होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जनकपुरधाम: आफू नेपाल प्रहरीको डीएसपी हुँ र मुद्दा फाँटमा काम गरिरहेकाले बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर रकम लिने एक जनालाई प्रहरीेले पक्राउ गरेको छ। बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका–४ का २३ वर्षीय शिवकुमार शाहलाई रिहा गराइदिने नाममा ठगी गर्ने अर्नामा गाउँपालिकाका ३० वर्षीय मोहम्द जाबीरलाई पक्राउ गरिएको छ। […]
जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । कोरोना सङ्क्रमणको जोखिम कायम […]
काठमाडौं, २० असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज अपरान्हका लागि डाकिएको छ । पटक पटक स्थगित भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजेका लागि तय भएको हो । आजको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, प्रदेश ५ को राजधानीसम्बन्धी विवाद, राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने भएको छ । बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट […]
टीकापुर : टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याईन्। विगतका वर्षमा उनले मजदुर खोजेर धान काट्न लगाउथिन्। उनलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन। जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन्। पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको छ। ‘‘सबै […]
तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी हुन् । उनले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माउनुभएको अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले जानकारी दिइन् । तीमध्ये […]
नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, […]
तनहुँ, दमौली: दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो। चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ। त्यसका […]
धनगढी: कैलालीका १७ सहित सुदूरपश्चिमका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय दुई जनाको कोरोना परीक्षण भएकोमा २९ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीका १७ र बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ […]
१९ असोज, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । दाङको भालुवाङ (राप्ती उपत्यका) लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १४ सांसदले फरक मत राखेका छन् । संसदीय दलको सोमबार बसेको […]
खस्यौंली । प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा दिएका छन् । सभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा उनले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको आरोप लगाउँदै आइका […]
१९ असोज, । बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा शुक्रबार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् । छोराछोरीसहित कवाडी […]
केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो । अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले […]
१९ असोज, सुर्खेत । दैलेखमा विभत्सरुपमा गोरु काट्ने एक यवकलाई जिल्ला अदालत दैलेखले कैद सजाय फैसला गरेको छ । अदातलका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका-२ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए । मुलुकी अपराध संहिताको २८९ को उपदफा […]
१९ असोज, काठमाडौं । भारतसँग वार्ता गर्नु अगाडि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा नेपालसँग भएका ऐतिहासिक दस्तावेज र प्रमाणहरु संकलन गर्ने र त्यसलाई लिपिवद्ध गर्ने उदेश्यले सरकारले गठन गरेको कार्यदलले परराष्ट्रमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । आइताबार बेलुका प्रतिवेदन बुझाएको स्रोतले बतायो । प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाउने भनिए पनि अन्तिम समयमा आएर परराष्ट्रमन्त्रीलाई बुझाइएको हो […]
उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलदा एकैदिन प्रधानमन्त्री निवासका ६७ जना सुरक्षाकर्मीलाई संक्रमण देखाप¥यो । सुरक्षाकर्मीमा मात्र नभएर प्रधानमन्त्रीका निजी फोटोग्राफरदेखि तीन सल्लाहाकार र सचिवलाई पनि कोरोना संक्रमण भएपछि बालुवाटर नै आइसोलेशनमा बसेको छ । बालुवाटारमा यसरी ह्वात्तै कोरोनाभाइरसको संक्रमण बढ्नुमा प्रधानमन्त्री आफै जिम्मेवार रहेको एक जनस्वास्थ्यविद् बताउँछन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सिको गरेर […]
कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पु¥याएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरु डराउन थालेका छन् । भजनी नगरपालिका–२ का भागीरथ विकले आजभोली छिमेकीसँग तरकारी ऐँचोपैंचो गरेर खान पनि छोडेको बताए । ‘‘छिमेकमा तरकारी, अन्नपात साटेर खाने चलन थियो, कहिलेकाही […]
शुक्लाफाँटा नगरपालिका–८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ। डडेल्धुराको पर्शुराम नगरपालिका–११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो। भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर खड्का, १३ वर्षीय विमल खड्का र १२ वर्षीय नवीन खड्कालाई वडाध्यक्ष बहादुरसिंह महराको जिम्मा लगाइएको थियोे। दुई दिनअघि अलपत्र […]
जवर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको छ। गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका१ मा भएको जबर्जस्ती करणी घटनालाई रु. पाँच लाख जरिबाना तोकेर मिलापत्र गराउने गाउँका आठ जन पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए। स्थानीय एक किशोरीलाई […]
सम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । भने, हाल देशभरीका मौसमको अवस्था प्रदेश १, प्रदेश २, र बागमती प्रदेश मा सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ । यता, गण्डकी प्रदेश, […]
काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ। संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस […]