होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले ७७ जिल्ला प्रशासन कार्यालयमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले पार्टी छाड्ने निर्णय गरेका छन् । अध्यक्ष पौडेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नेतृत्वमा नरहने जानकारी दिएका छन् । पौडेलले सामाजिक सञ्जालमा भावुक स्टाटस् लेख्दै पार्टी निर्माणको अभियानबाट अलग रहेको घोषणा गरेका छन् । उनले केही समय सबैसँग सम्पर्क बाहिर रहने समेत जानकारी दिएका […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । सत्तारुढ नेकपा विभाजित बनेको बेला भएको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । सो टोली आउनुअघि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले निकै सक्रियता जनाएकी […]
१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन गर्ने भएको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने बताए । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन […]
नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झण्डा पाउने निश्चित छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको र सानो समूह मात्रै छुट्टिएको आरोप लगाइरहेका छन् । यस्तो बेलामा निर्वाचनमा आयोगमा हुने केन्द्रीय कमिटीका सदस्यहरुको सनाखत नै पार्टीको आधिकारिकताका […]
आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको तयारीमा जुट्ने क्रममा निर्वाचनका लागि चाहिने बजेटको आकलन गरिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २०७४ सालमा भएको प्रतिनिधि सभा र […]
काठमाडौं । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समुहकोे नौ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम […]
बर्सेनि खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो । अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले […]
११ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका […]
११, पुस,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ ।शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् । साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले जानकारी […]
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पारे । रत्न–धर्म स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले उच्च नैतिकता र इमान्दारका […]
११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई […]
नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिएका छन् । शनिवार ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उनले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर-पेरिसडाँडामा रहेको कार्यालय कब्जा गर्ने चेतावनी दिए । उनले भने–‘बल्खुमा आँखा नलगाउनुस्, धुम्बाराहीमा आँखा नलगाउनुस्, साविक एमालेले रगत पसिना […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्व प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यले हस्ताक्षर अभियान चलाएका छन्। प्रतिनिधिसभा विघटनपछि विभाजित देखिएको नेकपाभित्र सत्ता समिकरणको अंकगणित तीव्र बनेका बेला सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री विरुद्व हस्ताक्षर अभियान चलाएका हुन्। मुख्यमन्त्रीको कार्यशैलीलाई लिएर विगतदेखि असन्तुष्ट रहेका प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यहरुले नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै हस्ताक्षर गरेको स्रोत बताउँछ। ‘अहिलेसम्म १८ […]
हुम्लाका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । लामाले शनिबार एक विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गरी ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका छन् । उनले आफू ओली पक्षमा लागेको भन्ने बाहिरी हल्लाका […]
११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, […]
काठमाडौं, ११ पुष । सरकारले संघीय संसद राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुका बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । संसदका दुई अधिवेशनबीचको समय ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार पुस १७ गतेदेखि बस्नेगरीराष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको […]
११ पुस काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ । छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले […]
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा नेता योगेश भट्टराईले संसद पुनस्थापना नहुँदासम्म सडक नछाड्ने बताएका छन्। माधव-प्रचण्ड समूहका नेता रहेका नेता भट्टराईले संसद पुर्नस्थापना र बालुवाटारमा आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने स्पष्ट पारेका हुन। यस्तै, आफ्नो पार्टीले पुस १४ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने समेत बताएका छन्। ओली सरकार विरुद्धको प्रदर्शनमा लाखौं मानिस […]
नेपाल कम्यूनिस्ट पार्टी (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच शनिबार भेटवार्ता भएको छ । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच करिब एक घण्टा वार्ता भएको हो । सो क्रममा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेको स्रोतले बताएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ । संसद […]