होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । गत वर्षहरुमा जस्तै यसपाली पनि सरकारले उपत्यकावासीलाई दशैँमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको छ । सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक ६ करोड रुपैयाँ बराबरको खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको हो । यस पटक खाद्यले तीन हजार वटा खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । […]
काठमाडौं । बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पीसीआर परीक्षण गराउन सकिने भएको हो । सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालीले जनाएको छ । विधका संचालक भीमकान्त भण्डारीका अनुसार बढ्दो संक्रमणलाई मध्यनजर […]
२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी निधन तथा वेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन् । प्रचण्डले आइतबार शोक वक्तव्य जारी गर्दै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार रातिको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख […]
२८ भदौ, काठमाडौं । उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेकी छैनन् । अखबारमा उनको नाम छापिएको छैन । भिडियो अन्तरवार्ताका लागि तँछाड-मछाड गर्दै दौडिएकी पनि छैनन् । उनको नाम हो – गीता श्रेष्ठ । सामाजिक अभियन्ता रितु लिम्बुबाट पहिलोचोटि सुनिएकी थिइन्, गीता । अनलाइनखबरले उनीसँग सम्पर्क गर्ने प्रयास गर्यो । दिउँसो करिब साढे एकबजे गीताले […]
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ । तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतका लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा […]
प्रहरीको यातनाबाट युवकको मृत्यु भएको परिवारजनको आरोप, शौचालयमा आत्महत्या गरेको प्रहरीको दाबी, मानव अधिकार आयोगको चासो मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका धनगढीका दलित युवकको जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएको छ । प्रहरीको यातनाबाट युवकको मृत्यु भएको परिवारजनको आरोप छ भने शौचालयमा आत्महत्या गरेको प्रहरीको दाबी छ । धनगढी–५ का १९ वर्षीय रोशन विकलाई मोबाइल […]
काठमाडौं। शनिबार साँझको समयम हो सडकहरु सुनसान हुँदै थिए । कोरोना भाइरसका कारण मानिसहरुको भिडभाड कम नै छ । यही बेला सडकमा अनौठो दृश्य देखा पर्यो । जब सडकमा विमान गुडेको दृश्य देखे तब स्थानीय चकित परे । त्यो विमान आपतकालिन अवतरण गरेको पनि होइन । त्यो त त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई […]
काठमाडौ २८ भदौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताउनुभयो । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित […]
राजधानी काठमाण्डाैबाट प्रकाशित हुने दैनिक पत्रिकामा के-के छापिए आजका पत्रपत्रिकाका (फ्रन्टपेज हेर्नुहोस)
काठमाडौं, २८ भदाै । देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई आज पाँच वटा प्रदेशमा हल्कादेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाे जानकारी दिएकाे छ […]
धनगढीः शनिबार सुदूरपश्चिमका पाँच सय बढि व्यक्ति भारतबाट फर्किएका छन्। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट गरी पाँच सय ७ जना नेपाली स्वदेश फर्किएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले गड्डाचौकी नाकाबाट एक सय दुई जना र गौरीफन्टाबाट चार सय पाँच जना स्वदेश फर्किएको जानकारी दिए। यस्तै प्रहरी नायब उपरिक्षक […]
काठमाडौं, २७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज महिला ३ र पुरुष ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २-२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षिया महिला, ५१ र ५४ वर्षिय […]
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौँ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो। विश्वभरी नै फैलिएको कोरोना संक्रमणका कारण रोजगारी गुमाएका सुदूरपश्चिमवासीका […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ७ सय ५४ पुगेको छ। प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या सात सय ५४ पुगेको हो। जिल्लाका सक्रिय संक्रमित संख्या मध्य कैलालीमा सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार शुक्रबार सम्म कैलालीमा चार सय ६९ जना संक्रमित रहेका छन्। […]
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुरका कमल ठडराईले २०७० सालमा आफ्नै जग्गामा पनि सहजै घर लगाउन पाएनन् । आफ्नै जग्गामा घर बनाउने योजना बनाउदानै उनले जातीय विभेदको सामना गर्नुपर्यो । घर बनाउनका लागि उनले आधा कट्टा जमिन किनेका थिए । जग्गासंगै छ माया नेगीको घर । घर बनाउन खोज्दा उनै माया नेगीले अवरोध गरिन् […]
नेपाली काँग्रेस डडेल्धुराले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि गरिएको कुटपिटको भन्सर्ना गरेको छ। प्रदेश सभा सदस्य तथा काँग्रेस डडेल्धुराका सभापति कर्णवहादुर मल्लद्वारा जारी विज्ञप्तीमा घटनाको भत्सर्ना गरिएको हो। ‘सुदूरपश्चिमकै स्थापित एफएम दिनेश संचार गृहमा अराजक शैलीले सह–सम्पादक जनक बिष्ट लगायतका पत्रकारहरुमाथि गरेको सांघातिक आक्रमणको घटनाप्रति नेपाली काँग्रेस डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तीमा भनिएको […]
धनगढी — जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवकको शुक्रबार बिहान मृत्यु भएको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनको म्याद दिइएको एसपी बस्नेतले बताएका छन् । चोरीको अभियोगमा चार दिनअघि […]
धनगढी–डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार दुबै जना डडेल्धुराको परशुराम नगरपालिकाका हुन्। वडा नम्वर ६ का दुई जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए।
२७ भदौ, काठमाडौं । नगरकोट सामुदायिक होमस्टेमा शुक्रबार एक पाहुनालाई विदाई गर्दा गाउँलेहरु भावुक बने । पाँच महिनासम्म गाउँलेहरुसँग घुलमिल भएर बसेका यी पाहुना थिए, बेलायतका जोली जुक पिटर । कोरोना भाइरसको विश्वव्यापी महामारी शुरु भएपछि सरकारले ११ चैतबाट नेपालमा लकडाउन गर्यो । त्यसअघि १० चैतको राति १२ बजेबाटै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए । […]