होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२२ भदौ, काठमाडौं । नाम बदलेर काठमाडौंमा उपचार गराइरहेका विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । सिन्धुलीमा शिक्षकको अपहरणपछि फरार विप्लव समूहका जिल्ला समिति सदस्य राजीव सुनुवार छद्म नाममा काठमाडौंमा उपचार गराइरहेका बेला पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको प्राविधिक सहयोगमा उनलाई प्रहरीले अर्थोपेडिक अस्पताल, जोरपाटीबाट पक्राउ गरेको हो । अस्पतालमा उनी […]
काठमाडौं – नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए […]
२१ भदौ, कैलाली । कैलाली गौरिगंगा नगरपालिका- १० उदासीपुरका जंगबहादुर सार्की मुक्त हलिया हुन् । तर, उनको नाम कुनै पनि सरकारी निकायको रेकर्डमा छैन । त्यसैले मुक्त हलियाले पाउने सरकारी सेवा–सुविधाबाट उनी बञ्चित छन् । ९ सन्तानका बाबु जंगबहादुरका २ छोरा र ७ छोरी छन् जसमध्ये ३ छोरीको बिहे भइसक्यो । श्रीमतीसहित ४ सन्तानको जिम्मेवारी […]
काठमाडौं, २१ भदौ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमका खेलाडीको एक बर्षदेखि रोकिएको तलब पठाउन सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो । आइतबारबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको क्यानले जनाएको छ । क्यानले खेलाडीको बैंक खातामा तलब पठाउने […]
एजेन्सी,२१ भदाै । युरोपियन फुटबल यूईएफए नेसन्स लिग अन्तर्गत आज राती विभिन्न १० खेलहरु हुँदैछन्। लिगमा आज जर्मनी, स्पेन,वेल्स, रुस लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्दैछन ।लिग ’ए’ समूह ४ मा रहेको जर्मनीले स्विजरल्यान्डसँग खेल्दैछ । स्विट्जरल्यान्डको घरेलु मैदानमा हुने जर्मनी र स्वीजरल्याण्डबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।जर्मनी स्विजरल्यान्डविरुद्ध पहिलो जित निकाल्ने […]
काठमाडौँ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ ।कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै […]
बैतडी : संसार हेर्ने आँखाको ज्योति नै गुमेपछि बैतडीमा एक दलित दम्पतीलाई जीवनयापन गर्न निकै सकस भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१ कलौनका ३५ वर्षीय मदन लुहार र २५ वर्र्षीया पार्वती लुहार दृष्टिविहीन छन्। दुई छोरा र एक छोरीका अभिभावकसमेत रहेको यो दम्पतिको विवाह १० वर्षअघि भएको थियो। त्यतिबेला पार्वतीको उमेर १५ वर्षको मात्र थियो। मदनको […]
नागरिक रैबार/बाजुरा २० भदौ। बाजुरामा पनि नेपाल स्वयंसेवक संघ गठन गरिएको छ । नेपालमा बिशुद्ध रुपमा सामाजिक सेवामा समर्पित स्वयंसेवक संघ नेपाल बाजुरामा पनि गठन गरिएको हो । सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठनका रुपमा रहेको यस संघमा मंगल नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला स्वयंसेवक संघ चयन गरिएको छ । मंगल नेपाली अध्यक्ष रहेको […]
२० भदौ, कैलाली । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी राति १२ बजेपछि ड्युटीमा खटिएका थिए । […]
२० भदौ, बाग्लुङ । बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्रै होइन ठूलो मात्रमा भौतिक क्षति भएको छ । बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पुर्याएको छ । बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने २४ अझै बेपत्ता रहेको जिल्ला […]
श्रीकृष्ण अनिरुद्द गाैतम । विचार । काठमाडौँ — आज राजनीतिको केन्द्रीय भावमा कुन दल र कुन नेता छ ? केन्द्रीय भाव अर्थात् जो राष्ट्र मर्मअनुरूप छ, जसमाथि भरोसा गर्न सकिन्छ, जसको नेतृत्वमा आफू, आफ्नो परिवार र देश सुरक्षित छ भनेर मानिस ढुक्क हुन्छन् । जसमाथि आज नपुग भए भोलि होला, अहिले अपर्याप्त भए पनि क्रमशः […]
२० भदौ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको छ । केन्द्रीय सदस्यहरुको जुम मिटिङबाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले आजको छलफलमा दबाबमुलक कार्यक्रम गर्नेबारे छलफल हुने बताए […]
आजैको दिन अर्थात् सेप्टेम्बर ५, १९९७ मा नोबेल पुरस्कार विजेता मदर टेरेजाको ८७ वर्षको उमेरमा निधन भयो । टेरेजाले आफ्नो पुरा जीवन रोगी र गरिबहरुको सेवामा बिताएकी थिइन् । कोलकत्तामा आफ्नो सामाजिक संस्था मिसनरिज अफ च्यारिटीको हेडक्वाटरमा हृदयघात भएपछि उनको निधन भयो । उत्तरी मेसिडोनियामा जन्मिएकी यी भिक्षु जीवनका पछिल्ला वर्ष रोगसँग संघर्षरत थिइन् । […]
कैलाली – सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पतालहरुमा १०२ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३६,टिकापुर ३१, महाकाली २०, अछाम १०, डोटी २, डडेल्धुरा २ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । १ हजार १८३ जना भने सामन्य उपचारपछि घरफर्कि सके भने शंकास्पद १४ जना आइसोलेसनमा […]
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस विरुद्धको युद्धमा ‘फ्रन्ट लाइनका लडाकु’ मानिन्छ । देश–देश बीचको युद्धमा सेनाको जस्तो भूमिका हुन्छ, अदृष्य कोरोना भाइरसविरुद्धको युद्धमा चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका त्यति नै महत्त्वपूर्ण मानिएको छ । बिरामीको स्वास्थ्य परीक्षण एवं उपचारका क्रममा कयौं चिकित्सक तथा स्वास्थ्यकर्मी आफै पनि कोरोनाबाट संक्रमित भएका छन् । विश्वमा कोरोना भाइरसविरुद्धको युद्धका क्रममा कयौं […]
तनहुँ : तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आए। बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेका उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाएनन्। “मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उनले भने, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु […]
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । जारी पूर्वानुमानमा महाशाखाले हाल देशभरका प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भइरहेको र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी […]
२० भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । प्रश्नावलीमा घर तथा घरपरिवार सूचीकरण सहित कुल ७६ प्रश्न समेटिएका छन् । प्रश्नावली तयार हुनुलाई जनगणनाका लागि नभई नहुनेमध्येको एउटा महत्वपूर्ण काम सम्पन्न भएको मानिन्छ । तर नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वि.सं. १९६८ देखि हरेक दश वर्षमा […]
१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । […]
नागरिक रैबार/बाजुरा १९ भदौ। दक्षिण कोरियाको विमानस्थलमा ४० जना नेपाली अलपत्र परेका छन् । दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवती र ३६ जना युवा अलपत्र परेका हुन् । शुक्रबार बिहान स्थानीय समय अनुसार ५ बजे दक्षिण कोरियाबाट काठमाडौंका लागि कोेरियन एयरलाइन्सले उडान भर्ने तालिका थियो । सो उडानमा २ सयभन्दा बढी नेपालीले स्वदेश फर्किनको […]