होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ। भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ। चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको काम अघि बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ। जिल्लाको […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी सदस्यहरुको सदस्यता नविकरण मंसिर महिनाभित्र गरिसक्ने भएको छ । पार्टी विवाद साम्य भएलगत्तै आइतबार संगठन विभागको बैठक बसेर सदस्यता नविकरणबारे यस्तो निर्णय गरेको हो । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका ८ लाख सदस्य रहेको बताइएको छ । यद्यपि सदस्यहरुको अभिलेख चुस्त दुरुस्त […]
काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने बैठकले […]
धनगढीः सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या साढे ६ हजार नाघेको छ। प्रदेशमा आईतबार ७६ जना जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ हजार पाँच सय १० पुगेको हो। सबैभन्दा बढि कैलालीका दुई हजार ५३ जना संक्रमित रहेका छन्। यस्तै डोटीमा नौ सय ६७, अछाममा नौ सय ३७, कञ्चनपुरमा सात सय २८, बझाङमा चार सय ३९, बैतडीमा तनि […]
काठमाडौँ । विद्यालय तहमा चालु शैक्षिकसत्रको पाँच महिना पढाइबिना नै गुज्रिएको छ । कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप र सरकारी अलमलका कारण गत वैशाखदेखि विद्यालय खुल्न नसकेको हो । चालु शैक्षिकसत्रका बारेमा अन्योल बढिरहेकै समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक सिकाइ निर्देशिका जारी गरी १ असोजदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको छ । कोरोनाका कारण […]
धनगढीः दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलित भएका कैलालीका पत्रकारले आज पनि विभिन्न विरोधका कार्यक्रम गर्ने भएका छन्। आन्दोलन अन्तरगत आज जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी धर्ना दिने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउँदले जानकारी दिए। उनले आज बिहान साढे ९ बजेदेखि प्रशासनको मूल गेट अगाडी धर्ना […]
२९ भदौ, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २:३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । महाराजगञ्जस्थित शिक्षण […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिर्जनाका आधारभुमि मानिने बालबालिकामा सकारात्मक, सवल र जीवनमूखी रंग भर्नु राज्य, समाज,अभिभावक र परिवारको दायित्व भएको बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा सोमबार शुभकामना दिदै प्रधानमन्त्री ओलीले बालबालिका कागजका खाली पाना भएकाले जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्ने भन्दै उनीहरुलाई नैतिक आचरणमार्फत सकारात्मक ज्ञान सम्प्रेषण गर्नुपर्ने समेत […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार सोमबार मनसुनकोे न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । न्यून चापीय रेखाको प्रभावका कारण हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । यसैगरी, महाशाखाले […]
काठमडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न ध्यानाकर्षण गराएकी छन् । राष्ट्रपतिले आइतबार साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराइन् । विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा राष्ट्रपति भण्डारीले दुःख व्यक्त […]
२८ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय बिरामी दिवस आउँदो असोज १ गते नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ । सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघले घोषणा गरेको बिरामी दिवस केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए । […]
२८ भदौ, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न सरकारलाई निर्देशन दिएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले विदेशमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ नगर्न निर्देशन दिएको हो । ‘अलपत्र अवस्थामा […]
२८ भदौ, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो […]
२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण […]
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको मंगलसेन नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको बताए।
गोरखा । गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजिकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ । गोरखातर्फको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको पाइएको अनुसन्धानका लागि घटनास्थल पुग्नुभएका […]
२८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड-१९ स्वयंसेवा गठन गरेका छन् । श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । साथै सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको नेकपा उनले बताएका छन् […]
२८ भदौ, काठमाडौं । बाँकेमा आफ्नै ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित पाँच जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार […]
२८ भदौ, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका –४, बरैचेकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । पञ्चपुरी –९, विद्यापुरमा साथीको जन्मदिन मनाएर घर फर्किदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जनाकारी दिए । भदौ २४ गते राति ११ बजे घटना भएको र २५ गते बिहान परिवारले इलाका प्रहरी कार्यालय बाबियाचौरमा […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताएका छन् । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीनतर्फको नाकामा मालवस्तु रोकिएको भन्दै आइतबार ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीहरुसँगको भेटमा सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने बताएको व्यवसायीहरुले बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी […]