होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • इतिहासमा आज – मदर टेरेजाको निधन
स्वास्थ्य-जीवनशैली

इतिहासमा आज – मदर टेरेजाको निधन

  • नागरिक रैबार
इतिहासमा आज – मदर टेरेजाको निधन

आजैको दिन अर्थात् सेप्टेम्बर ५, १९९७ मा नोबेल पुरस्कार विजेता मदर टेरेजाको ८७ वर्षको उमेरमा निधन भयो । टेरेजाले आफ्नो पुरा जीवन रोगी र गरिबहरुको सेवामा बिताएकी थिइन् । कोलकत्तामा आफ्नो सामाजिक संस्था मिसनरिज अफ च्यारिटीको हेडक्वाटरमा हृदयघात भएपछि उनको निधन भयो ।

उत्तरी मेसिडोनियामा जन्मिएकी यी भिक्षु जीवनका पछिल्ला वर्ष रोगसँग संघर्षरत थिइन् । जसकारण, उनले मार्चमै आफुले स्थापना गरेको संख्याको प्रमुखबाट राजिनामा गरिन् ।

घरवारविहीनका लागि गरेको सेवाका कारण जीवित सन्तका रुपमा संसारभर मदर टेरेजा प्रसिद्ध छिन् । उनको अतुलनीय मानव सेवाका लागि सन् १९७९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

विज्ञापन

२६ अगस्ट १९१० तत्कालीन अट्टोमन साम्राज्यअन्तर्गतको उत्तरी मेसिडोनियामा टेरेजाको जन्म भएको थियो । आयरल्यान्डमा लोरेटो सिस्टर्सहरुसँग भिक्षुको तालिम लिएर सामाजिक काम थालिन्, यसपछि उनको नाम सिस्टर टेरेजा रहन गयो । १९१८ यता उनले कोलकाताका झुपडबस्तीमा काम गर्न थालिन् । कहिलेकाँही हिन्दुु अतिवादीहरुले गरिबलाई क्रिष्ट्रियन बनाउन खोजेको भन्दै उनको आलोचना गर्ने गरेका थिए र अहिले पनि गर्छन् । उदारवादीहरु भने गर्भपतन र गर्भधारणा रोक्ने औषधीको प्रयोगमा रोक लगाउने उनको परम्परागत अडानलाई मन पराउँदैन थिए ।

उनको आत्मकथा लेख्ने नविन चानाका अनुसार टेरोजाले ‘विश्वको दयालुपनलाई नयाँ उचाई दिइन्’ । मदर टेरेजाको निधनपछि उनको अन्त्येष्टीमा लाखौं मानिस सडकमा ओर्लिएका थिए । टेरेजाले १ सय ३० देशमा आफ्नो संस्था फैलाएकी थिइन् । यस ठूलो संख्यामा बालबालिकालाई आश्रय दिने तथा ४० लाख मानिसलाई प्रतिवर्ष उपचार गर्ने गरेको थियो । टेरजाको राजिनामापछि उनकी उत्तराधिकारी निर्मला जोशीले २०१५ सम्म यस संस्थाको प्रमुखको जिम्मेवारी सम्हालिन् । नेपाली बाबुु–आमाकी छोरी निर्मला ‘सिस्टर निर्मला’ नामले विश्वप्रसिद्ध छिन् । निर्मलाले अफगानिस्तान, इजरायल, थाइल्यान्डलगायत देशमा समेत मिसनरीजको शाखा खोलिन् । २०१५ मा निर्मलाको निधनपछि मेरी प्रेमा पिईरिक यस संस्थाको प्रमुख छिन् ।

अन्य घटनाक्रम

१६६६– लण्डनमा भीषण आगलागी हुँदा १३ हजार २ सय घर क्षतिग्रस्त, आठजनाको मृत्यु।

१८३९– व्यापार विवाद चरम अवस्थामा पुुगेपछि पूर्वी चीनमा चीन र बेलायतबीच प्रथम अफिम युद्धको सुरुवात ।

१८८२– अमेरिका इतिहासमा पहिलो श्रम दिवस परेड न्युर्योक शहरमा आयोजना । सिटी हलदेखि युनियन स्क्वायरसम्म परेड गर्नका लागि १० हजार मजदुरले बेतलबी बिदा लिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार