होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ – विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरिदिएको हो […]
धनगढी– सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ। प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले दुई सय २८ प्रहरी मध्ये एक सय २४ जना संक्रमण मुक्त भएका छन् भने एक सय चार जना […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ ।यसैगरी, आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक […]
काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिसगरेको थियो । असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट […]
डोटी जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन्। केही पहुँच भएकाले परिचयपत्र पाए पनि अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन गरिनुपर्ने माग गरेका छन्। हलिया पुनःस्थापनाका प्याकेज अगाडी सारिनुपर्ने, परिचयपत्र वितरण गरिनुपर्ने र त्यसका आधारमा सेवा सुविधा दिईनुपर्नेमा उनीहरुको जोड छ। हलिया परिचयपत्र नपाउँदा सरकारी […]
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् । अघिल्लो साता गृहमन्त्री थापा र सशस्त्र प्रहरी प्रमुख (आईजीपी) शैलेन्द्र खनाल, सुवेदीलगायतको टोली दार्चुलाको छाङरु […]
२१ असोज, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो । बैठकले व्यवसायिक तालिम प्रदायक […]
काठमाडौं । डा. गोविन्द केसी अनसन बसेको २३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली चासो दिएका छन् । डा. केसीका मागहरु सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको प्रधानमन्त्री ओलीले बताएका छन् । मंगलबार अपरान्ह बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षा बारे चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु […]
कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटकपटक बत्ती जाने गरेको हो । अनलाइनबाट दैनिक डेढ घण्टासम्म […]
सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा बसोबास गर्नेलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अरु जिल्लामा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा रहेपनि काठमाडौँमा संक्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको उल्लेख गरे । ४० लाख जनसंख्या भएको काठमाडौँमा संक्रमण […]
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापार र व्यवसाय सञ्चालन गर्न नपाएको उनीहरुको गुनासो छ । नाका नखुल्दा व्यापारी वारि आउन नपाएको झुलाघाट बजार व्यवस्थापन […]
अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ । सञ्जालले फाष्टट्रयाक अदालतका संयन्त्र खडा गरी लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मर्म तथा विधि पद्धतिको सुशासनका लागि दोषीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरेको […]
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत आज चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । पक्राउ […]
काठमाडौं- भारतमा कोरोना संक्रमण दर घट्दै जान थालेको छ ।तीन साताअघि एकै दिन एक लाख हाराहारी संक्रमित थपिएको भारतमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै जान थालेको हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार अक्टोबर १ बाट भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दो क्रममा छ ।अक्टोबर १ मा २४ घण्टामा ८६ हजार ८२१ जनामा संक्रमण […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय जना कोरोना मुक्त भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ६ हजार जना संक्रमित निको भएका हुन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार ६ सय ६१ जनामा कोभिड–१९ को संक्रमण देखिएकोमा ८६ प्रतिशत बढिले कोरोना जितेका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा […]
बुटवल । प्रदेश ५ को राजधानी भालुवाङ कायम भएको छ । राजधानी भालुवाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् । फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुवाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ । अस्थायी राजधानी बुटवल रहेको थियो । अब […]
सरकारले कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको संशोधित नक्सा जारी गरेको करिब साढे तीन महिना बितिसकेको छ । उक्त नक्सालाई संविधानको अनुसूचीमा समेट्दै संसदको दुवै सदनबाट संविधान संशोधन प्रस्ताव पारित भएको पनि तीन महिना बितिसकेको छ । तर अझै पनि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित अतिक्रमित भूभाग फिर्ता पाउनु त परै जावस् नेपाली जनताले नेपालको समग्र क्षेत्रफल कति हो […]
काठमाडौं । प्रदेश–५ को स्थायी राजधानीलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदले प्रदेशसभामा तोडफोड गरेका छन् । कानुनले सांसदलाई संसद भवनमा बोल्ने छुट दिएपछि फौजदारी अपराध गर्ने छुट दिएको छैन् । मुलुकी अपराध संहिता–०७४ को दफा–७३ अनुसार सार्वजनिक वा नीजि सम्पति तोडफोड गर्न वा बिगार्न पाईंदैन । तर, नेपाली काँग्रेसका सांसद बसिरुद्धिन खाँ, अष्टभुजा पाठक, […]
२० असोज, काठमाडौं । आमरण अनशन थालेको २२ औं दिन डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली पुगेको छ । शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले मंगलबार डा. केसीलाई भेटेको हो । टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा. केसीलाई आग्रह गरेको छ । जवाफमा डा. केसीले भने यसअघि सरकारका […]
जनकपुरधाम: आफू नेपाल प्रहरीको डीएसपी हुँ र मुद्दा फाँटमा काम गरिरहेकाले बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर रकम लिने एक जनालाई प्रहरीेले पक्राउ गरेको छ। बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका–४ का २३ वर्षीय शिवकुमार शाहलाई रिहा गराइदिने नाममा ठगी गर्ने अर्नामा गाउँपालिकाका ३० वर्षीय मोहम्द जाबीरलाई पक्राउ गरिएको छ। […]