होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाकी पत्रकार निर्मला पहराइ मृत भेटिएको घटनाको अनुसन्धान गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ। पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ती जारी गर्दै पहराइ केही दिनदेखि सम्पर्क विहिन भई झुण्डिएको अवस्थामा मृत भेटिएको घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य छानविन गर्न माग गरिएको हो। ‘केही दिनअघि सम्पर्कविहिन रहेकी पहराई झुण्डिएको अवस्थामा फेला परेको यस […]
३ असोज, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा १ सय ९२ वटा स्वाब नमुना परीक्षण गर्दा ११ महिलासहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार संक्रमितहरु ४ महिनाको शिशुदेखि ६८ वर्ष […]
पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न उनले सबैलाई आग्रह गरेका हुन्। संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा दिने उनले […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको छ । शुक्रबार विभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको हो । सकृय संक्रमितमा अछाम ६६, बैतडी ६५, बझाङ्ग ५९, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला ९, डोटी ११९, कैलाली ४३०, र […]
३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताएका छन् । संविधान दिवसका सन्दर्भमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उनीहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा गठन भएको सविधानसभाबाट जारी भएको संविधान पछिल्लो समय सर्वस्वीकार्य दस्तावेजकारुपमा रुपान्तरण भएको बताए […]
३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने बताएका छन् । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ उनको प्रतिबद्धता छ । संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गरे । कोरोना महामारीका […]
२ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको व्यवस्था मिलाउन माग गरेका छन् । सात दिनभित्र उक्त व्यवस्था मिलाउन उनीहरुले सरकारलाई ७ दिने अल्टिमेटम समेत दिएका छन् । माग पूरा नभए संघर्ष गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । शुक्रबार […]
२ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा दुई महिने शिशुसहित कर्णालीमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ३५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये रुकुम पश्चिमका २३ जना, […]
२ असोज, काठमाडौं । चोरीमा संलग्न भएको आशंकामा सोधपुछका लागि ल्याइएका चार जना व्यक्ति हिरासतबाटै फरार भएका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट चार जना आशंकित व्यक्ति गएराति फरार भएका हुन् । काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार ड्यूटी अफिसर सुतेको बेला हत्कडीसहित अनिल जैसवाल, सुजित गुप्ता, अंशु जैसवाल र रविन्द्र अग्रवाल भागेको पाइएको […]
काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताए । व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उनको भनाई छ । जनताको आवश्यकता र […]
२ असोज, काठमाडौं । नेपालमा एकै दिन दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा ११ हजार ४५८ वटा पीसीआर परीक्षणमा २०२० जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ […]
काठमाडौं: नेपाल चिकित्सक संघले भदौ ९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रहमा बसेका चिकित्सा शिक्षा तथा स्वास्थ्यका अभियन्ता डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। संघले शुक्रबार विज्ञप्ति जारी गर्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति सरकारले गम्भीर रुपमा मनन गरी वार्ताद्वारा माग सम्बोधन गर्न आग्रह गरिएको छ। विगतमा भएका सम्झौता […]
काठमाडौं: नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाणपत्र(लाइसेनिङ) परीक्षा आगामी मंसिरमा हुने भएको छ। लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते हुने परिषदले जनाएको छ। पीसीएल, बीएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले ब्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने छ। परीक्षामा सहभागी हुन असोज ४ देखि कार्तिक ३ गते सम्ममा अनलाइन फाराम बुझाउनुपर्ने र कार्तिक […]
महेन्द्रनगर । साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा छन् । धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ । “छोराले विदेशमा कमाएर एउटा […]
जनकपुर: शुक्रबार दिउँसो जयनगर चल्ने दुई सेट रेल जनकपुर स्टेशनमा पुगेको छ। जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो। लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले बताए। अब दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको […]
धनगढी २ असोज। कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन्। घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए। उनका अनुसार घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहराइ जिल्लाको कैलाली एफएममा कार्यरत थिईन्। पहराइ […]
नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । आज विहान साँढे ५ बजेतिर सडक खण्डको भरतपुर महानगरपालिका २९ को चौध किलो, सत्र किलो र घुमाउने भन्ने स्थानमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । अबिरल बर्षासँगै आएको पहिरो हटाउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
काठमाडौँ । असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । सरकारले संविधान दिवस मनाउनका लागि आवश्यक तयारी गरिसकेको छ । तर प्रदेश २ सरकारको नेतृत्व गर्दै आएको जसपा नेपालमा भने असोज ३ गतेलाई कसरी मनाउने हो भन्नेमा अन्योलता देखिएको छ । नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउँदै आएका तत्कालीन मधेसवादी दलहरुसहित विभिन्न राजनीतिक शक्ति मिलेर […]
मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नम्बर १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, […]
उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज […]