होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ भदौ, काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपाली भने कोरोनाका कारण माहोल अर्कै छ । काठमाडौं उपत्यकाका बुधबारसम्म त कडा निषेधाज्ञा नै थियो । तीन साता लामो निषेधाज्ञा बिहीबारबाट खुकुलो बनाइयो । केही बन्देजहरुसहित बजार नियन्त्रितरुपमा […]
धनगढीः दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ। धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्। सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता […]
२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी गरेको छ । कांग्रेसले आगामी फागुन ७–१० गते काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बुधबार १०७ औं वीपी जयन्तीको अवसरमा भएको ‘वीपी विचार नेपालको समुन्नतिको […]
तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाका करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ । गाउँपालिका–१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका–२ को गजरकोट, काठेकोट, घिरिङ गाउँपालिका–४ को जिताकोट, गड्यौलीटारका करिब एक हजार घरमा विद्युतीकरण बाँकी रहेको घिरिङ विद्युतीकरण […]
२६ भदौ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान गरेको छ । १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएको सिटीईभिटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए । प्रमाणपत्र […]
काठमाडौँ — संविधानले स्थानीय तहलाई दिएको माध्यमिक शिक्षासम्मको अधिकारमा हस्तक्षेप गर्दै आएको शिक्षा मन्त्रालयले कोरोना महामारीले प्रभावित कक्षा सञ्चालनको जिम्मा अन्ततः पालिकाहरूलाई सुम्पेको छ । शिक्षा क्षेत्रका व्यक्तिहरूले भने मन्त्रालयले आफैंले केही गर्न नसकेपछि बाध्य भएर कक्षा १२ सम्मको कक्षा सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको आरोप लगाएका छन् । असारमा वैकल्पिक सिकाइ सहजीकरण अभियान सुरु गरेको मन्त्रालयले […]
२६ भदौ, झापा । झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ । यसअघि २४ गते धादिङ र १९ […]
२६ भदौ, विराटनगर । प्रसूति व्यथाले च्यापेकी विराटनगर महानगरपालिका-६ की ३० वर्षीया विमला ऋषिदेवलाई आफन्तले बुधबार राति करिब १ बजेतिर कोशी अस्पताल ल्याए । प्रसव पीडामा रहेकी उनलाई अस्पतालले भर्ना गर्न मानेन । उनीहरुसँग निजी अस्पताल लैजान खर्च थिएन । मध्यरातमा खर्च जोहो गर्दागर्दै बच्चा जन्माउन नसक्दा विमलाको ज्यान गएको छ । सुकुमबासी टोलमा बस्दै […]
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो । बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ । […]
२६ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन एक हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९६ हजार ५५१ नयाँ संक्रमित थपिएका छन् । एकैदिन थपिएका […]
नेपालको राज्य पुनसंरचनापछि पहिलोपटक जनगणना हुँदैछ । संघीय नेपालमा २०७८ सालको जेठ/असारमा हुने जनगणनाले आगामी दशकमा देश विकासको खाका तयार गर्ने प्रमुख आधार तयार गर्नेछ । यस बर्षको जनगणनाले व्यक्तिगत रुपमा करिब हरेक व्यक्तिका करिब ५२ वटा सूचना संकलन गर्नेछ भने सामुदायिक तर्फ करिब १ सयवटा नयाँ सूचनाहरु ल्याउनेछ । यी सूचनाहरुको विश्लेषणबाट सरकारले आगामी […]
जतीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको फैसला गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो । काउछा मगरले गत जेठ २३ गते दिउँसो मलामी गएर फर्किने क्रममा अविरल […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको छ । बिहीबार प्रदेशका बिभिन्न अस्पतालबाट थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको हो । कैलालीका ६७, कंचनपुरका २ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । सक्रिय संक्रमितमा अछाम […]
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ । अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त […]
२६ भदौ, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन । वडाध्यक्षको निधनको शोकमा आज खार्पुनाथ गाउँपालिकाका […]
धनगढी : धनगढीबाट अछामका लागि छुटेको जीप डोटीमा दुर्घटना हुँदा १२ जना घाईते भएका छन्। आज बिहान ५ बजे से १ ज ११६६ नम्वरको जीप डोटीको पुर्वीचौकी गाउँपालीका १ शान्तीनगर नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कार्यालयका प्रहरी निरिक्षक कर्णवहादुर बोहराले घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको बताए। जिप सडकबाट एक […]
अछाम : अछाममा रुखमा च्यापिएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साकी २१ बर्षीया निशा थापाको बिहिबार रुखले च्यापिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ। बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउने क्रममा सल्लाको मुढाले घाँटी च्यापिएपछि उनको घटनास्थलमै ज्यान गएको हो। घटना बिहिवार दिउसो साढे ३ बजेतिर भएको स्थानीय […]
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी फागुनको ७ देखि १० गतेसम्म हुने गरी बनाइएको कार्यतालिका प्रभावित भइसकेको अवस्थामा महाधिवेशनको अर्को मिति तोक्नुपर्ने बाध्यता निम्तिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा महाधिवेशन सम्भव नभएको स्वीकार गर्दै सबैको सहमतिमा महाधिवेशनबारे निर्णय हुने बताएका छन् । कोरोना महामारीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भइरहेको अवस्थामा […]
२६ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको व्यवस्था मिलाइएको छ । उनीहरुको पालनपोषण, संरक्षण र शिक्षाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो । अभिभावक गुमाएका ७ जना बालबालिकाहरु २५ भदौमा एसओएस बालग्राम काभ्रे पुगिसकेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधासहित बस्नेछन् । […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ। जारी मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी […]