होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । निर्वाचन आयोग नेपालले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन् । १५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बजाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।इलाममा एमालेका सुहाङ […]
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रवार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रवार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए। सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ। यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को […]
धनगढीः सुदूरपश्चिममा आगलागीका घटना भयावह रुपमा बढ्न थालेको छ।प्रदेशका नौवटै जिल्लामा एकपछि अर्को आगलागी हुन थालेको हो। आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म आगलागीबाट पाँच करोड २० लाख २७ हजार पाँच सय मुल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ। अहिलेसम्म एक सय ९६ आगलागीका घटना भएको तथ्यांक सार्वजनिक भएको छ। सुदूरपश्चिम प्रदेश […]
काठमाडौं । भर्खरै सम्पन्न उपनिर्वाचनमा सिमित उम्मेदवारले मात्रै जमानत जोगाएका छन्। प्रतिनिधिसभा सदस्यतर्फ इलाम–२ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी जफत भएको छ। लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ लगायत १६ जनाको धरौटी जफत भएको हो । इलाम–२ मा विजयी भएका एमालेका सुहाङ नेम्बाङ, […]
काठमाडाैँ । वैशाख १५ गते भएको उपनिर्वाचनमा नेकपा एमालेले क्लिन स्विप गरेको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ दुवै स्थानमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । इलाम २ मा मंगलबार बिहान सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ विजयी भए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका डम्बर बहादुर […]
राजेन्द्र विक बाजुरा,१८ बैशाख । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सह-इन्चार्ज तथा पुर्व खानेपानी मन्त्री बिना मगरले नेपालको समृद्धि माओवादी केन्द्र बाट मात्रै सम्भव भएको बताउनु भएको छ। माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समितिको २ महिने रुपान्तरण अभियान अन्तरगत माओवादी केन्द्र बाजुरा जिल्ला समन्वय समितिको आयोजनामा सदरमुकाम मार्तडिमा संचालन भएको अभिमुखिकरण कार्यक्रममा बोल्नु हुँदै […]
काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । शनिबार भएको मतदानमा सो क्षेत्रमा ५८ प्रतिशत मत खसेको थियो । उक्त […]
वैशाख, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन गर्न दिने निर्णय गरेको छ । आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ । यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी […]
सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित देखिए । एकजना […]
काठमाडौँ । प्रहरीले शनिबार दुई स्थानमा हुने उपनिर्वाचनका लागि सुरक्षा योजना तयार गरेको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ प्रहरीले सुरक्षा योजना तयार गरेको हो । शनिबार इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनजर गर्दै सुरक्षा योजना बनाइएको भन्दै प्रहरीले इलाम २ मा […]
काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार […]
कैलाली — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ ।मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् । तर, नाउपाभित्रैको किचलो […]
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए । शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको […]
नागरिक रैबार/ बाजुरा २१ चैत। नेकपा एमाले बाजुराले पार्टीको ८ औं जिल्ला अधिवेशन २०८१ जेठ १ देखि ३ गतेसम्म सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेकाे छ । नेकपा एमाले बाजुराकाे आज सदरमुकाम मार्तडीमा बसेकाे १३ औं पुर्ण बैठकले पार्टीकाे आठौं जिल्ला अधिवेशन आगामी जेठमा सम्पन्न गर्ने निर्णय गरेकाे हाे । यस अघिकाे जिल्ला कमिटीकाे बैठकले माघ […]
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले संघीय संसदका महासचिव पदमप्रसाद […]
काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मङ्गलवार बिहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् । लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिएका छन् । केन्द्र सरकारको समीकरण बदलिएसँगै सुदूरपश्चिम प्रदेश सरकारबाट […]
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि सुरु हुँदै छ । परीक्षा भोलि (बिहीबार) बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन भोलि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार आठ सय ६ विद्यालयबाट पाँच लाख चार हजार ४१४ परीक्षार्थी सामेल हुने परीक्षा […]
नागरिक रैबार। भोलि (बिहिवार) बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोवाईल फोन तथा चिटजन्य सामग्री नल्याउन शिक्षा विकास तथा समन्वय इकाई बाजुराले आग्रह गरेको छ । एसईईको बार्षिक परीक्षाको परीक्षा केन्द्र नजिक तथा भित्र मोवाईल, चिटजन्य सामग्री तथा हाततियार निषेध गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ । त्यस्तै निषेयिधत सामग्री […]