होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य […]
१४ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारीअनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ । तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरान छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरसँग भने, ‘आफ्नो […]
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरिन् । यो कदमलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात मन्त्रीले सामुहिक राजीनामा दिए । अर्थात्, ओलीको क्याबिनेटमा सातवटा मन्त्रालय खाली भए । केपी ओलीलाई पञ्चायतकालदेखि नै साथ दिँदै आएका पूर्वएमालेका त्यागी नेताहरुले रिक्त मन्त्रालयमा नेतृत्व […]
देशभरका स्वास्थ्यकर्मी विभिन्न १८बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । एक महिनासम्म उनीहरूका मागको वास्ता नगरेको सरकारले देशभरका स्वास्थ्यकर्मी आन्दोलन उत्रिएपछि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार वार्ता समितिमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र प्रशासन महाशाखाका सहसचिव […]
काठमाडौं । २०७४ को संसदीय निर्वाचनपछि झण्डै तीन वर्षसम्म फाट्टफुट्ट बाहेक शान्त बनेको सडक पुनः अशान्त बन्न पुगेको छ । शान्त सडक अशान्त बनाउने काम अरु कसैले नगरेर झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन् । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेको झोंकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधि सभाको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो । गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस आज प्रदर्शनमा निस्किएको छ । सभापति शेरबहादुर देउवा पक्ष संसद […]
काठमाडौँ — नेकपा ओली समूहका कार्यकर्ताले आइतबार जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् । दाहाल–नेपाल समूहले एकतर्फी रुपमा गुट भेला गरी कार्यालय दुरुपयोग गरेकाे भन्दै उनीहरुले ताला लगाएका हुन् । ‘टुटफुटका गतिविधिहरुमा पार्टी कार्यालय प्रयोग हुन थालेपछि तालाबन्दी गरेका हौं,’ अनेरास्ववियू बझाङका संयोजक प्रविन्द्र धामीले भने, ‘पार्टीको विवाद निर्वाचन आयोगमा पुगेको र कुन पार्टी आधिकारिक […]
१२ पुस, जनकपुरधाम । सिराहामा आफ्नै सासुको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन् । गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् । छोरा र […]
१२ पुस, काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका […]
नागरिक रैबार/बाजुरा १२ पुस ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चि प्रदेश इन्चार्ज डाः भिम रावलले प्रचण्ड-माधव पक्षका कार्यकर्तालाई उच्च मनोवल र सक्रियताका साथ पार्टीका कामहरु अघि बढाउन निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको तेस्रो बैठकले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्न तथा पार्टीको एकतालाई कायम राख्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्न महत्वपूणर् निणर्य गरेकोले […]
१२ पुस, जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेनेद्र सोनलले बहुमतमा रहेका प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने बताएका छन् । जनता समाजवादी पार्टीले जनकपुरधाममा गरेको कार्यक्रममा उनले बहुमतको सरकार चलाउने व्यक्तिले सरकार चलाउन नसके छोड्नुपर्ने तर संसद विघटन गर्न नपाइने धारणा राखे । ‘बहुमतको सरकार बन्न सक्दैन भने तपाईं छाडिदिनुस्’ उनले भने, […]
नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीले पार्टीको झण्डा कुल्चिएको आरोप लगाएका छन् । आइतबार धनगढीमा भेला भएका कार्यकर्तासँग नेता रावलले भने, ‘केपी ओलीले नेपाली जनताको स्वाभिमानमाथि आँच पुर्याउने काम गरेका छन् ।’ सात दशक लामो पार्टीको इतिहास कुल्चिन खोज्नेहरू परास्त हुने जिकिर उनले गरे । ‘एमाले र माओवादी केन्द्रबीचको एकता […]
काठमाडौं । नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली राष्टर्पति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेको छ । येझाउको टोली आइतबार नेपाल आएलगत्तै उच्च तहको भेटघाटमा जुटेको हो । ये झाउको टोली त्रिवि विमानस्थलमा ओर्लेलगत्तै नेपालस्थित चिनियाँ दूतावास पुगेको थियो । त्यसपछि आइतबार उक्त टोली राष्ट्रपति विद्यादेवी […]
१२ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकारले निःशुल्क उपचार गर्न कर्णालीका दुई र संघीय राजधानी काठमाडौंका दुईवटा अस्पतालसँग सहकार्य गरेको छ । चारवटा अस्पतालबाट सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गरिने छ । यसका लागि एक करोड […]
१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’ उनले संसद […]
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् । राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै […]
जनकपुर । प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय पार्टी कार्यालय कब्जादेखि कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधप समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहँदा प्रचण्ड–माधव समूहले धनुषामा अगुवा कार्यकर्ता भेला गर्दै प्रदेशस्तरीय तथा जिल्ला पार्टी कार्यालयमा कब्जा गरेको छ । जिल्ला […]
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने […]
१२ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३८२८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने १८२५ जनाको […]