होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ भदौ, चितवन । चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. नीतु अधिकारीले जानकारी दिइन् । संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन् । महानगरपालिकाका वडा नं., ७, ९, १०, ११ र १२ […]
नागरिक रैबार बाजुरा ७ भदौ बाजुरामा काँग्रेसको आधार ईलाका मानिदै आएको त्रिवेणी नगरपालिकामा काँग्रेसलाई यतिखेर ठुलो धक्का लागेको छ ।वर्षौदेखि काँग्रेस पार्टीमा आस्थावान रहेका त्रिवेणी नगरपालिका १ छताराका २९ जनाले एक कार्यक्रमका वीच काँग्रेस छाडेर नेकपामा प्रवेश गरेका छन् । काँग्रेस छाडेर नेकपामा प्रवेश गर्नेमा त्रिवेणी १ का गणेश नेपाली, उत्तम नेपाली, पदम नेपाली, बाले […]
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियाननै सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गरेका छन् । मन्त्री गुरुङले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि पनि महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे । जिल्ला समन्वय समिति महासंघ, नेपालले आईतबार […]
काठमाडौं । एकैदिन कोरोनाभाइरसबाट देशका विभिन्न स्थानमा ८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरसबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । साउन २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार साँझ ५ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रतिष्ठनका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए । […]
७ भदौ, काठमाडौं । लकडाउन अन्त्य भएसँगै मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा गरिएको छ । त्यसअनुसार १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू […]
काठमाडौं । राजश्व छलीका लागि नयाँनयाँ उपायहरु अपनाउन थालिएको खुलासा भएको छ । भन्सार नाकामा जाँचपास व्यवस्थित हुँदै गएपछि यस्ता नयाँ उपाय अपनाएर राजश्व छली गर्ने क्रम बढेको हो । त्यही क्रममा भारतीय ट्रकमा खुफिया कोठा (फल्स बटम) बनाएर राजश्व छली गर्न खोजेको पाइएको छ । भारतीय ट्रकमा छुट्टै नदेखिने क्याविन कोठा बनाएर कपडाको चोरी […]
काठमाडौँ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ । आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जानकारी […]
काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो । नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।मिर्गौलाको समस्या भएका […]
युएई- दुबई एयरपोर्टमा अलपत्र परेका नेपाली अन्ततः आज स्वदेश फर्किएका छन् । गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका यात्रुहरुलाई नेपाल एयरलाइन्सकै वाइड बडी (ए-३३०) को उडानबाट आज स्वदेश फर्काइएको हो। जहाजमा २ सय ६४ जना यात्रु रहेका छन् भने २ जनाको शव पनि पठाइएको छ। आजको उडान पनि तोकिएको समय भन्दा […]
७ भदौ, डोटी । गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् । मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले पुष्टि गरे । उनले भने ‘चालकमा कोरोना पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा त बस्नु परिहाल्यो नि ।’ भदौ […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा […]
काठमाडौं । देशभरका ९४ स्थानीय तहहरु अझै पनि पूर्ण अन्धकारमा छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार देशभरका ७ सय ५३ स्थानीय तहहरुमध्ये उक्त संख्यामा सो संख्यामा स्थानीय तहहरु विद्युत् सेवाबाट पूर्ण रुपमा वञ्चित भएका हुन् । बाँकीमध्ये २ सय ३५ स्थानीय तहमा विद्युत् सेवा उपलब्ध छ, त्यो सो क्षेत्रका सबै जनताले उपभोग गर्न पाएका छैनन् […]
सर्लाही । सर्लाहीमा एक पुरुषलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित पुनर्वास टोलस्थित ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पासवानले मादक पदार्थ सेवन गरी ५० वर्षीया आमा उर्मिला पासवानलाई ढुङ्गा प्रहार गर्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो । […]
७ भदौ, काठमाडौं । सरकारले कोभिड-१९को नियन्त्रण र रोकथामका लागि भनेर ११ चैत २०७६ मा लकडाउन शुरु गरेको थियो । त्यसयता साउन मसान्तसम्म कुल ५१ हजार मानिस नेपाल आएका छन् । त्यसमध्ये केही विदेशी भएपनि नेपाल भित्रने अधिकांश नेपाली नागरिक हुन् । अध्यागमन विभागको तथ्यांक अनुसार साउन मसान्तसम्म कुल ५० हजार ७ सय २३ जना […]
कञ्चनपुर: कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व सुुरु भएको छ। शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन्। घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ […]
महेन्द्रनगर: धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायको घर घरमा मनाइँदैछ। भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी वर्त बस्ने परम्पराअनुसार थारु समुदायले अट्वारी पर्व मनाइरहेका छन्। दुई दिनसम्म मनाइने अट्वारी पर्वमा हिन्दू महिलाको महान धार्मिक चाड हरितालिका तीजपछिको शनिबार मध्यरातिमा दर (भिन्सर्या) खाएर थारू […]
रौतहट । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी […]
लमजुङ । बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो । थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद […]
बझाङः आज मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको एक सय ४३ औं जन्मजयन्ती मनाईदै छ। जयपृथ्वी बहादुर सिहको सम्झना गर्दै उनको एक सय ४४ औँ जन्म जयन्ती मनाईन लागिएको हो। कोरोना महामारीका कारण औपचारिक कार्यक्रम गर्न नसकिएपनि सिहको सम्झना गर्दै जन्म जयन्ती मनाईरहेको बझाङको जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले बताईन्। दक्षिण एसियाकै तारा तथा दोस्रो गौतम बुद्धका […]
चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । […]