० किलोको भुक्तानी लिई भ्रष्टाचार गरेका रहेछौं भने नगरप्रमुख, उपप्रमुख र ९ वटै वडाका वडा अध्यक्षहरु सहित सामुहिक आत्मदाह गर्न तयार रहेको बताएका छन् । कोरोना भाईरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीमा नगरपालिका भित्रका अतिसमस्यामा […]
सोलुखुम्बुमा एक दलित बालक कुटपिटका कारण सख्त घाईते भएका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ सिसाखोलामा एकजना दलित बालकले ढोका छोएको निुहँमा निर्घात कुटपिट भएपछि उनी सख्त घाईते भएका हुन् । जेठ ३१ गते स्थानिय तारा थापमगरको घरमा पुगेका १६ बर्षिय बालक दिपक विश्वकर्माले मगरको घरको ढोका छोएको भन्दै निज तारा थापामगर र […]
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन दोस्रो साता गर्ने तयारी सुरु भएको छ। कोरोना भाइरसको उच्च जोखिमका कारण चैत्र २८ र २९ गते तय भएको महासंघको निर्वाचन जेठ ७ र ८ मा गर्ने तय गरिएको थियो। सो समयमा पनि चुनाव हुा नसकेपछि अब साउन दोस्रो हप्तादेखि तेस्रो हप्ताभित्र निर्वाचन गर्ने तयारी गरेको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा कृषि तर्फ ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण गर्ने तयारी भएको छ। सुदूरपश्चिम सरकारको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालय डोटीले आर्थिक बर्षको अन्त्यमा हतार–हतारमा कृषि उपकरण वितरण गर्ने तयारी थालेको हो। ५ करोडका कृषि उपकरण अनुदानमा वितरणका लागि निर्देशनालयले ५ महिना अघिदेखि नै प्रक्रिया अगाडी बढाएको थियो। उपकरण […]
६ असार, जनकपुरधाम । प्रदेश २ बाह्रै महिना विपदको जोखिममा रहने प्रदेश हो । अत्यधिक गर्मीसँगै हाबाहुरी, हाबासँगै अत्यधिक आगलागी, बर्षाको समयमा बाढी र कटान तथा जाडोको समयमा शितलहरीले व्यक्तिको ज्यान जाने गर्छ । यी विपद जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले रु ५ करोड ८० लाख बजेट विनियोजन गरेको छ आगामी आर्थिक बर्षका लागि । […]
नागरिक रैबार/बाजुरा ६ असार। रुकुम-जाजरकोट घटनामा आधारित गीत सार्वजनिक भएको छ । गत जेठ १० गते रुकुम जाजरकोटको सोती घटनामा माया प्रेम गरेकै कारण त्यहाँकी सुस्मा मल्लका आफन्तहरुले नवराज विक सहित ६ जनाको निर्मम हत्या गरेका थिए । सोही घटनामा आधारित गीतहरु अहिले बजारमा दिन प्रतिदिन आउने क्रम जारी छ । घटनामा सलग्नहरुको खोजी गरि […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार बिहान बसेको सोे पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि विदेशी महिलाले […]
६ असार, काठमाडौं । पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ […]
धनगढी : कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिदै गएपछि आजदेखि नगर क्षेत्र सील गरिएको छ। एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि गोदावरी नगर क्षेत्र अनिश्चितकालका लागि सील गरीएको नगर प्रमुख हरिसिंह साउँदले बताए। नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमती भइसकेको समेत उनले जानकारी दिए। […]