होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी । विश्वभर गुगल सेवामा अवरुद्ध भएको छ । सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा गुगल सेवा अवरुद्ध भएको हो । गुगलमा अवरोध आएलगत्तै जीमेल, युट्युव लगायतका सेवा प्रभावित भएका छन् । यद्यपि, गुगलले भने उक्त समस्याका बारेमा टिपणी गरिसकेको छैन । बेलायतको मिरर अखबारका अनुसार संसारभरका ५४ प्रतिशत मानिसहरुले युट्युब प्रयोग गर्नबाट प्रभावित […]
२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर ओली सरकारको विरोधमा शक्ति प्रदर्शन गर्यो । कोरोना महामारीकै वीचमा आयोजित विरोध प्रदर्शनहरुमा उल्लेख्य जनसहभागिता देखिएको भन्दै कांग्रेस नेताहरु उत्साहित देखिए । के अब नेपाली कांग्रेसले ओली नेतृत्वको सरकार ढाल्नै चाहेको हो त ? वा उसले प्रतिपक्षको धर्म निभाएर बहुमतको सरकारले गरेका कामहरुबारे खबरदारी […]
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा डुबिसकेको बताएका छन् । सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै पौडेलले भ्रष्टचारको कथा त भनिसाध्य नभएको बताए । उनले भने, ‘मैले भन्नु पर्दैन, सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचार हो ।’ भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग […]
२९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा लेखा अधिकृत दर्जीसहित नायब सुब्बा मनोजकुमार निरौला र लेखापाल बलराम सापकोटाविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो । अख्तियारले […]
२९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त […]
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाएका छन् । कैलालीमा सोमबार आयोजित कार्यक्रममा थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताए । ‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा […]
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे । सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । […]
धनगढीः सरकारी स्तरबाट सुदूरपश्चिममै पहिलो पटक सेती प्रादेशिक अस्पतालले न्युरो रोग (मस्तिष्क) सम्बन्धी सेवा विस्तार गर्दै उपचार दिन थालेको छ। मंसिर १२ गतेदेखि न्यूरो सम्बन्धि उपचार सेवा सुरु गरिएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। ‘समग्र सुदूरपश्चिमका लागि यो नौलो खालको सेवा हो, करार सेवा अन्र्तगत आउनुभएका डाक्टरले उपचार पनि सुरु गरिसक्नुभएको […]
बाजुराका १ सहित सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा साेमबार १९७ नमूना परीक्षण गर्दा कैलालीका ४३ सहित सुदूरपश्चिमका ५३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ४१ जनामा संक्रमण देखिएको जानकारी दिए। यस्तै कैलालीकै गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका […]
काठमाडौं । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज आयोजित एक कार्यक्रमकाबीच उद्घाटन गरियो । कार्यालयको उद्घाटन वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वार फुयाँलले गरे । उद्घाटन कार्यक्रममा मन्त्री फुयाँलले […]
नमस्कार प्रधानमन्त्रीज्यू । आशा छ, आरामै हुनुहुन्छ । हामीलाई पनि सञ्चै छ । सञ्चै छ भन्दा पनि अहिलेसम्म कोरोनाको संक्रमणले भेटेको छैन भन्नपर्ला । म खास चिठ्ठी लेख्ने मान्छे त होइन । यो चिठ्ठी पढ्दै गर्दा मान्छेहरू अचम्ममा पनि पर्लान् । तर, यसमा ठूलो रहस्य केही छैन । छ त केवल, मेरो फुर्सदको समय […]
२९ मंसिर, काठमाडौं । नेपाली सेनाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ । सुरक्षा संवेदनशीलता बढेको निष्कर्षसहित प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विकट स्थानमा रहेका गण, गुल्ममा पुगेर फौजसँग प्रत्यक्ष संवाद थालेका हुन् । जंगीअड्डा स्रोतका अनुसार समूहले मोरङमा एक जना निहत्था नागरिकको हत्या गरेपछि निगरानी बढाउन प्रधानसेनापति थापाले सैनिकहरुलाई […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कूशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । काँग्रेसका शीर्ष नेताहरु […]
२९ मंसिर, त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ संक्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले […]
२९ मंसिर, काठमाडौं । शान्तिनगरस्थित सुकुमबासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ । बस्नेतका अनुसार आगो नियन्त्रणमा लिनका लागि काठमाडौं र ललितपुर महानगरपालिकासहितका दमकल परिचालित छन् । प्रारम्भिक अनुसन्धानमा ग्यास लिक भएर आगो फैलिएको हुनसक्ने देखिएको भनिएको छ ।
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन सुरु गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शीर्ष नेताहरु विरोध […]
२९ मंसिर, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले गएराती आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । थापाका अनुसार भरतपुर महानगरपालिका २४ शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको […]
२९ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि–२ मा रहेकोे भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक सडकबाट डेढ सय मिटर तल खसेको हो । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका लेखापाल अन्दाजी २३/२४ वर्षका मनिष […]
२९ मंसिर, चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सत्तारुढ नेपाल कम्युजिस्ट पार्टी (नेकपा)मा देखिएको मतभेदले पार्टी नफुट्ने बताएका छन् । सचिवालय सदस्य थापाले पार्टीको विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गरे । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने बताए । जारी स्थायी कमिटीको […]
नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन् । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द […]