होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
समाचार टिप्पणी । दुई तिहाइको दुहाइ दिने ओली सरकारका निर्णयहरु एकपछि अर्को बिबादास्पद बन्दै गएका छन् । सन्काहा प्रधानमन्त्री ओलीले आफुलाई मन लागेको निर्णय गर्ने र राष्ट्रपतिलाई समेत सोहि अनुसार निर्णय गर्न लगाउनाले देशमा एकपछि अर्को संकट पैदा हुँदै गइरहेको छ । पछिल्ला केहि दिनमा सरकारले गरेका निर्णय जनतामा अलोकप्रिय हुनुका साथै आफ्नै पार्टीका नेता […]
१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्र निवास बालुवाटारमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई […]
कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताएका छन् । मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा सुरक्षित आवास निर्माण गरिने बताए । उनले घरबारविहीन कमजोर वर्गका बासिन्दाका लागि चालु आवमा सञ्चालित कार्यक्रमअन्तर्गत […]
काठमाडौँ — दुई तिहाइ बहुमतसहित सरकार सम्हालेको दुई वर्ष पुग्दा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसको असहयोगले संवैधानिक निकायमा पद पूर्ति हुन नसकेपछि मन्त्रिपरिषद्ले पोहोर मंसिर ३ मा बहुमतका आधारमा नियुक्तिको सिफारिस गर्न सकिने प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गर्यो । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय अध्यादेश ल्याउने विषयमा […]
थम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई […]
१ पुस, काठमाडौं । भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो । गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७०० कुखुरा जलेका छन् र करिब १५ लाखको क्षति […]
१ पुस, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था […]
काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)भित्रको विवाद थप चुलिएको छ । स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको आलोचना हुन थालेको छ । यसैबीच आज नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गरी आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । आजको बैठकमा […]
राष्ट्रिय योजना आयोगले स्थानीय तह र प्रदेशसँग आगामी आर्थिक वर्षमा (२०७८/७९) मा कार्यान्वयनमा लैजाने आयोजना माग गरेको छ । आयोगले समपूरक अनुदान र विशेष अनुदानका आयोजना अनलाइनमार्फत माग गरेको हो । यसका लागि आयोगले सबै स्थानीय तह र प्रदेशका लागि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । पुस मसान्तसम्ममा अनलाइनमार्फत आयोजना माग गरिसक्नुपर्ने छ । आयोगका […]
३० मंसिर, वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट ठूलो परिमाणमा प्याज बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–६ कुम्हालटोलबाट २१० क्विन्टल भन्दा बढी प्याज बरामद भएको हो । बलिरामजी प्रसाद कलवारले वीरगञ्ज–६ कुम्हालटोलमा सञ्चालन सञ्चालन गरेको पसलबाट २१० क्विन्टल ४३६ किलो प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भन्सार छलेर अवैध रुपमा भित्र्याइएको […]
३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइरहेका बेला प्रधानमन्त्रीले अप्रत्याशित रुपमा अध्यादेश ल्याउनु गलत भएको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘ अहिले सत्तारुढ […]
३० मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले अध्यादेशमार्फत गणतन्त्रको चीरहरण गर्न लागेको आशंका व्यक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएपछि उनले तत्काल संसद अधिवेशन बोलाउन समेत माग गरेका छन् । ‘त्यसै […]
काठमाडौँ– राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले मंगलबारअपरान्ह जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उपस्थित बहुमत सदस्यले गरेको निर्णय मान्य हुने बुँदा थपिएको छ । संवैधानिक परिषद (काम, […]
३० मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट मंगलबार जारी अध्यादेशमा भनिएको छः […]
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक रहेको बताएका छन् । उनले सरकारको यो कदम सर्वसत्तावादी सोच भएको आरोप लगाए । संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति कांग्रेसको विमत्ती रहेको उनको भनाइ छ । देउवाले भनेका छन्, ‘ उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको […]
धनगढी: मंगलबार अछाममा ४ र डडेल्धुराका ३ गरी सुदूरपश्चिममा थप ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। अछामको कमलबजार प्रयोगशालामा भएको परीक्षणमा जिल्लाको तुर्माखाँद गाउँपालिकाका २ जना, मंगलसेन नगरपालिकाका १ जना र सुर्खेतको भेरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए। यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा अमरगढी नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि […]
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्ले २४ घण्टामा देशभर ९ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर थपिएका ९ सय ३६ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । जसमध्ये […]
३० मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । नगर प्रमुख घिमिरेले निर्वाचित भएपछि घोषणा गरेअनुसार चालु शैक्षिक सत्रमा ४३ वटा सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरेका हुन् । यसवर्ष छात्रवृत्तिको लागि छनोट भएका १ देखि ८ […]
३० मंसिर, काठमाडौं । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् । सभापतिज्यू आजको बैठकमा जानुहुन्न’ स्वकीय सचिव भानु देउवाले भने । यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए । लगतै […]